jhapaonline add

झापा, २४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । विगत केही दिनदेखि लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढेको छ । त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि आज बढेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो । यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ…

Read More

झापा, २४ माघ । झापाको शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर शुक्रबार एनसेलका एक कर्मचारीको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर सिराहाको लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाइबर जडान गर्न बनाएको खाल्डोमा पसेर काम गरिरहेका बेला यादवलाई माटोको ढिस्को खसेर पुरेको हो । घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

झापा, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली…

Read More

बिर्तामोड, २३ माघ । झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ । भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नुहुने छ भने समापनको प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले गर्नुहुने आयोजकले जनाएको छ । विगतको संस्करणहरु झैं झापा गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष केदारी गिरीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेलमैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो । करिब १० हजार दर्शक बस्न…

Read More

भद्रपुर, २३ माघ । भारत आसामको रायनोल्याण्ड क्रिकेट क्लव झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्दै लगातार तीन जीतका साथ आसाम सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो व्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १३७ रन बनायाृे । जवाफमा आसामले ५ विकेट क्षतिमा एक बल बाँकी रहँदा १३८ रनको लक्ष्य पूरा गरेको थियो । आसामका लागि अन्तिम बलमा एक रन आवश्यक थियो । भद्रपुरका बलर दीपक बोहोराको अन्तिम बल वाइड भएपछि…

Read More

बैतडी, २३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। गम्भीर घाइते भएका थप पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का बिसनदत्त जोशी, २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी नगरपालिका–७ का १४ वर्षीय सुशील जोशी र केदारस्यू गाउँपालिकाका २६ वर्षीय केशवराज भट्ट रहेका छन्। यसअघि घटनास्थलमै मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी…

Read More

बिर्तामोड, २३ माघ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

Read More

झापा, २३ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया…

Read More

भद्रपुर, २२ माघ । झापाको सदरमुकाम भद्रपुरमा बुधबारदेखि सुरु कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लव विजयी भएको छ । जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै भद्रपुरले महत्वपूर्ण २ अंक जोडेको छ । काठमाडौँको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा काठमाडौँ भारतको आसामसँग पराजित भएको थियो । अंकविहीन रहेको काठमाडौँको सेमिफाइनल यात्रा कठिन बनेको छ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भद्रपुरले टस जितेर पहिलो व्याटिङ रोजेको थियो । भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा काठमाडौँले…

Read More

झापा, २२ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार खर्चलाई पारदर्शी र अनुशासित बनाउन ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। नयाँ कार्यविधिअनुसार राजनीतिक दल र उम्मेदवारले प्रचार खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। रु २५ हजारभन्दा बढी सहयोग नगदमा लिन पाइने छैन, सो रकम सीधै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। पुराना खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ। त्यस्तै, रु १ लाखभन्दा बढी सहयोगमा सहयोगदाताको नाम, ठेगाना, पेशा, कर विवरण खुलाउन अनिवार्य गरिएको छ। निषेधित निकाय वा व्यक्तिबाट सहयोग लिन पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले खर्च विवरण सार्वजनिक गरी ३५…

Read More