jhapaonline add

राजेश ढुङ्गानाअध्यक्ष खड्गप्रसाद ओलीको उट्पट्याङ र बेढंगे कुराले थिल्थिलो भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नै महाधिवेशनको संघारमा आइपुग्दा अझ र थप थिल्थिलो भएर गइरहेको छ — त्यो पनि ओली र ओली समूहकै कर्मले । युवा सङ्घकै कामको औचित्य पुष्टि नभइरहेका सन्दर्भमा फेरि अर्को लडाकु फोर्स गठन गरेर एमालेले देखिनेगरी नै मुलुकमा भीडन्तको तयारी गरेको छ । किन यसरी एमाले मुलुकमा द्वन्द्व, भीडन्त र मूठभेड तर्फ जाँदैछ ? आफ्नै लागि हो कि उसको यो काम कतैबाट निर्देशित छ ? आफ्नै लागि हो भने पनि अरूद्वारा अरू शक्तिका लागि नै यो कर्म किन नगरिएको होस् – त्यो मुलुकका लागि अत्यन्त घातक हुने…

Read More

निशान निरौलाझापा, २७ मंसिर । निर्देशक जसबहादुर याक्खा (जसु) को निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । रे अफ मुनको प्रस्तुतिमा आएको गीतमा एन जे शालु र मुकेश गुरुङको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत संयोजन सौगात जंग थापाले गरेका छन् । गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका हुन् भने एरेन्ज विशाल निरौलाले गरेका छन् । रोमान्टिक भाव र आधुनिक प्रस्तुतिमा तयार गरिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ । गीतको छायाङ्कन ज्ञानेन्द्र…

Read More

झापा, २७ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बदली हुने अनुमान गरिएको छ।

Read More

झापा, २७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ। शुक्रबार आयोगमा दर्ता भएका दललाई चिह्न वितरण गरिएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार मङ्सिर २१, २२ र २३ गते तीन दिनको समय दिई आवेदन मागिएको थियो। समानुपातिक प्रणालीतर्फ १०० दलले आवेदन दिए पनि दुई वा बढी दलले एउटै चिह्नमा भाग लिन आवेदन दिएका कारण कुल ९३ वटा चिह्न कायम भएको आयोगले जनाएको छ। आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा क्रमसङ्ख्या र चिह्न प्रदान गरिएको हो। अन्य दललाई दर्ताका आधारमा चिह्न…

Read More

झापा, २७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ । त्यसैगरी, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको छ। आज पाउन्डको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो बढेर अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको…

Read More

झापा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी…

Read More

झापा, २६ मंसिर । झापाको कनकाई नगरपालिकास्थित ह्यापी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट प्रालिले २० भन्दा बढी आकर्षण थप गरेको छ । प्रालिले थप ३ बिघा क्षेत्रफलमा नयाँ र रोमाञ्चक आकर्षणहरु थप गरेको हो । फन पार्कले आज पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक आकर्षक र अन्तराष्ट्रियस्तरमा विस्तार गरेको जनाएको छ । फन पार्क सञ्चालक समितिका अध्यक्ष किरणप्रसाद शाखले मंसिर २६ गतेबाट नवीन रुपमा विकसित विस्तारित ह्यापी ल्याण्ड फन पार्कको शुभराम्भ गरेको जानकारी दिनुभयो । आठ वर्ष सञ्चालनको अनुभवलाई आधार बनाएर कोभिड–१९ पछि नयाँ प्रबन्धक समूहको नेतृत्वपछि पार्कमा आधुनिकीकरण, पुनःनिमाण तथा विस्तारको काम तीव्र गतिमा अघि बढाएको अध्यक्ष शाख बताउनुहुन्छ ।…

Read More

झापा, २६ मङ्सिर । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली पार्टीको कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । कांग्रेस झापाको बिहीबारको बैठकले झापाका पाँच वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गरेको हो । सिफारिस गरिएका नाममा रायसुझाव भए जिल्ला कार्य समितिले पुनः पठाउनसक्ने जनाइएको छ । केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टीको विधान बमोजिम क्षेत्रीयस्तरमा बैठक राखी उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरे बमोजिम नाम प्रदेश समितिमा सिफारिस भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । झापा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ रामबहादुर…

Read More

सन्तोष शर्माझापा, २६ मङ्सिर । सडक निर्माण गर्दा नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त पेवर्स नै लगाउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण झापाका साना तथा मझौला उद्योगहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । झापाका अधिकांश स्थानीय तहहरुले सडक निर्माणमा एनएस प्राप्त पेवर्स नै लगाउनुपर्ने व्यवस्था गर्दा झापाका ५० वटा पेवर्स उद्योग विस्थापित हुने अवस्थामा पुगेको इन्टरलक ब्कल व्यवसायी संघ झापाका अध्यक्ष टिकाराम अधिकारीले बताउनुभयो । “झापामा एनएस प्राप्त एउटा मात्र उद्योग छ”, उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशले माग गर्ने बोलपत्रमा एनएस नै हुनुपर्ने उल्लेख हुँदा हामी विस्थापित हुने अवस्थामा पुगेका छौं ।” कोशी प्रदेशमा झापा र उदयपुरमा एक÷एक वटा एनएस प्राप्त उद्योग…

Read More

विराटनगर, २५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियासँगै पार्टीभित्रको विवाद सतहमै पोखिएको छ । आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले नेता सिटौलाका छोरा श्यामलाई जेनजीको प्रतिनिधि भन्दै सिफारिस गरेपछि असन्तुष्ट पक्षले विद्रोहको चेतावनी दिएका छन् । क्षेत्रीय कार्यसमितिले केन्द्रमा सिफारिस गरेका ६ जनाको नाम सार्वजनिक भएसँगै पुराना र त्यागी नेताहरूलाई बैठकस्थलबाटै निकालिएको घटनाले कांग्रेस वृत्त तातेको छ । कांग्रेस झापा–३ ले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ (प्रक्रियागत रूपमा नाम नखुलाइए पनि सूचीमा रहेका) ६ जनाको नाम सिफारिस गरेको छ, जसमा कृष्ण प्रसाद सिटौलाका छोरा श्याम सिटौलाका…

Read More