
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ कात्तिक । अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् । कतारबाट ल्याएको अवैध सुनसहित अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई, अनिष थापा (यम) रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्री थान–३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद १ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । कतारको उडान मार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई…
झापा, १३ कात्तिक । नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै…
खोटाङ, १३ कात्तिक । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो । सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन् । “ऋणीहरुविरुद्ध हामीले…
झापा, १३ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडौँसम्म लगेर बिक्री गरिएको थियो । संस्थाको कृषि क्षेत्रका प्रमुख…
मोरङ, १३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–८ भलुवाई स्थितमा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को माथिबाट खस्दा मोरङको बेलबारी नगरपालिका–१० की २८ वर्षीया सुनिता राजवंशीले घाइते भएकी थिइन् । माटोको ढिस्कोले पुरेको अवस्थामा देख्नासाथ उनीसँगै माटो खोज्न गएकी गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । सुनितालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याउना साथ डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, १३ कात्तिक । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने…
झापा, १३ कात्तिक । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताए । उनले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया…
झापा, १३ कात्तिक । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् । साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी…
झापा, १३ कात्तिक । डाँका मुद्दामा फरार झापा दमकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–८ का २८ वर्षीय मोहन साह रहेका छन् । उनलाई झापा जिल्ला अदालतले असोज २४ गते डाँका गरेको मुद्दामा ६ महिना कैद, २० हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो । फरार साहलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यन्वयनका टोली र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरी आइतबार फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार साहलाई कैद भुक्तानका लागि झापा…
झापा, १३ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्त अधिकार सदुपयोग गरेर मुख्यमन्त्री बनेको बताउनुभएको छ । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो । “कांग्रेस सांसदहरुले प्रतिपक्षी भएर बस्नुपर्ने अवस्था आएपछि संविधानको सदुयोग गरेर मुख्यमन्त्री बनेको हुँ”, उहाँले भन्नुभयो, “संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न म आग्रह गर्छु ।” मुख्यमन्त्री कार्कीले प्रदेशबासीको अधिकतम हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाइने बताउनुभयो । कार्यक्रममा कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक…