jhapaonline add

झापा, १५ कात्तिक । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो । कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर…

Read More

झापा, १५ कात्तिक । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ का ३७ वर्षीय तुलसी फुयल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ चैत ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद, एक करोड जरिवाना र चार लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसाला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेश अनुसार कैद भुक्तानको…

Read More

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो । स्रोत नखुलेको रकम नेपाली रुपैयाँ १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान–१,…

Read More

झापा, १४ कात्तिक । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा करिब दुई हजार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका छन् । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार खुला कारागार व्यवस्थापन कार्यसञ्चालन कार्यविधि बनेर कार्यान्वयनको चरणमा पुगेको छ । ‘पहिलो चरणमा दुई हजारले सुविधा पाउँदैछन्’ सहसचिव भट्टराईले मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भने । उनका अनुसार समय समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको छ । एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले यस्तो सुविधा पाउँछन् ।…

Read More

झापा, १४ कात्तिक । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले लिटरमा ४ रुपैयाँ घटेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

Read More

मेचीनगर, १४ कात्तिक । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ मा मदन भण्डारी राजमार्ग पाटापुर बस पार्क निर्माण समिति गठन भएको छ । मेचीनगर–१ स्थित पाटापुरमा आज भएको भेलाले समितिको अध्यक्षमा पदमबहादुर पुरी (प्रकाश) लाई चयन गरेको छ । समितिका अध्यक्ष ओमपुरीको अध्यक्षतामा भएको भेलाको छलफलले सर्वसम्मत् रुपमा पुरीलाई अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा खड्गमाया राई, सचिव लीलाप्रसाद न्यौपाने, सह–सचिव महेन्द्र मल्ल र कोषाध्यक्षमा डिकेन्द्र थापालाई चयन गरेको छ । त्यस्तै सदस्यमा सुमित्रा राना, उमावती तामाङ, श्याम लामा, हेमबहादुर हुमागाई, रमेश खतिवडा, मेघनाथ गुरागाई, अमृत पुरी, बालुराम गुरागाई, मन्जिल देवान, चन्द्रकुमार बोहारा, सोनाम लामा र बिष्णु राई चयन…

Read More

बिर्तामोड, १४ कात्तिक । अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचन पदाधिकारीहरुलाई एकका लागि एक अभियानले स्वागत तथा सम्मान गरेको छ । सहारा नेपाल साकोसको सभाकक्षमा आज एक कार्यक्रमका बीच अभियानले उनीहरुलाई स्वागत, सम्मान तथा बधाइ ज्ञापन गरेको हो । एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुकुन्द मुकुन्द ढुंगाना लगायतका पदाधिकारीलाई स्वागत सम्मान गरियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानाले कोरोना महामारीका बेला एक लागि एक अभियान गरिएको सहकार्य सुखद् र उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले विश्वभरि छरिएर रहेका झापालीहरुले झापाको विकासका लागि सक्दो काम गर्ने समेत बताउनुभयो । उहाँले अभियानसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने समेत प्रतिबद्धता…

Read More

झापा, १४ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ । सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ बर्षिया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो भने एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका(३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

ओखलढुङ्गा, १४ कात्तिक । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ की कमला गौतमको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Read More

झापा, १४ कात्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस गर्ने तयारी अनुसार समितिले पारित गरेको हो । दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो । परिमार्जनसहित विधेयकको प्रतिवेदन समितिले पारित गरेको छ । समितिको प्रतिवेदनमा संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशको मर्यादाक्रम मिलाइएको छ । यसअघि प्रस्तावित विधेयकमा प्रधान न्यायाधीशको मर्यादाक्रम पाँचौँ नम्बरमा थियो । पारित प्रतिवेदनमा चौथो नम्बरमा राखिएको छ । प्रधान न्यायाधीशको हाल सरकारले तोकेको मर्यादाक्रम पनि चौथो स्थानमै छ । यस्तै सर्वोच्चको न्यायाधीशभन्दा अगाडि प्रदेशका सभामुखलाई राखिएको छ । प्रदेश प्रमुख…

Read More