
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
झापा, २९ पुस । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रूपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्नासाथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता…
झापा, २९ पुस । झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा बर्सेनि शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई नदीको पश्चिम किनारमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । पछिल्ला वर्षहरूमा शिवसताक्षी नगरपालिका वडा नं. ५ भेलामुनी क्षेत्रको कनकाई नदी किनारमा समेत मेला सञ्चालन हुँदै आएको छ । परम्परागत रूपमा मकर स्नान गर्ने तथा मेला भर्ने चलन रहँदै आएकोले नगरबासीहरूको सहभागिता र सहजताका लागि कार्यपालिका बैठकको निर्णयअनुसार माघ २ गते स्थानीय विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । उक्त दिन अत्यावश्यक सेवाबाहेक शिवसताक्षी नगरपालिका अन्तर्गतका सबै वडा…
बिर्तामोड, २९ पुस । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा २१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघको कार्यालयमा आज आयोजित एक कार्यक्रममा पूर्व अध्यक्ष भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे । आपत्–विपद्, आकस्मिक दुर्घटना वा असहज परिस्थितिमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई व्यवसायीहरूकै साझा सुरक्षा कवचका रूपमा विकास गर्ने लक्ष्य लिइएको संघले जनाएको छ । संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई एक करोड रुपैयाँसम्म पुर्याउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि व्यवसायीहरूको एकता र निरन्तर सहयोग अपरिहार्य रहेको…
झापा, २९ पुस । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफू झापा क्षेत्र नं. २ बाट निर्वाचित भएदेखि हालसम्म गरेका विकास निर्माण एवम् सामुदायिक कार्यहरुको फेहरिस्त सार्वजनिक गर्नुभएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा जनप्रतिनिधिहरु सहित उल्लेख्य एमाले कार्यकर्ताहरुको उपस्थितिमा उहाँले ४६ बुँदे फेहरिस्त प्रस्तुत गर्नुभएको हो । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी यही माघ ६ गते उम्मेदवारी मनोनयनको दिन परेकोले आफू उक्त मितिदेखि सभामुख नरहने भएकाले निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो कार्यवधिमा गरेको कामको विवरण पत्रकार सम्मेलन मार्फत सुनाउनु भएको हो । उहाँले यो अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा ३२३ वटा योजनाहरु समावेश गराई ५ अर्ब ४९ करोड ९३…
झापा, २९ पुस । झापाको कमल गाउँपालिकामा सर्पदंशबाट एक पुरुषको मृत्यु भएको छ । कमल–६ सोनापुरस्थित गेउरीयाका ३७ वर्षीय बुद्धिकुमार राजवंशीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजे राजवंशीलाई आफ्नै घरको शौचालय जाने क्रममा विषालु सर्पले टोकेको थियो । उनलाई नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा ल्याई उपचार भइरहेकोमा थप उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो । डाक्टरले चेकजाँच उनको मृत्यु भइसकेको जनाएको थियो ।
झापा, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको…
झापा, २९ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा…
झापा, २९ पुस । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा९एमाले०, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम…
शिवसताक्षी, २८ पुस । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक शिवसताक्षी नगरपालिकाले माघ ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन माघ ९ गते बिहान ११ः३० बजे हुने छ । उद्घाटनको दिन ३ खेल सञ्चालन गरिने छन् । खेल तालिकाअनुसार माघ १० गते ४ खेल, माघ ११ गते ४ क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । त्यसैगरी माघ १२ गते २ सेमिफाइनल खेल र माघ १३ गते फाइनल खेल आयोजना गरिने खेल…