jhapaonline add

झापा, २१ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र…

Read More

झापा, २० माघ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Read More

झापा, २० माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वारी दिएका अशेष घिमिरे यतिबेला चुनावी अभियानका क्रममा छन् । क्षेत्र नम्बर १ का २१ वटा वडाका मतदातासँगलाई विश्वास दिलाउँदै मत माग्ने अभियानमा निस्किएका छन् उनी । उम्मेद्वारी दर्ता गरेकै दिन चिया मजदुरका समस्यादेखि डायरीको पाना भर्न सुरु गरेका घिमिरेले मतदातालाई भन्छन्, ‘कयौं पटक अरुका लागि मतदात गर्नुभयो यो पटक आफ्नै लागि परिणाम दिनसक्ने व्यक्तिलाई मतदान गर्नुहोस् ।’ घिमिरेको मतदातासँग पुगेको मत माग्ने शैली फरक छ । कहिले एक्लै त कहिले ४-५ जना सहकर्मीसँग गाउँघरमा चुनावको झझल्को स्मरण गराउन पुग्ने गरेका छन् ।…

Read More

झापा, २० माघ । सातौं झापा गोल्डकपको उद्घाटका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ । डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २४ गते गोल्डकपको उद्घाटनका दिन डोमालाल राजवंशी रंगशालामा अनावरण गरिने भएको हो । गोल्डकपका तत्कालीन अध्यक्ष स्वर्गीय विनोद बस्नेतले सो सालिक भारतबाट निर्माण गरेर ल्याएका थिए । बस्नेतको निधनपछि डोमालालको सालिक स्थापित गर्ने र असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीका घर बनाइदिने योजना अलपत्र परेको थियो । गोल्डकपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, मोरङका जिल्ला सचिव रुपेश राजवंशीबीच छलफल भएको थियो…

Read More

बिर्तामोड, २० माघ । बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। जनस्वास्थ्य निरीक्षक गणेश रिजालले गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यस वर्ष अनिवार्य रूपमा खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक विद्यालयबाट छुटेका किशोरीहरूको नाम रोल नम्बर सहित संकलन गरिएको छ। यसैगरी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीले पहिलो चरणमा…

Read More

भदपुर, २० माघ । झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउनसुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई छिपाई राखेको १४४ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो । त्यसैगरी, आज युरो १ को खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा छ ।…

Read More

झापा, २० माघ । विभिन्न कारण देखाएर निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम समानुपातिक प्रणाली तर्फको बन्दसूचीबाट हटाएको छ । आयोगले कांग्रेस, एमाले, रास्वपा, श्रम संस्कृति, नेकपा माओवादीसहितका पार्टीका ७६ जनालाई बन्दसूचीबाट हटाएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर बन्द सूचीबाट हटाइएको हो । आयोगले कर्जा सूचना केन्द्रको सूचनाका आधारमा २१ जना, निर्वाचन आयोगको जरिवाना नबुझाउने १० जना गरी ३१ जनाको नाम हटाएको छ । त्यस्तै, प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, २५ वर्ष उमेर नपुगेका चारजना, मतदाता नामावलीमा समावेश नभएका एक, मतदाता नामावली…

Read More

झापा, २० माघ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरूले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो । सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ । हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज…

Read More

झापा, २० माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक…

Read More