
झापा, १० कात्तिक । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु २,००० ले घटेर रु २,३९,९०० कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ३५ ले घटेर रु २,९८० पुगेको छ। आइतबार सुनको मूल्य रु २,४१,९०० र चाँदीको मूल्य रु ३,०१५ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको कारोबार प्रतिऔंस ४,०७५ अमेरिकी डलर हाराहारीमा भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments Box



