jhapaonline add

झापा, २३ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका तराई…

Read More

झापा, २३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर…

Read More

झापा, २३ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस…

Read More

झापा, २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ । सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको हो । गृह मन्त्रालयका अनुसार, १० दिन तालिम र ३० दिन कार्यस्थलमा खट्नेगरी नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुनेगरी मापदण्ड स्वीकृत गरिएको हो । भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान अनुसार तलब, पोशाक र सम्बन्धित जिल्लाको…

Read More

झापा, २२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिमण्डल पुनर्गठन एवं कार्य विभाजन गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले दुई राज्यमन्त्री तथा १० जना मन्त्रीसहित मौजुदा मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, खानेपानी, सिचाई तथा उर्जामन्त्री तिलचन पाठक, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्र मणी पराजुली, आर्थिक…

Read More

झापा, २२ पुस । एक्टिभ नाइनले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर मंगलबार बिर्तामोड–६ स्थित श्री हरिहर आश्रम गुरुकुलम्मा अध्ययनरत बटुकहरुलाई न्यानो कपडा वितरण गरेको छ । २०७४ सालमा स्थापित बिर्तामोडका नौ युवाहरुको समूह एक्टिभ नाइनले २३ बटुकहरुलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्वअध्यक्ष दाताराम तिम्सिनाको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका सचिव भानु खनालले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण देवीप्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा एक्टिभ नाइन लेडीकी देवका कोइराला, विद्यापिठका अध्यक्ष अभिचन्द्र पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा गुरुकुलका बटुकहरुलाई खाजा समेत खुवाइएको थियो…

Read More

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । सोही अन्तर्गत मंगलबार शिवसताक्षी ११ दूधे उत्तर घुम्ति शिविर गर्दै सदस्य विस्तारसँगै सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको र संस्थाले आज मात्रै २० जना नयाँ सदस्य विस्तार गरेको जनाएको छ । सहकारी शिक्षा कार्यक्रममा वित्तीय कारोबार र सहकारीको परिभाषा र आधारभूत सिद्धान्तहरू, सहकारीसँग सम्बन्धित कानुन तथा नीतिहरू, आर्थिक तथा वित्तीय व्यवस्थापनलगायत विषयहरुमा सदस्यहरुलाई शिक्षा प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले…

Read More

झापा, २३ पुस । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित शनिश्चरे–खुदुनावारी सडक खण्डको विरिङ खोला पुल निर्माण हुने भएको छ । अर्जुनधारा–७ स्थित बिरिङ खोलाको पुल निर्माणका लागि ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । अर्जुनधारा–४ र १ सँग जोड्ने शनिश्चरे–खुदुनावारी सडकको विरिङ खोलामा पुल भत्किएपछि नयाँ पुल निर्माण गर्न रकम स्वीकृत भएको हो । ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उक्त भत्किएपछि चासो राख्दै आएका थिए भने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा उक्त रकम स्वीकृत भएको हो ।

Read More

झापा, २२ पुस । झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि, ब्राउनसुगर र गाँजासहित ७ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक–१ का सुरज कुमाल, कृष्णबहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ–३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउनसुगरसहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका(–१५ स्थितबाट धरान उपमहानगरपालिका–५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी–६ का सुनिल चौधरी र…

Read More