jhapaonline add

झापा, १५ मंसीर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू…

Read More

झापा, १५ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएका विभिन्न हतियारका गोली फेला परेको छ । विभिन्न हतियारको ५८ राउण्ड फेला परेको हो । आइतवार दिउँसो दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पछाडी होम पाइपमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । गोली बेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले इलाका प्रहरी कार्यालय दमक जानकारी गराएपछि प्रहरीले ती गोली बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले उक्त स्थानबाट सेतो प्लास्टिक पोका पारिएको अवस्थामा ७.६२ मिमि ३०३ राइफलको ८ राउण्ड गोली, ५.५६ मि.मि इन्सास राइफलको ५० राउण्ड गोली बरामद भएको थियो ।

Read More

बिर्तामोड, १५ मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन् । साँझ बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए । “हाम्रो लक्ष्य एक करोड रुपैयाँ पुर्‍याउने हो,” थापाले भने, “थोरै भए पनि कोष वृद्धिमा योगदान दिन पाउनुमा खुशी छु ।” उपाध्यक्ष थापा आफ्नी श्रीमती समृद्धिसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बिर्तामोड…

Read More

झापा, १४ मंसीर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १ सय २० राजनीतिक दलहरूले दल दर्ताका लागि निवेदन पेस गरेका छन् । दल दर्ताका लागि आजसम्म थप गरिएको ४ दिनको अवधिमा १४ राजनीतिक दलले निवेदन पेस गरेको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगमा प्राप्त निवेदनमाथि छानबिन गरी यही मङ्सिर २० गते दलहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको सङ्ख्या १ सय ४३ पुगेको छ । आगामी माग ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि भने १३ राजनीतिक दलबाट निवेदन प्राप्त…

Read More

झापा, १४ मंसीर । कर्णाली याक्समाथि सहज जित निकाल्दै काठमान्डु गोर्खाजले जारी एनपिएलमा चौथो जित दर्ता गरेको छ । खेलमा काठमान्डु ५ विकेटले विजयी भएको हो । जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डुले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार बेहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । काठमान्डुको जितमा गेरहार्ड इरास्मसले ४४ रन बनाउँदा जोन सिम्पसनले ४१ रन बनाएर आउट भए । यस्तै, ओपनर बेन चाल्र्सवर्थले ३४ रन बनाए । मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए । यता, कर्णालीको…

Read More

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी खतिवडाले लिंगका आधारमा हिंसा हुन नहुने जिकिर गरिन् । त्यस्तै, जुनसुकै उमेरका महिलाहरु पनि पीडित भइरहेको उनको भनाइ थियो । अहिले पनि नेपालमा महिलाको नेतृत्व स्वीकार गर्न नसकिएको उनले बताइन् । महिलाहरु पुरुषको आज्ञापलक मात्र भइरहेको खतिवडाले बताइन् । त्यस्तै, कार्यक्रममा झापा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारी, मानवअधिकारी डा। रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी…

Read More

झापा, १४ कात्तिक । झापाको कचनकवल गाउँपालिका–६ लाहुरेचोकस्थित केचना–चन्द्रगढी सडकखण्डमा म्याजिक भ्यानमा आगलागी भएको छ । मंसिर १३ गते साँझ बनियानीबाट हिमालीतर्फ जाँदै गरेको मे १ ज ३२७९ नम्बरको म्याजिक गाडी अचानक आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चालक सोही स्थानका २४ वर्षीय प्रकाश खनालको अनुहार र टाउकोमा आगोले पोलेर सामान्य चोटपटक लागेको छ । उनलाई तत्काल स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि पठाइएको छ । गाडीमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ मंसीर । अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका दुई जना कृषि वैज्ञानिक र अन्य तीन कर्मचारीसँग नेपाल कृषि अनुसन्धान परिषद्ले सबै रकम असुल उपर गर्ने चेतावनीसहितको सूचना जारी गरेको छ । सात दिनभित्र उनीहरूलाई कार्यालयमा उपस्थित हुनको लागि आग्रह गर्दै परिषद्ले अन्यथा परिषद्ले उनीहरूको लागि लगानी गरेको सबै रकम असुल उपर गर्ने चेतावनी दिएको हो । सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरुमा पहाडी बाली अनुसन्धान कार्यक्रम काभ्रे र दोलखाको वैज्ञानिक किरण बराल र राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक राजु चौधरी छन् । त्यसैगरी, बागबानी अनुसन्धान केन्द्र…

Read More

झापा, १४ मंसीर । नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा,…

Read More

झापा, १४ मंसीर । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

Read More