
अहिले फुटबलको चर्चा मौलाएको मौसम छ र जुनसुकै प्रसंगको उठान फुटबल खेलबाटै प्रारम्भ गर्नु आसान्दर्भिक नठहर्ला । अतः सानो हुँदा रबरको गोली खेलेको रमाइला समझनाहरुलाई अहिलेको नेपाली राजनीति–जगतका चलखेलहरुले झलझली लहर्याएर आँखा अघिल्तिर ल्याउने गर्छन् । आफै नियम बनाउने, त्यो नियमको अभ्यास आफूहरुलाई अप्ठ्यारो लाग्यो भने आँशिकरुपमा वा सम्पूर्ण बद्लेर अकोर् नियम बनाउने, खेलाडी बदलिनासाथ खेलका नियमहरु अदल–बदल भइरहने, खेल सम्वन्धी परम्परागत किंवा स्थापित सिद्धान्त जेसुकै भए पनि आभ्यासिक सिद्धान्तलाई आफ्नो अनुकूल तुल्याएर अभ्यासमा ल्याउने इत्यादि प्रजातन्त्रोत्तर नेपाली राजनीतिले अख्तियार गनेर् गरे जस्तै हुन्थे त्यसबेला हाम्रो फुटबल खेल खेल्ने तरिकाहरु ।

त्यसबेला वल्लो–पल्लो–माथिल्लो, खोलापारि र खोलावारि गाउँ–गाउँका बीच हुन्थ्यो हाम्रो फुटबल खेलको प्रतिस्पर्धा । खेल मैदान हुन्थ्यो धान खेतको खले गरो, जो अरुभन्दा लम्बा–चौडा हुन्छ । त्यहाँ भेला हुने दुई प्रतिस्पर्धी गाउँका हामी कहिले–कहीँ छत्तीस–चालीस जना पुग्थ्यौं र आधा–आधा बाँडिएर दुईतर्फ हुन्थ्यौं । छत्तीस भए अठार–अठार जनाको र चालीस भए बीस–बीस जनाको टीम बन्थ्यो । बिजोडी भयो भने एकजना दुब्लो–निधोर् वा सानो चाहिँलाई ‘रिजर्भ खेलाडी’ भनेर अलग गरिन्थ्यो । रेफ्री हुँदैनथ्यो, रेफ्रीको काम खेलाडी आफैं गथ्र्याैं–अर्थात् टीमको हैकमी भाले केटाको निर्णय अन्तिम मानिन्थ्यो । लाइन र अन्य फल्ट हेनेर् गरिदैनथ्यो–लाइन भनेको खेतको माथिल्लो डिल र तल्लो आली हुन्थ्यो । फल्टमा पनि कचेडै मात्र हुन्थ्यो, फल्ट अकसर हिनामिना नै हुन्थ्यो । आफ्ना–आफ्ना मफलर, टोपी, जुत्ता–चप्पल, स्वीटरको एउटा पोको खेल मैदानको चौडाइतिर पूर्व–पश्चिम वा उत्तर–दक्षिणको बीचमा पनेर् गरी राखेर त्यसबाट पाइतालाको नापले चौध वा सोह« पाइताला पर्तिर अकोर् त्यस्तै पोको राखी गोलपोष्ट कायम गरिन्थ्यो । टीम–टीमका अग्ला–अग्लालाई ‘किपर’ राखिन्थ्यो भने बलियालाई ‘ब्याक’ बनाइन्थ्यो । यो मिलाउने काममा कचेडा–कचिड्गल हुन्थ्यो, त्यसमा अनावश्यक निकै समय खर्चिइन्थ्यो । हाम्रो खेलमा ‘आउट’ भनेको किपर उफ्रिँदा पनि भेट्न नसकेको मात्रै हुन्थ्यो, भित्तामा वा आलीमा ठोक्किएर फकेर्को गोलीलाई त्यत्तिकै चलाइन्थ्यो, ‘आउट’ मानिदैनथ्यो ।
