
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ कात्तिक । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् । साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी…
झापा, १३ कात्तिक । डाँका मुद्दामा फरार झापा दमकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–८ का २८ वर्षीय मोहन साह रहेका छन् । उनलाई झापा जिल्ला अदालतले असोज २४ गते डाँका गरेको मुद्दामा ६ महिना कैद, २० हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो । फरार साहलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यन्वयनका टोली र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरी आइतबार फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार साहलाई कैद भुक्तानका लागि झापा…
झापा, १३ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्त अधिकार सदुपयोग गरेर मुख्यमन्त्री बनेको बताउनुभएको छ । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो । “कांग्रेस सांसदहरुले प्रतिपक्षी भएर बस्नुपर्ने अवस्था आएपछि संविधानको सदुयोग गरेर मुख्यमन्त्री बनेको हुँ”, उहाँले भन्नुभयो, “संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न म आग्रह गर्छु ।” मुख्यमन्त्री कार्कीले प्रदेशबासीको अधिकतम हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाइने बताउनुभयो । कार्यक्रममा कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक…
झापा, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय विकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कविराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल, सदस्यहरुमा भगतराम धिमाल, हरिलाल धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, विनोद धिमाल, सन्तोष धिमाल, वृषजङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल र कुमारी धिमाल चयन भएका छन् । भेलाबाट सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश धिमालको साथै…
झापा, १२ कात्तिक । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गरे । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए । यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु…
झापा, १२ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको शालीक निर्माण गरिएको छ । शिवसताक्षी–९ स्थित चिल्लागढमा रू ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका शालीक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिनुभयो । पूर्णकदको ढुंगाका शालीक र शालीक राख्ने स्थान गृल लगायतका संरचनासमेत निर्माण गरिएको उहाँले बताउनुभयो । आगामी कात्तिक २५ गते फाल्गुनन्दको १३९ औं जन्म जयन्तीको अवसरमा एक लाख ८ हजार १०८ दीप प्रज्वलन गरी शालीक अनावर गर्ने कार्यक्रम रहेको छ । शालीक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को बाहुलीबाट उद्घाटन गरिने किराँत धर्म साहित्य उत्थान संघका अध्यक्ष…
झापा, १२ कात्तिक । धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ११ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका एरियाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव ३ हजार वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसैगरी, उदयपुरको इलाका प्रहरी कार्यालय भुटार रौतामाईबाट खटिएको प्रहरी गस्ति टोलीले रौतामाई गाउपालिका–२ ओख्रेनि स्थित…
झापा, १२ कात्तिक । झापाको भद्रपुरस्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुर सहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । शनिबार बिहानबाट भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल तथा आसपासका एरियामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा २ वटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सिमा नाकामा आवत जावत गर्ने सवारी साधन तथा संकित मानिसहरुलाई चेकजाँच गर्दै आईरहेको छ । कोशी प्रदेश अन्तरगत रहेका मुख्य सिमा नाका सहित अन्य सिमा नाकाहरु तथा…
झापा, १२ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका भक्तपुर निवासी प्रधानाङ्गलाई दिने निर्णय भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । यही कात्तिक १८ गते बिर्तामोडमा सहकारीको साधारणसभामा उक्त पुरस्कार वितरण गरिने भएको छ । यसअघि लघुवित्त विज्ञ शङ्करमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । सहकारी विज्ञ प्रधानाङग सहरमा भन्दा गाउँमा…
झापा, १२ कात्तिक । इजरायल र हमासबीचको तनावकाबीच दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिक लेबनानमा गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघमा कार्यरत घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ। हमास नियन्त्रित क्षेत्र गाजा नजिकै खटिएको बेला ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।