
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔंस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले…
झापा, २७ साउन । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचा एकरूप बनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी निकायलाई कार्यान्वयनका लागि निर्देशन दिएको हो। नयाँ व्यवस्थाले कार्यालयपिच्छे फरक ढाँचामा निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ। निवेदनलाई डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने व्यवस्था गरिने भएकाले आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने जनाइएको छ। मार्गदर्शन कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। साथै, सेवाग्राहीलाई निवेदन लेख्न सहयोग गर्ने नाममा…
झापा, २७ साउन । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले साउन २६ गते लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–३ का २४ वर्षीय अभिषेक तामाङलाई ३ ग्राम ३९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु एक थानसहित नियन्त्रणमा लिएको छ। यसैगरी, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ…
झापा, २७ साउन । विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी पार्टनर तथा मोडेल जर्जिना रोड्रिगेज वैवाहिक बन्धनमा बाँधिएका छन्। रोनाल्डो र जर्जिनाले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। विवाहमा उनीहरूका पाँच सन्तान पनि सहभागी भएको जनाइएको छ। विवाहपछि रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका छन्। उनको पोस्टले छोटो समयमै लाखौँ लाइक प्राप्त गरेको छ। रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्ची स्टोरमा भएको थियो, जहाँ जर्जिना बिक्री सहायकका रूपमा कार्यरत थिइन्। त्यतिबेला रोनाल्डो Real Madrid बाट व्यावसायिक फुटबल खेलिरहेका थिए। करिब…
दमक, २७ साउन । झापाको दमकमा प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरीक्षक (प्रनानि) खगेन्द्र डाँगीको कमाण्डमा खटिएको टोलीले मंगलबार राति करिब ९ बजे उनको कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्लास्टिकका स–साना पोका बनाई लुकाइराखेको अवस्थामा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी, डिजिटल तराजु एक थान…
बिर्तामोड, २७ साउन । बिर्तामोडबाट आज दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ। बिर्तामोड नगरपालिका–१ कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी आश्रम पठाइएको हो। बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धारपछि दुवै जनालाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख संग्रौलाले जानकारी दिनुभयो। नगरपालिकाका अनुसार मिया मानसिक असन्तुलनका कारण बजार क्षेत्रमा जथाभावी हिँड्ने गरेको अवस्थामा भेटिनुभएको थियो भने साहु कनकाई रोडमा बेवारिसे अवस्थामा फेला पर्नुभएको थियो। कार्यवाहक…
झापा, २७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने…
बिर्तामोड, २६ साउन । वीरता जेसीजको आयोजनामा महिनाभर सञ्चालन गरिएको शिवउत्सव तथा भजनसन्ध्या एक कार्यक्रमबीच सम्पन्न भएको छ। वीरता जेसीज भवनसँगै रहेको शिवपाञ्चायन मन्दिर परिसरमा आयोजित समारोहबीच शिवउत्सव तथा भजनसन्ध्याको समापन गरिएको हो। वीरता जेसीजका पूर्वअध्यक्ष तथा जेसीआई सिनेटर प्रशान्त भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष जेसी नवराज अधिकारीले आस्थावाचन गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्वल बिमलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष जेसी घनश्याम चौधरी, बिर्तामोड लायन्स क्लब अफ स्मार्ट लेडीकी निवर्तमान अध्यक्ष इन्दिरा खरेल तथा शिवपाञ्चायन भजन मण्डलीकी अध्यक्ष कमला बास्कोटालगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै…
तोमनाथ उप्रेतीवर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सबै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सबैको दायित्व हो । तर, यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मूल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पष्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ । समाजमा धर्मको…
कनकाई, २६ साउन । झापाको कनकाई नगरपालिकाबाट ९७ जनाले भूमि सम्बन्धी सेवा पाएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत् नगरका ९७ जनाले सेवा पाएको नगरपालिकाका भूमि शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले २०८३ असार ८ गतेदेखि भूमि प्रशासन सम्बन्धी सेवा शुरु गरेको थियो । साउन २२ गतेसम्म ९७ जनाले सेवा लिएको उहाँले बताउनुभयो । भूमि प्रशासनबाट धनीपुर्जा वितरण तथा जग्गापास कार्य सहज रूपमा भइरहेको उहाँले बताउनुभयो । “भूमि प्रशासन तथा मालपोत सेवा अन्तर्गत धनीपुर्जा वितरण तथा कित्ताकाट÷ जग्गापाससम्बन्धी कार्यहरू सहजरूपमा अघि बढिरहेका छन्”, उहाँले भन्नुभयो, “हालसम्मको अद्यावधिक तथ्याङ्क अनुसार कुल ९७ वटा जग्गापास सम्बन्धी रोक्का तथा पासका…