
काठमाडौं, ७ साउन । बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाए ।
उनले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो रहने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने रहेको बताए ।
उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिब्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा मागे ।
चिकित्सा बिधेकका बारे उनले संबिधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले आफुले यो बिषयमा बोल्न उपयुक्त नहुने बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

