
राजबाबु शंकर
यतिबेला मुलुक भ्रमणमय भएको छ । सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरिएको सरकारी उद्घोष २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने रौनकले आप्लावित छ । आवश्यक पूर्वाधारको समस्याका बाबजुद सरकार पर्यटन क्षेत्रमा गुणात्मक फड्को मानेर् अभियानमा जुटेको पाइन्छ । देशले कृषि, जलस्रोत, पर्यटन र विप्रेषणलाई समृद्धिको आधार मानेको परिप्रेक्ष्यमा समृद्धिको सपनालाई पर्यटनबाट पनि विपनामा परिणत गर्न सक्ने मनोविज्ञानबाट यतिबेला सरकार विदेशी पाहुनाहरूको स्वागत गर्न आतुर छ । ताल, पहाड, खोला, झरना, वन्यजन्तु, चराचुरुङ्गी, विविधतायुक्त जातिका रहनसहन र संस्कृतिका साथै एउटै सानो देशमा हिमाल, पहाड र तराईको भौगोलिक विशिष्टता आदि तन्तुका माध्यमबाट खासगरी विदेशी पाहुनालाई स्मरणीय आतिथ्य दिने सरकारी योजनाका रूपमा यो भ्रमण–वर्षलाई बुझ्नुपनेर् हुन्छ ।
पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीभित्र पनेर् गर्दछ । अमेरिकाको प्रसिद्ध पत्रिका ‘फोब्र्स’ले हालै जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेबाट त्यसको पुष्टि पनि हुन्छ । त्यसले धेरै खर्च गनेर् बिलासी पर्यटक माझ नेपाललाई वैकल्पिक गन्तव्यका रूपमा सूचीकृत गरेको छ । तर, नेपालले सडक, विमानस्थल, स्वास्थ्य जोखिम र सेवाप्रवाहमा असमान मूल्यसूचीका कारण पर्यटकहरूको विश्वास जित्न नसकेकोमा आलोचना भने भइरहने गरेकै छ ।
सन् २०१५ यता नेपालमा विदेशी पर्यटकहरू वार्षिक २० प्रतिशतभन्दा बढी दरले बढेको पर्यटन बोर्डको तथ्यांकको आधारमा नेपालका आकर्षक पर्यटकीय गन्तव्यहरू ः विश्वको सवोर्च्च शिखर सगरमाथा, सगरमाथा आँखैसोझी देखिने ठाउँ– कालापत्थर, रारा ताल, खप्तड, अन्नपूर्ण पदमार्ग, लाङटाङ, जोमसोम–मुक्तिनाथ, घान्द्रुक–घोरेपानी–पुनहिल, कन्याम इलाम, बर्दिया राष्ट्रिय निकुञ्ज, ४८९ प्रजातिका चराका साथै दुर्लभ अर्ना र डल्फिन समेत पाइने कोशी टप्पु वन्यजन्तु आरक्ष तथा ऐतिहासिक महत्वका दरबार, गढी आदि हुन् ।
यसै पनि नेपालको पर्यटन अन्य मुलुकहरूमा जस्तो पूर्वाधारकेन्द्रित छैन । नेपालको पर्यटनको आधार मूलतः प्राकृतिक एवम् सांस्कृतिक आकर्षण नै रहँदै आएको छ । यतिञ्जेल त नेपालको पर्यटन विकासलाई हेनेर् हो भने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशिष्ट पर्यटकीय हबका रूपमा ‘काठमाडौं उपत्यका–पोखरा–चितवन र लुम्बिनी’ को चौकोण नै परिचित छन् । जसको विकासमा सरकारसँगै निजी क्षेत्रले पनि उल्लेख्य भूमिका खेलेका छन् । तर पूर्वका पाथीभरा, श्रीअन्तु, सन्दकपुर, कन्याम, हिले, बसन्तपुर, हलेसी आदि र पश्चिमका खप्तड, रारा, फोक्सुण्डो आदिको प्रचुर पर्यटकीय सम्भाव्यता रहे पनि उद्यमीहरू भविष्यमुखी लगानीतर्फ अग्रसर नहुनुको कारण अझै खोजिएको पाइन्न ।
विद्यमान पर्यटकीय आकर्षणका क्षेत्रको पहिचान र तिनको प्रवद्र्धन सकारात्मक पक्ष भए पनि पर्यटकीय क्षेत्रको व्यवसायीकरणका निम्ति स्थानीय निकायबाट अपनत्व नलिंदासम्म र निजी क्षेत्रबाट पहल नहुञ्जेल अपुरो हुन जान्छ । किनभने सरकारको पहल भनेको केवल नीतिगत सुधार हो । त्यसो त पर्यटकीय आकर्षणका गन्तव्यहरूमा पूर्वाधार विस्तारको प्राथमिक जिम्मेवारी सरकारकै हो । तर, लगानी भने आजसम्म समुदाय अर्थात निजी क्षेत्रबाटै भइआएको पाइन्छ र अब पनि त्यसै हुँदा मात्रै पर्यटकमैत्री पूर्वाधार तयार हुने गुञ्जायस रहन्छ ।
र्यटनको विकास भनेको केवल पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुनु होइन । पर्यटकहरूको आउजाउले सम्बन्धित क्षेत्रमा सेवा वा उद्यमको पनि सँगसँगै विकास हुने हुन्छ । जस्तो कि, पर्यटकसँगै मुलुकबाट हस्तकला वा कृषिजन्य वस्तुहरूको पनि निर्यात हुने गर्दछ; जसले पर्यटकलक्षित समुदायलाई व्यवसायीकरण तर्फ उन्मुख गराउँछ । यस मानेमा पनि पर्यटन प्रवद्र्धनको दायित्व सबै क्षेत्रबाट लिइनु जरुरी छ । आगामी सन् २०३० सम्ममा १ करोड विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत लिएको सरकारको ‘नेपाल भ्रमण २०२०’ त प्रारम्भिक पाइला मात्रै हो । भन्छन् नि– दिनको संकेत बिहानीले गर्छ, त्यो पनि यसै वर्ष तय होला ।
अपेक्षाकृत पर्यटकीय आकर्षणका निम्ति सहज पहुँच, खाना र आवासको किफायती तर सुविधाजनक व्यवस्था अनिवार्य हुन्छ । पर्यटकहरूका लागि अन्य विभिन्न सुविधाको बन्दोबस्त पनि उत्तिकै जरुरी हुन्छ । जातीय वा सांस्कृतिक सांगीतिक प्रस्तुति, स्थानीय चिजबिजको बिक्री केन्द्र, रात्रिकालीन बजार, हेल्थ क्लब, क्यासिनो लगायतका सहायक सुविधाको प्रबन्धले पर्यटकको नेपाल बसाइ लम्बाएर सम्बन्धित गन्तव्यलाई उचित प्रतिफल हासिल हुन सक्छ । अर्थात, सेवा र सुविधाको गुणस्तरीयता तर्फ गम्भीर ध्यान किन दिनैपर्छ भने राष्ट्रिय गौरवको अभियान नेपाल भ्रमण वर्षलाई सबै नेपालीले साथ नदिएसम्म सफल हुन किमार्थ सक्दैन । यसका निम्ति लगभग १ सय ६० मुलुकसँग कूटनीतिक सम्बन्ध रहेको हाम्रो मुलुकका कुटनयिकहरूले समेत भ्रमण वर्ष प्रवद्र्धनार्थ तत् मुलुकमा प्रचारात्मक अभियान गर्न अपरिहार्य हुन्छ ।
हाम्रो मुलुकमा पर्यटनको अकोर् सर्वथा भिन्न आकर्षण क्रान्तिकारी परिवर्तनलक्षित युद्ध पनि रहेको छ । पूर्वमा ’२८ सालमा तत्कालीन कम्युनिष्टहरूले कथित सामन्तीहरू विरुद्ध थालेको वर्गीय शत्रु सफाया अभियानको थलो झापा जिल्ला र ’५२ सालको फागुनमा गणतन्त्रको जेहाद छेड्ने माओवादीको उद्गम एवम् आधार क्षेत्र – रोल्पा जिल्ला । खाम भाषी मगर जातिको बाहुल्य रहेको रोल्पाको थवाङ गाउँ आफैंमा मगरेली मौलिक संस्कार, संस्कृति र परम्पराको धनी हो; जहाँ दलितको जनसंख्या दोस्रो छ । विगत २०१२ सालमै कम्युनिष्टको बीउ बनेको किसान संगठन नै कालान्तरमा गएर जनमोर्चामा परिणत भएर पछि तत्कालीन माओवादीको ‘पर्याय’ झैं बन्न पुगेको रोल्पा थबाङका ३३ जना शहीद भएका थिए भने झापामा पनि तत्कालीन राज्यसत्ता विरुद्धको प्रतीकस्थलका रूपमा सुखानी शहीद पार्क रहेको छ । जुुन युद्धस्मृतिको मिथकीयस्थलका रूपमा, सशस्त्र युद्धकालीन अनुसन्धानका लागि समेत, पर्यटकीय गन्तव्य बन्न नसक्ने कारण छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

