
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ मंसीर । बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ । वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण योजनाको रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ । आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत इन्जिनियर सहितको टोलीले सडकको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले ठेकेदारलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तीन वर्षदेखि यो सडकको…
मोरङ, १७ मंसीर । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते विशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।
सुनसरी, १७ मंसीर । सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । मंगलबार दिउँसो सुनसरीको रामधुनी नगरपालिका–१ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय मोहमद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । सोही दिन…
झापा, १७ मंसीर । झापा दमक नगरपालिका–३ बेलडाँगी शिविरमा धारिलो हतियार प्रहार गर्ने पक्राउ परेका छन् । सेक्टर ए ३ हट नं. २०० का २९ बर्षीय प्रदिप विश्वकर्मालाई सोही शिविर सेक्टर डी २ हट नं. १६६ का ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेका थिए । गएराति सामान्य विवादका क्रममा खुकुरीले घाटीको बायाँ साइडतर्फ प्रहार गरी घाइते भएका थिए । घाइतेको दमक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खुकुरी प्रहार गर्ने मंगलसिंह राईलाई खुकुरीसहित नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याएर राखेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १७ मंसीर । झापाका दुई भिन्न स्थानमा भएको आगलागीबाट रू १६ लाख बराबरको क्षति भएको छ । झापाको कनकाई नगरपालिका–४ त्रिवेणी टोलका खेमनाथ खनालको ग्वाली र दमक नगरपालिका–१० सगरमाथा टोलका केशब भण्डारको गाई गोठमा आगलागी हुँदा रू १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । गएराति कनकाई–४ का खनालको टिनको छानो टाटी बेरा भएको ग्वालीमा अचानक दियोबाट आगो सल्किएर आगलागी भएको थियो । आगोलागीबाट ग्वाली, ग्वालीभित्र अन्नपात, पानी तान्ने मोटर, पानी तान्ने तेलबाला मेसिन, भाडाकुडा, पराल जलेर नष्टको छ । आगलागीबाट एक माउ गाई जलेर घाइते भएको छ भने…
झापा, १७ मंसीर । नेपाल विद्यार्थी संघ स्ववियु परिषद नेपालको उपाध्यक्षमा झापा बिर्तामोडका किरण गुरुङ सर्वसम्मत चयन भएका छन् । काठमाडौंस्थित त्रिवि स्मृति भवनमा मंसिर ११ देखि भएको अधिवेशनबाट गुरुङ उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी कनकाई आदर्श क्याम्पस बिर्तामोडका स्ववियु सभापति हुन् । खुल्लामा १ महिला र २ खुल्ला उपाध्यक्ष चयन भएका छन् । नेपाल विद्यार्थी संघ स्ववियु परिषद् नेपालको केन्द्रीय अधिवेशनले सभापतिमा रोहित कपालीलाई सर्वसम्मत गरेको छ । उनी पाटन क्याम्पसका स्ववियु सभापति हुन् ।
झापा, १७ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ…
रौतहट, १६ मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम दुरुपयोग भएको ठहर गर्दै सात जना कर्मचारी तथा एक संस्थामाथि विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पाँचौँ स्तरका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरीसहित सात कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो। त्यसैगरी, काठमाडौँस्थित सरिता फाउण्डेसन तथा संस्थाकी निर्देशक सरिता कुमारी साहमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। तत्कालीन मेयर सियाराम कुशवाहाको कार्यकालमा आर्थिक वर्ष २०७७र०७८ मा नगरसभाले बजेट स्वीकृत नगरेको अवस्थामै सरिता फाउण्डेसनको…
झापा, १६ मंसीर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र…
झापा, १६ मंसीर । सरकारले गत भदौ २३–२४ गतेको आन्दोलनमा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा मृत्यु भई सहिद घोषणा भएका व्यक्तिका परिवारलाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र उपलब्ध गराइने जानकारी दिनुभयो। साथै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाइने निर्णय भएको छ। सरकारले २०८२ माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको…