
तित्रा
यो पुस महिना उज्यालो भनेको जम्ममा सात–आठ घण्टा, केही वर्ष अघिको बिजुलीको सोर–अठार घण्टे लोडसेडिङ जस्तो अँध्यारै–अँध्यारो । पुस रुखो, सुखो, चिसो महिना, मन बहलाउने कतै केही नभएको । न कतैबाट बिहेको निम्तो आउँछ न व्रतबन्ध । न कसैले सुनमालामा बोलाउँछ न गुन्युचोली । यस महिना न कुनै चाडपर्व उत्सव महोत्सव होस् ! यस्तो बिरसिलो महिना निराशा भएर मान्छे नबिग्रिउन् भनेरै होला पिकनिकका लगन मूहुर्तचाहिँ दिनैपिच्छे जुरैका ।
ल सुन्नुहोस् त पिकनिकको लगन सुरु भइसके छ । बोर्डिङे साना नानी, अलिक ठूला ठेट्ना, चकचके उपद्रे ठेट्ना, प्लसटु तिर पढ्ने जुँगा भुतला पलाइसकेका किशोरी किशोरी, कलेज तिरका दाह्रीवाला केटा, साडीवला केटी, नयाँमै काटेका फाटेका लुगा लगाउने, रङ्गीचङ्गी कपाmल भएका, खप्परमा चस्मा ढलकाउने, आइफोन माइफोनदेखि लिए ठूलै ट्याप्रोसम्म बोकेका जमात तयार ? तयार !
बोर्डिङका टाइलाउने सर, विद्यालयका हाइकाड्ने सर, प्लसटु र कलेजका हेलमेट सर, बोर्डिङमा लगानी गनेर् नर्सुद्दिन जस्ता साहु, सेठ, कर्मचारी त के भन्नु साहुका ढोके पाले चकार हेरालु आशे गाँसे सबै तयार ? तयार । महिला टोली, र्कीतन टोली, सहकारी व्यापारी, सेवाभन्दा मेवा झार्न खप्पिस कार्यालय तिरका कर्मचारी, साहित्यकार, कलाकार पत्रकार, अलपत्रकार, वन समिति, पानी समिति, कुलो पैनी समिति, उपभोक्ता समिति, लाइन मिलाउने, भत्ता खाने जनप्रतिनिधि, हाकिम, वकिल, डाक्टर, प्रहरी सबै तयार ? तयार ।
सरकारी गाडी, संघ–संस्था गाडी, स्कूल कलेजका गाडी, निजी गाडी, भाडावाला गाडी, साना गाडी, ठूला गाडी, ट्रयाक्टर गाडी, भ्यान, ठेला गाडी, ट्याम्पो, सफारी, रिक्सा गाडी, भटभटे, साइकल गाडी साथै यिनलाई हाक्ने सिपालु ड्राइभर, खलाँसी ड्राइभर सबै तयार ? तयार ।
पाँच सय, एक हजार, पन्ध्र्र सय, दुई हजारदेखि लिएर पाँच हजार, दश हजारसम्म रङ्गरौषका निम्ति सजिलै सुम्पन्न सक्ने, गोजीका ताता पैसा निकाल्ने आँट भएका ‘मरिजाने चोला उडिजाने खरानी’ सिद्घान्तका पक्षधर, दुईदिनको जीन्दगीमा मुठी फुकाएर रमाइलो गर्न चाहने सुकिला मुकिला, हौसिँला, रौसिँला, रसिला, टेसिला जमात तयार ? तयार ।
चिउरा, भुजिया, मुरही, दालमोठ, बिस्कुट, पाउरोटी, जाम, चाउचाउ आदि जस्ता पक्का खाना, कच्चा खाना, खल्लो चिया, गुलियो चिया, सेतो चिया, कालो चिया, कफी, कोकाकोल, फ्रुटी, रेडबुल, जुस, कुल्फी आदि तयार ? तयार ।
हाटबजारका मुला, गाँजर, धनियना, टमाटर, चुकन्दर, अदुवा, ओर्सानी, लसुन, प्याज, काँक्रो, कागती, फलफुलमा केरा, स्याउ, सुन्तोल, खनार, मेवा, काजु, किसमिस, ओखर, छोकडा इत्यादि सबै तयार ? तयार । नून, भुटुन, जिरा, धनिया, मरिच, मरमसला, अचार–विचार, अमिलो, पिरो, गुलियो, टरर्ाे, ठरोर्, खल्लो सम्पूर्ण स्वादहरु तयार ? तायार ।
गोस खनातिर खसी, रागाँ, सुँगुर, बंगुर, बोइलर, लोकु, नालिका माछा, पोखरीका माछा, नदीयारी माछा, घुँगी, भारतीय आइसवाला बेडेबडे ठूला माछा, जंगली बँदेल, हरिण, जरायो, खरायो, कछुवा, मयुर, ढुकुर, ल्हाचे इत्यादि मासुजन्य पदार्थ सबै तयार ? तयार ।
सुनमाई, शान्तिनगर, टिमाई, जामुनखाडी, सहिदपार्क सालबाडी, किच्चकबध, कमलधाप, कलवलगुढी, चन्द्रगढ, पाँच पोखरी, सुरुङ्गा, फिक्कल, पशुपतिनगर, कन्याम, भेडेटारसम्मका पिकनिक स्थलहरु तयार ? तयार ।
खोयाबिकेर्, टिनबिकेर्, जर्किनका प्लाब्टिकबिकेर्, राता रंगका, हरिया रंगका, काला रंगका, दुधिमा रंगका, सङ्ला मैला, धुमैला ठरोर्, स्कच, खड्डु पानी, ऐठनपानी, मोही जस्ता गुलिया, अमिला जाँड पानी, निगार पानी, तोङ्वा पानी, तीतो टरोर् बियर पानी, कक्टेल, पानी औताउने, मताउने, सुताउने, हँसाउने, सताउने सबै किसिमका पानी तयार ? तयार । रमाइलो गनेर्, भुडी भनेर्, घरमा भन्दा बाहिरै चनेर्, पैसा छनेर्, तलबबाहेक अतिरिक्त झानेर्, एैठन पानीको बैतर्णी सजिलै तनेर् जमात तयार ? तयार ।
रुस्लान, एटएटफोरएट, ओल्डदरबार, ब्ल्याक चिम्नी, खुकुरी, सिग्नेचर, बल्याक लेभल, डबलब्ल्याक, रेड लेवल, वाइन, गिलमेरी, सिक्किमे, भ्याट ६९, गोर्खा… आदि–इत्यादि ज्ञात–अज्ञात सबै कक्टेल पानी तयार ? तगार । पान, सुपारी, गुड्खा, खैनी, चुरोट, तुलसी, जर्दा, सुकमेल, दालचिनी इत्यादि मुखविलास, माउथ प्रेmस सबै तयार ? तयार ।
रसदाना, लड्डु, पेडा, बुनिया, जुलपी, चटपटे, पास्ता, पकैडा, आलु चिप्स, पानीपुरि आदि निरामिस जातका सामग्री तयार ? तयार । प्लाष्टिकका टपरा, प्लेट, थाल, बटुका, गिलास, बाल्टिन, चम्चा, भाडाकुँडा, ग्यास टङ्याकी, भट्टे चुलोसहित ड्रेस लगाएका क्याट्रिङ्गवाला तयार ? तयार । पोजपोजको फोटो खिच्ने, सेल्फी हान्ने क्यामेरावाला, मोबाइल वा ट्याप्रोवाला जनशक्ति र फोटो खिचाउने, मुख तीखानेर्, आँखा झिम्काउने, दाँत देखाउने, सिंगल खिच्ने, जोडी खिच्ने, संयुक्त खिच्ने, सुतेर, लडेर, बसेर, टाँसिएर, काखमा पसारिएर खिच्ने÷खिचाउने सबै तयार ? तयार ।
दिनभरि रमाइलो गरे पनि बेलुका त घरै फर्किनै पर्यो । कक्टेल पानी जुधेझंै गाडी नजुधलान् भन्न सकिन्न । बिहानको ओरालो, भिरालो, खाल्डो, डाँडो, होचो, अग्लो, खोला, पहिरो बेलुका फर्किंदा देखिने कुरै भएन । बिहान जाँदा गने भँडारी भए पनि बेलुका जंगबहादुर भएरै फर्किने हो । के होला, कसो होला त्यसैले डाक्टर नबसे पनि सरकारी अस्पताल तयार ? तयार ।
बल्छी थापेर बसेका, एम्बुस थापेर बसेका प्राइभेट अस्पताल, नर्सिङहोम तयार ? तयार । आयुवेर्दिक अस्पताल, स्वास्थ्य चौकी, होमियो क्लिनिक, भारतबाट झोला बोकेर छिरेका डाक्टर भनिने औषधि बेच्ने व्यापारी तयार ? तयार । मेडिकल लाइनका डाक्टर, नर्स, ल्याबवाला, एक्स–रेवाला, भँुडीभित्रको फोटो खिच्ने भिडियोवाला सबै तयार ? तयार । खासगरी मुटुका डाक्टर, ग्याष्टिकका डाक्टर, भाँचिएको हड्डी जोड्नेवाला डाक्टर, चुँडिएको नशो गाँठो पारेर जोड्ने नशे डाक्टर आदी सबै तयार ? तयार । अस्पतालका झुलुंगे खाट, चियर, स्टेचर, स्वयम्सेवक दल, अस्पतालहरुका गेट, इमजेर्न्सी, आइसीयू, भीड नियन्त्रक प्रहरी, रगत बाँड्ने रेडक्रस, ब्लड ग्रुप चिन्ने प्राविधिक आदि सबै तयार ? तयार ।
अंगाल–अंगाल स्लाइनका बोतल ओसानेर्, दौडेर रगतका पोका ल्याइदिने सहयोगी, गिलो जाउनो, रातो चिया, बिस्कुट, दालको झोल, जुस, झुल, कम्बल, सिरानी, तन्ना, थर्मस, गिलास, चम्चा, हर्लिक्स, टिफिन क्यारी, तातोपानी इत्यादि सामग्री र पालो गरी–गरी बस्ने कुरुवाहरु तयार ? तयार ।
धरानका डाक्टर, विराटनगर नोबल डाक्टर, सिलिगुढीका टाउको फोनेर् नशा हड्डी जोड्ने डाक्टर, भारु पैसा, त्यहाँसम्म पुर्याउने कमिसनवला सजिला गाडी, पर्मिसन दिने भन्सारका कर्मचारी, बोडरमा तैनाथ प्रहरी सबै तयार ? तयार । उपचार गर्न ऋण दिने साहु, घरबारी किन्न सक्ने महाजन, धितो राखेर ब्याजमा पैसा लाउने सेठहरु, ऋणको ब्याज, ब्याजको स्याज, स्याजको प्याज, असुल गनेर् बैंकंहरु पनि तयार ? तयार ।
एउटा बस पल्टियो भने घरको तला थप्ने औषधि पसलेहरु, म्याद सकिएको औषधि बेच्नहरु, औषधिको मूल्यमा तेब्र्याएर बेच्नेहरु, कोही बिरामी भएनन् भने आफैँ बिरामी पनेर् पसलेहरु तयार ? तयार ।
सरकारी अस्पताल भित्रका घाइते, रोगी, बिरामीहरुलाई यहाँ जति हुँदैन, फलानो नर्सिङहोम, फलानो प्राइभेट अस्पतालमा लैजानु पर्छ भनेर त्यहाँबाट कमिसन हुसुनेर् धुर्त, छुद्र कमिसनखोर, फलानो प्राइभेट अस्पताल सबेैभन्दा राम्रो भन्दौ बढी ल्याब परीक्षण गराएर आफ्नो मालिकको प्यारो हुँदै जागीर पक्को गर्न लागेका निजी प्राइभेट अस्पतालका डाक्टरहरु सबै तयार ? तयार । लौ त्यसो भए अब पिकनिकको शुभलगन भो ! शुभलगन भो !! शुभलगन भो !!! मेची खबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

