
झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को गौरादह नगर कमिटी गठन भएको छ ।
गौरादह नगरपालिका वडा नं ८ मा आज भएको कार्यक्रममा सरला पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत गठन भएको हो ।

सुलोचना राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा जिल्ला अध्यक्ष तारा श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेश सदस्य दुर्गा चम्लागाईं (श्रीकान्त), माओवादी केन्द्र गौरादहका अध्यक्ष गणेश राजबंशी, गौरादह इन्चार्ज लेखत खड्का, सह इन्चार्ज विशाल ढकाल, चुडा भुजेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्र गौरादहका सचिव श्याम ढकालले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


