झापा, १९ कात्तिक । एलभिडी झापा महिला गोल्डकपको तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब, काठमाडौंले झापा एफसीलाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा संकटाले सुरुदेखि नै आक्रमक प्रदर्शन गर्यो।
सेनु परियार, समिक्षा मगर, छिरिङ वांग्देन, पूर्णिमा राई र अरुणा स्याङतेनले गोल गर्दै संकटाको जित सुनिश्चित गरे। पूर्णिमा राई प्लेयर अफ द म्याच घोषित भइन्।

फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

