
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ बैशाख । झापाका विभिन्न स्थानका सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानका १३ वटा सहकारीमा भएको चोरीमा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । १३ वटा सहकारी संस्थाबाट रू ३० लाख १६ हजार छ सय ८७ चोरी भएको भनि सम्बन्धित सहकारीहरुले उजुरी दिएका थिए । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८…
भद्रपुर, ९ बैशाख । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यको विमोचन गरेका हुन् । पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै समालोचक जीवनाथ सुवेदीले कृति धार्मिक भावसित समाजको चित्रण गर्दै नेपालको मौलिक कला र संस्कृतिको दस्तावेजका रूपमा आएको बताए । उनले सामान्यतया हिन्दू परम्पराले १६ वटा संस्कार स्वीकार गरेको भए पनि कृतिकारले महाकाव्यभित्र छैठी संस्कारलाई जोडेर १७ औं संस्कारका रूपमा प्रयोग गरेको जानकारी दिए । समालेचक सुवेदीले महाकाव्यको नियमलाई पूर्ण पालना…
बिर्तामोड, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिकास्थि मुक्तिचोकमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१२ का १२ वर्षीय सन्तोष रोकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । शनिबार राति पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको प्र. १–०१–००२ च १९० नम्बरको सन्तोषलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारक लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार चालक मेचीनगर नगरपालिका– १ का २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
झापा, ९ बैशाख । आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनल शनिबार राति भएको खेलमा घरेलु टोली वुल्भ्सलाई २–० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा थप १ गोल गर्यो। यो जितसँगै आर्सनलले ३३ खेलबाट ७४ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ र लिभरपुलको ७१ अंक छन्। शनिबार रातिकै अर्को प्रतिस्पर्धामा ब्रेन्टफर्डदे लुटनलाई ५–१ ले र अर्को खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई ४–१ ले हराएका छन्।
झापा, ९ बैशाख । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले सबै कम्युनिस्ट पार्टीहरूमा आलोचनात्मक विचार रोक लगाएको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘कसैले रचनात्मक टिप्पणी गरे उसको भविष्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी, जनता भडमा जाओस् । तर सही र गलतबिच लडाइँ चलिरहन्छ आशा गरौँ, कुनै दिन कम्युनिस्टहरूमा आलोचनात्मक टिप्पणी संस्थागत हुनेछन्, सिद्धान्तको रक्षा हुनेछ” कार्कीले भने । नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिस्टहरूले आधारभूत इमानदारितालाई नै त्यागेर सत्ता स्वार्थमा चुर्लुम्म हुँदा विगतको सङ्घर्षका उपलब्धिहरू पनि गुम्न लागेको बताए…
ताप्लेजुङ, ९ बैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा शनिबार एकैदिन ६ हजार चार सय ३८ भक्तजन पूजापाठ गरेका छन् । चैते दसैँको अवसरमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ ।
झापा, ८ बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ । चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत भवानीप्रसाद दंगाल (भानु)ले जानकारी दिनुभयो । नव गठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रिता मिश्र चयन हुनुभएको छ । त्यस्तै, समितिको सचिवमा टीका राउत, सहसचिवमा हिरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला बिक चयन हुनुभएको निर्वाचन अधिकृत दंगालले बताउनुुभयो । त्यसैगरी, सदस्यहरुमा कल्पना तामाङ, अम्बिका खतिवडा, रेखाकुमारी यादव, मेनुका राजवंशी, राधिका आचार्य, अम्बिका मैनाली,…
झापा, ८ बैशाख । झापाको कचनकवल गाउँपालिकामा शुक्रबार राति मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । उक्त दुर्घटनामा कचनकवल–४ का ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । शुक्रबार राति कचनकवल–६ स्थित पेट्रोल पम्प नजिक बनियानी–केचना सडक खण्डमा केचनाबाट बनियानीतर्फ जाँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका भारतीय नम्बरको मोटरसाइकल…
कमल, ८ बैशाख । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा कृषि पेशामा संलग्न कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । कृषकलाई बजारमुखी एक समुह एक सामूहिक तरकारी उत्पादनका आधारमा प्रोत्साहन अनुदान प्रदान गरेको हो । जस अन्तर्गत ५ कठ्ठा सम्म खेती गर्ने किसानले प्रति कठ्ठा १ हजारका दरले ५ हजार र सो भन्दा बढी खेती गरेमा प्रति कठ्ठा एक हजार ५ सयका दरले किसानलाई चेक मार्फत भुक्तानी गरेको गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।…
झापा, ८ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा वर्षारहिमपातको सम्भावना…