हरेक खेलमा बद्लिइरहने नियम हुन्थ्यो–जसले जसलाई लगाए पनि यति गोलमा ‘हाफ टाइम’ र यति गोलको ‘जीत’ भन्ने । अर्थात, छ गोलमा हाफ–टायम र बाह« गोलको जीत भई खेल सकिने भन्ने । यो नियम कायम भई खेल शुरु भएको आठ÷दश मिनटमै कुनै टीमले अर्कातिर छ गोल छिरायो भने हाफ टाइम भइहाल्थ्यो । हाम्रा खेलमा ‘हाफ–टाइम’ भनेको टिम–टिमको ‘साइड चेन्ज’ मात्र मानिन्थ्यो । तर, जित अथवा खेल अन्त्य गर्न तोकिएको गोल पूरा भएन भने खेल चार÷पाँच घण्टासम्म खेलिन्थ्यो । अर्थात्, छ गोलको हाप–टाइम बाह« गोलको जीत अथवा आँठ गोलको हाफ–टाइम सोह« गोलको जित भन्ने नियम त्यस खेलका लागि निर्धारित भए बाह« वा सोह« गोल कसैले कसैलाई नलगाएसम्म त्यो खेल ‘ओभर’ हुँदैन्थ्यो । कथम्कदाचित हावा–पानी आयो वा रात झमक्क परेर गोली देखिन छाड्यो भने खेल्न छोडिन्थ्यो र भोलिपल्टै आजका गोल समेत जोडेर खेलिन्थ्यो । हाम्रो त्यस्तो फुटबल खेलका हरेक पाँच–दश मिनटमा कचिङ्गल, गुल्चे, गेजु आदि भई नै रहन्थ्यो र अधिकांश समय खेर जान्थ्यो ठीक त्यसरी नै जसरी प्रजानन्त्रोत्तर नेपाली राजनीति र सरकारहरुले समय बेकाममा खेर फाल्दै आएका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा संघीय गणतन्त्रका सबै अभ्यास म समेत हामीले भुरावस्थामा हुँदा (वि.स. २००८÷०१० सालतिर) खेल्ने गरेको फुटबल खेल जस्तै चल्दै आएको छ नै । उपर्युक्त सबै ‘तन्त्र’–का अवधि वा कालखण्डमा ती ‘तन्त्र’–का सारभूत सिद्धान्त र त्यसको आदर्श, राज्यव्यवस्था प्रणालीका मूल्य–मान्यता र स्थापित परम्पराहरुका ठाउँमा ‘स्वविवेक’–ले आपूm अनुकूल नीति निर्माण गरी थिचोमिचो गनेर् चलन चल्दै आएको छ ।

अतः पछि हामी जान्ने–बुझ्ने हुँदै गएपछि फुटबल खेलका स्थापित नियमहरु थाहा हुँदै गयो । यसका निदेर्शक नियमहरु प्रशस्त हुँदा रहेछन् । ती नियमहरुको अभ्यास साना हुँदा हामी गदैर्नथ्यौं तर जानी–जानी होइन, जसरी आजका नेपाली राजनीतिक खेलाडीहरु आपूmले अंगीकार गरिराखेका राजनीतिक सिद्धान्तका फलाको लामा–लामा फलाक्छन् । यसको अर्थ हो उनीहरु सिद्धान्तका जानकार छन्, अनभिज्ञ छैनन् । तर, त्यसको प्रयोगविधि आफ्नो सजिलो वा आफ्ना अनुकूल अख्तियार गर्छन् । हामीले भुरावस्थामा फुटबल खेलको नियम थाहा नभएर आपूmलाई सुझे झैं बनाए जस्तै । हामी नजानेर त्यसो गथ्यौर्ं, उनीहरु जानी–जानी गदैर्छन् । यसलाई यसरी नै बुझ्निु पर्दछ ।
