
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका आगामी वैशाख १४ गतेदेखि सुरु हुने गरी सार्वजनिक भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो । सूचना अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न सङ्काय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ । पहिलो…
झापा, ५ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ । सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज प्रशासनमा पेस गरेको थियो । निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रसाईँले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए । यसअघि पनि उनी विभिन्न कसुरमा पटक पटक पक्राउ परेका थिए । केही…
झापा, ५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर…
झापा, ५ फागुन । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि…
झापा, ५ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५…
झापा, ५ फागुन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु…
झापा, ५ फागुन । झापाको मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उहाँको भनाइ छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर–१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ । अन्यत्र…
झापा, ५ फागुन । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली…
झापा, ५ फागुन । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको अरिदमन गणबाट आएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो । राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनका चालक तथा यात्रुहरूले पुलको नजिकै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलको प्रवेशद्वारमै शंकास्पद वस्तु फेला परेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा सवारी साधनको आवतजावत रोक लगाएको थियो । जसका कारण पुलको पूर्व–पश्चिमतर्फ सवारी साधन जाम भएको थियो । शंकास्पद वस्तु…
झापा, ४ फागुन । झापामा १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । आज विद्यालय पसिरमा आयोजित एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ वटै जिल्लामा आगामी वर्षदेखि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न माध्यमबाट झापाको खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक एवम् सामाजिक संघ–संस्थालाई सम्मान पनि गरिएको थियो । खेलाडीको…