
भद्रपुर, १ फागुन । प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
झापाको मेची रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई १–० गोलअन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो । उपाधिसँगै गण्डकीले रु २० हजारसहित ट्रफी तथा मेडल पायो । उपविजेता आर्मीले रु १५ हजार पुरस्कार प्राप्त ग¥यो ।
प्रदेश नं १ लाई सडन डेथमा ७–६ गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश तेस्रो भयो । सुदूरपश्चिमले रु पाँच हजार पुरस्कार पायो । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शङ्कर थापाले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी गण्डकीका श्रवण कुमार, उत्कृष्ट गोलकर्ता आर्मीका राम साह, उत्कृष्ट गोलकिपर आर्मीका पुरन एल र उदयीमान खेलाडी प्रदेश नं १ का अनिष मगर घोषित भए । नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार उनीहरुलाई रु पाँच हजार र ट्रफीसहित पुरस्कृत गरिएको थियो ।
राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा नेपाल हक्की सङ्घको आयोजनामा हक्की प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ प्रदेश र नेपाल आर्मीको सहभागितामा रहेको थियो ।
–––
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

