jhapaonline add

बिर्तामोड, २५ जेठ । झापाको बिर्तामोडमा आगामी जेठ ३० र ३१ गते ‘रोजगार मेला’ हुने भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा उक्त मेला हुन लागेको हो । मेलाको तयारी र प्रभावकारिताका विषयमा जेठ २२ गते नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । छलफल कार्यक्रममा बोल्दै मेलाका सहजकर्ता सेवक बजगाईले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि यो मेला निकै महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो। उहाँका अनुसार मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टलहरू रहनेछन् भने मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नगरपालिकाका अनुसार १८…

Read More

झापा, २५ जेठ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा हटाउने सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको र हाल त्यस्तो कुनै तयारी पनि नरहेको स्पष्ट पार्नुभएको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज हुन लागेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो। यसअघि इन्धनको मूल्यवृद्धिका कारण जनजीवनमा सहजता ल्याउने उद्देश्यले मन्त्रिपरिषद्ले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

Read More

झापा, २५ जेठ । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्राडा सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्र लाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ। प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार पाँच लाख रुपैयाँ राशिको उक्त पुरस्कार शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गर्न लागिएको हो। यस्तै, ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङ र एग्रो मनाङ प्रालि लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार तथा सम्मान आगामी जेठ ३० गते काठमाडौंमा आयोजित समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

Read More

चारपाने, २५ जेठ । नेपाल दशनामी समाज बिर्तामोड नगर कार्य समितिको आयोजनामा भएको तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । झापाको बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा गत जेठ २२ गतेदेखि सञ्चालन भएको उद्घोषण तालिम आइतबार सम्पन्न भएको हो । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । तालिमको सहजीकरण नेपाल दशनामी समाज महिला समिति केन्द्रिय सचिव तथा मेटिभेशनल स्पीकर तारा गिरीले गरेकी थिइन् । दशनामी बन्धुहरुलाई उद्घोषण सम्बन्धी ज्ञान दिने उदेश्यले तालिमको आयोजना गरिएको समाजका नगर अध्यक्ष खड्गराज गिरीले जानकारी दिए…

Read More

झापा, २५ जेठ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी…

Read More

झापा, २४ जेठ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगबाट वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ। सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेपछि सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्द्धन तथा समन्वय डब्ल्युएचओ र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले संयुक्त रूपमा गर्दै आएका छन्। डब्ल्युएचओका अनुसार दूषित…

Read More

झापा, २४ जेठ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२…

Read More

झापा, २४ जेठ । झापा जिल्लाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिकको भित्री पैदल मार्गको छेउमा शनिबार राति १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ। स्थानीयबासीले सर्प देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई प्रहरी चौकी बाहुनडाँगीमा राखेको छ । यस सम्बन्धमा डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको प्रहरीले जनाएको छ । वन कार्यालयको टोली आइतबार बिहान घटनास्थलमा पुगेर अजिङ्गरको उद्धार तथा उपयुक्त प्राकृतिक वासस्थानमा पुनःस्थापनाको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । प्रहरीले वन्यजन्तु देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई…

Read More

झापा, २४ जेठ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने…

Read More

झापा, २२ जेठ । कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया आज झापाको भद्रपुरमा सम्पन्न भएको छ । कानूनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इष्टिच्युट अफ ल विराटनगरको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा ईन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी सक्छ भन्ने प्रस्तुति दिएका थिए । आईटी विज्ञ कोइरालाले एआई परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए । उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए । विज्ञ कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रस्ट पारेका थिए । कोइरालाले…

Read More