jhapaonline add

झापा, २५ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेको आधारमा १२ कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको छ । अब कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् । यस्तो छ सूचना

Read More

झापा, २५ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा निर्मिति खडेबाबा स्मृति उद्यानको आइतबार उद्घाटन गरिएको छ । भारतको हरिद्वारस्थित पतञ्जली योगपीठका मुख्य निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजजीले उक्त उद्यानको उद्घाटन गरेका हुन् । मुलुकको ‘सय पर्यटकीय गन्तव्य’मा समेत सूचिकृत हुन सफल धाममा गत मंसीर १७ गतेदेखि सञ्चालन भइरहेको ४१औं धार्मिक अनुष्ठानको क्रममा पहिलोपटक धाम दर्शनका लागि आएका उहाँले सोही उद्यानको मध्य भागमा रहेको खडेबाबाको पूर्ण कदको शालिक अनावरण गरेका हुन् । कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०७९–०८० मा विनियोजित २२ लाख ४२ हजार चार सय ८७ रुपैयाँ बजेटबाट उद्यान निर्माण गरिएको हो । खडेबाबा बारे…

Read More

झापा, २५ मंसिर । २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो । सरकारले एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न बनाएको ‘एनसेलको सेयर खरिदबिक्री अध्ययन तथा छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने संयोजक दंगालले बताए । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न समिति बनाई ३० दिनको म्याद दिएको थियो । सरकारले दिएको कार्यादेशभित्र रही तोकिएको समयसीमामा सुझावसहितको प्रतिवेदन बुझाउने समितिले…

Read More

झापा, २५ मंसिर । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९र८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले छुट सुविधा प्राप्त गर्ने त्यस्ता संस्था र व्यक्तिलाई कर फिर्ता गर्दै आएको छ । विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं कूटनीतिक एजेन्सीको ८५१ वटा कर फिर्ता दाबी परेको थियो । ती निकायले विभागसमक्ष ५९ करोड ३१ लाख रुपियाँ कर फिर्ता दाबी गरेकामा ५२ करोड…

Read More

इनरुवा, २५ मंसिर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो…

Read More

झापा, २५ मंसिर । विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुग्यो । अन्ततः युक्रेन ( रुसबिचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन् । युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन् । ुमेरो नाम प्रतीक पुन हो । मेरो घर नेपाल दाङ बिजौरीमा हो,ु भिडियोमा उनले भनेका…

Read More

इलाम, २४ मंसिर । तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ निर्वाचित भएका छन भने महासचिवमा मनराज गुरुङ चयन भएका छन् । तमू युवा ह्युल छोंज धींको इलाममा आज सम्पन्न दोस्रो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा तोरण र महासचिवमा मनराज निर्वाचित भएका हुन् । मंसिर २२ गतेबाट सुरु भएको महाधिवेसनबाट उपाध्यक्षमा सर्वजित गुरुङ र प्रमिला गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् । यस्तै, प्रदेश प्रमुख अर्जुन गुरुङ (तमूवान), सुकमाया गुरुङ (मगरात थरुहट) चयन भएका छन् । सदस्यहरुमा शुशिल गुरुङ (गोर्खा), कृष्ण गुरुङ (इलाम), बिक्रम गुरुङ (सुनसरी), विशाल गुरुङ (प्युठान), अर्जुन गुरुङ (रुपन्देही)…

Read More

भद्रपुर, २४ मंसिर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो । गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले सम्मानपत्र प्रदान गरेका थिए । प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग तथा नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए ।

Read More

भद्रपुर, २४ मंसिर । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो ।

Read More

झापा, १७ कात्तिक । भ्रमण भिसामा गएकाले अब ओमानदेखि भिसा परिवर्तन गरेर काम गर्न नपाउने भएका छन् । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो । यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।

Read More