
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, ७ साउन । जननायक विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कनकाई नगर समितिले कनकाई–५ स्थित वी.पी. वनबाटिकामा रहेको उहाँको शालिकमा माल्यार्पण गर्दै विचार गोष्ठी सम्पन्न गरेको छ। ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्य तथा नगर सभापति दुर्गाप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि पर्शुराम ढुङ्गाना, नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्ष कृष्णबहादुर राईलगायतले वी.पी.को लोकतान्त्रिक योगदानबारे विचार व्यक्त गरेका थिए। यसै अवसरमा शिवसताक्षीका ११ वटै वडा तथा मेचीनगरका १५ वटै वडामा पनि वृक्षरोपण, रक्तदान र विचार गोष्ठीलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको सम्बन्धित नगर समितिहरूले जनाएका छन्। वि.सं. १९७१ भदौ २४ मा जन्मनुभएका वी.पी.…
झापा, ७ साउन । सुनचाँदीको भाउ आज बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।
काठमाडौँ, ७ साउन । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् ।…
सन्तोष शर्माअर्जुनधारा, ७ साउन । झापाको अर्जुनधारा नगरपालिकाका १८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनीपुर्जा वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित ‘जग्गा धनीपूर्जा वितरण कार्यक्रम’का अर्जुनधारा–११ लक्ष्मीधापका १८ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अथिति झापा क्षेत्र नं. २ की सासंद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपसभामुख समेत रहनुभएकी सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध रहने भएकाले भूमिको विशेष महत्व हुने बताउनुभयो । “जमिन भनेको आमा समान हुन्छ”, उहाँले…
झापा, ७ साउन । झापाको दमक नगरपालिका–४ स्थित भाइरल रोडको संगम चोकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार साउन ६ गते साँझ आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो । ठक्करपछि साइकल अनियन्त्रित हुँदा पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकलयात्री दमक–३ निवासी अन्दाजी ५३ वर्षीय रनबहादुर बिष्ट गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको थियो भने बोल्न नसक्ने अवस्था भएको थियो । मोटरसाइकल…
झापा, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको…
बुद्धशान्ति, ६ साउन । झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयले असार महिनाका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले असार महिनाभर शैक्षिक, अनुशासन, नेतृत्व तथा विभिन्न क्षेत्रमा प्रदर्शन गरेको उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै आज (बुधबार) एक कार्यक्रमका बीच कक्षागत रुपमा नर्सरीदेखि कक्षा–१२ सम्मका विद्यार्थीलाई ‘स्टुडेन्ट अफ द मन्थ’का रुपमा सम्मान गरेको हो । साथै, एक जना उत्कृष्ट विद्यार्थीलाई ‘स्कुल स्टुडेन्ट अफ द मन्थ’ समेत घोषित गरेको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि हौसला, प्रेरणा र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले ‘असार महिनाको उत्कृष्ट विद्यार्थी’ (स्टुडेन्ट अफ द मन्थ) घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन…
झापा, ७ साउन । पत्रकार एवम् साहित्यकार देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ लोकार्पण भएको छ । नेपाली साहित्य परिषद्को आयोजनामा असार ३ गते भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गर्नुभएको बताउनुभयो । साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताउनुभयो । ढुङ्गानाको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ ।
झापा, ६ साउन । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद अन्त्य लिएको छ । झै–झगडापछि श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए भने त्यसलगत्तै आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच विवाद भएको थियो । विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो । घटनापछि धनबहादुरले घरकै अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका…
झापा, ६ साउन । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको चार हजार ४८० रुपैयाँ पुगेको छ । यसअघि हिजो चाँदी तोलाको चार हजार ३७० रुपैयाँ रहेको थियो ।