jhapaonline add

शिवसताक्षी, ९ माघ । झापा जिल्ला स्तरीय कर्मचारी फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ। उद्घाटन खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्‍यो। शिवसताक्षीका जर्सी नम्बर १४ का सचिन श्रेष्ठले खेलको २२औँ र २७औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका आधारमा सचिन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। आजै सम्पन्न दोस्रो खेलमा दमक नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई ५–१ गोलअन्तरले हराउँदै विजयी भयो। दमकले खेलको पहिलो हाफको १४औँ र १८औँ मिनेटमा तथा दोस्रो हाफको २औँ, १३औँ र २८औँ मिनेटमा गोल गर्न सफल भयो। बुद्धशान्ति गाउँपालिकाले भने पहिलो हाफको ४औँ मिनेटमा…

Read More

झापा, ९ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताए। यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो ।

Read More

झापा, ९ माघ । आगामी फागुन २१ गतेको निर्वाचनको लागि झापाका सबै सुरक्षा निकायको कमाण्ड परिवर्तन हुने भएको छ । गृह मन्त्रालयले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाइसकेको छ। लिम्बू फिर्ता भएपछि देशकै ठूलो सुरक्षा चुनौती मानिएको झापाको कमाण्ड खड्काले आजदेखि सम्हालेकी छन् । खड्काले जिम्मेवारी सम्हालेपछि एसपी लिम्बु आजै काठमाडौँ फर्किसकेका छन् ।

Read More

झापा, ३० पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३…

Read More

झापा, ३० पुस । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उनले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको…

Read More

सुयोग ढकालमाघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको व्रत बस्नेले व्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै वर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसै गरी अरू एकादशी व्रत झैँ श्रद्धापूर्वक षटतिला एकादशीको व्रत बस्नाले सबै पापहरूको नष्ट हुने मान्यता…

Read More

झापा, ३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका ९एकलसहित० उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले…

Read More

झापा, ३० पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

झापा, २९ पुस । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रूपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्नासाथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता…

Read More

झापा, २९ पुस । झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा बर्सेनि शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई नदीको पश्चिम किनारमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । पछिल्ला वर्षहरूमा शिवसताक्षी नगरपालिका वडा नं. ५ भेलामुनी क्षेत्रको कनकाई नदी किनारमा समेत मेला सञ्चालन हुँदै आएको छ । परम्परागत रूपमा मकर स्नान गर्ने तथा मेला भर्ने चलन रहँदै आएकोले नगरबासीहरूको सहभागिता र सहजताका लागि कार्यपालिका बैठकको निर्णयअनुसार माघ २ गते स्थानीय विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । उक्त दिन अत्यावश्यक सेवाबाहेक शिवसताक्षी नगरपालिका अन्तर्गतका सबै वडा…

Read More