जान्ने–बुझ्ने भएपछि थाहा भयो–फुटबल खेलमा त्यसको नियम–विधिमा निश्चित संख्याका खेलाडी हुने, खेलाडीका ठाउँ ९उयकष्तष्यल० हुने, रेफ्रीको निर्णय उल्लंघन गर्न नपाइने, अनुशासित हुनपनेर् इत्यादि–इत्यादि । आजको व्याक अकोर् खेलमा किपर वा सेन्टर फरवर्ड पनि हुन पाउँदो रहेछ । राइट फरवर्डले लेफ्ट फरवर्ड पनि हुन पाउँछ । राजनीतिमा पनि नीति ९उयष्अिथ वा उचष्लअष्उभि० नै पनि परिर्वतन हुनुलाई स्वाभाविक नै मानिन्छ । र, नेपाल जस्तो दुई ठुला राष्ट्रका भूगोलले चेपेको सानो देशका विशेषतः सत्तारुढ नेताहरु राजनीतिक राइट फरवर्ड (दाहिने अग्रगमन) र लेफ्ट फरवर्ड (देव्रे अग्रगमन)–का माध्यमबाट आपूmलाई सन्तुलित राख्ने गर्छन् क्यार । फुटबल खेलमा सबै पोजिशनका खेल खेल्न प्रवीण भएकाहरु उत्तम खेलाडी ९दभकत उबिथभच० मानिए जस्तै राजनीतिक खेलका सबै पक्ष ९धष्लनक०–मा खेल्न प्रवीण व्यक्तिलाई उत्तम राजनीतिज्ञ ९भहअभििभलत उयष्तिष्अष्बल०–मा मान्न मिल्छ भने वर्तमान प्रधानमंत्री खड्ग प्रसाद शर्मा ओलीभन्दा अकोर् ‘क’ श्रेणीको नेता महोदयलाई त्यो श्रेय दिएर प्रतिष्ठपित गर्नु न्याय हुँदैन मात्र होइन, ओलीका प्रति घनघोर अन्याय नै हुन्छ । राइट फरवर्ड राजनीतिक खेलमा कीर्तिमान कायम गरिसकेका ओली त्यसअघि (अर्थात् नाकाबन्दीताका) लेफ्ट फरवर्डमा पनि खेलेकै खेलाडी हुन् । तर, ‘भारतविरोधी राष्ट्रवाद’–को सोपानबाट सत्तारोहण भएपछि, लगभग लगत्तेदेखि, राइट फरवर्ड (दायाँ अग्रगमन) राजनीतिक खेलमा फकेर्का उनी अहिले ११९ जना खेलाडी टिम लिएर लेफ्ट फरवर्ड (बाँया अग्रगमन) खेलका लागि विदेशमा पुगेका छन् । यस्ता सिपालु लचकदारी ९भहउभचत ाभिहष्दष्ष्तिथ० भएका राजनीतिक राष्ट्रवादी अकोर् को हुन सक्तछ ? तपार्इं नै भन्नोस् त । भन्ने कुनै ठाउँ छ त ?
यसै सेरोफेरोमा उभिएर एक राष्ट्रियस्तरका विश्लेषक भन्छन्–“……अवसरवादी राष्ट्रवाद चाहे गाढा होस्, चाहे फिका, यसले शासकको शक्तिमा उक्लने र टिक्ने अभिलाषालाई मात्र फाइदा पुर्याउँछ । विदेशी सहायताको परियोजनाले सदैव कुलीन शासक वर्गलाई मात्र फाइदा पुर्याएको छ र उनैको शासन टिकाएको छ । त्यसैले फाइदा आफ्नो पोल्टोमा परे विदेशी शक्तिको अभिनन्दन र नपरे ओठे विरोधको पासा फ्याँकेर शासकहरु अवसरवादी राष्ट्रवादको उपयोग गर्छन् । जनताको सीप, ज्ञान र श्रममा भरपनेर् र आफ्नै धरातलमा टिक्ने अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । उडन्ते विकासको रेल–सपनाबाट व्यूँझेर माटोमा उमानेर् समृद्धिको लिकमा नउत्रुन्जेल राष्ट्रवादको नक्कली फसल काट्ने शासकको कमी हुने छैन ।”…..यस भनाइलाई राम्ररी बुझ्न ‘कम्यूनिष्ट’–को कखरा बुझेपछि वर्तमान कम्यूनिष्ट सरकारको ढरर्ातिर हेर्नुपर्छ, स्पष्ट हुन्छ ।…………..ल त आजलाई यति नै । शेष फेरि
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
