
चूडामणि वशिष्ठ
ठूल्ठूला पदहरूमा नियुक्तिका समयमा जहिल्यै किन बढी राजनैतिक चाकाचुली मच्चिने गर्छ ? प्रधान न्यायाधीशको नियुक्ति होस् वा आईजीपीको, अख्तियार प्रमुखको होस् वा विश्वविद्यालयहरूका उपकुलपतिको, मुख्य सचिव वा सभामुखको… यस्तै–यस्तै अरु अरुको पनि ! सधैंको राजनैतिक रडाको ! तेरो पार्टीको र मेरो पार्टीको मान्छे मात्र होइन, व्यक्तिगत रूपमै तेरो र मेरो मान्छे ! फलाना उम्मेदवार फलानो नेताको, फलानो–फलानो नेताको ! यस्ता कुरा जनताको तहमा पुग्दा कस्तो सन्देश जाँदो हो ? के यस्ता कुरामा निश्चित थिति बसाल्न सकिंदैन र ? नयाँ मन्त्रीमण्डल बन्ने बेला भयो कि फेरि कुरो उही हो – गृह, अर्थ, परराष्ट्र, भौतिक योजना आदि मलिला मन्त्रालयहरूमा चलिहाल्छ छिनाझम्टी । सधैं–सधैंको नाङ्गो चर्तिकला, उदाङ्गो तमाशा !
पद प्राप्रत गनेर् समयमा योग्यताभन्दा साइनो सम्बन्ध बलियो हुने, दूरदेशमा रहेकाहरूले भन्दा पार्टी दरबारमा गणेश शैलीमा चाकरी गनेर्हरूले मौका पाउनेदेखि लिएर पद प्राप्त गर्न आर्थिक चलखेलसम्मका कैरन बेलाबखत सुन्न पाइन्छ । झर्झराउँदो भुङ््रग्रोलाई कपडाले ढाक्ने छोप्ने प्रयत्न गरिए झैं र लुइँचेले टाउको मात्रै झोसझाडीमा घुसारेर म लुकें भन्ने भ्रम पाले झैं यस किसिमका कर्महरूलाई उदाङ्गैमा लुकाइन्छ । त्यसैले सबै जनता एकमुखले भन्ने गर्छन् – यी राजनीति गनेर् नेताहरू सबै उस्तै हुन्, कानै चिरेकाजस्ता ।
चाकरी गर्नु राम्रो होइन, त्यो एउटा आदर्श हो । तर, अहिलेको हाम्रो वातावरण र परिवेशमा योग्य छु भनेर चूप लागेर बस्यो भने लाभको पद कुन चाकरीबाज चतुरे–धतुरेले चप्काउँछ, भन्नै नसकिने भएको छ – यो चाहिं यथार्थ हो । समय विस्तारै हासउठ्दो उपहासबाट रिसउठ्दो आक्रोशतर्फ बग्दै छ । चरित्र माटो लागेकाहरू ठूलो आदर्शका अभिव्यक्ति दिंदै डुक्रिन्छन् । भ्रष्टाचारको रौरवमा टुप्पीसम्मै डुबेकाहरू नै उल्टै भ्रष्टाचारको धमिरामा विषादि छर्किन ढिलो भइसक्यो भन्नसम्म भ्याउँछन् । पार्टीभित्र गुटको खेलोफड्को गरेर वैयक्तिक स्वार्थमा निस्लोट भएर लागेकाहरू – बडो आदर्शवान, संयम र सहिष्णु झैं बनेर दुनियाँलाई एकताको पाठ पढाउन खोज्छन् । ठाउँ–ठाउँमा रखेल राख्नेहरू नै लैङ्गिक हिंसाका विरुद्घ भाषण भुक्छन् । सामन्ती सोच र व्यवहारको मान्छे समाजवादको पाठ पढाउँदै हिंड्छ । यस्ताहरूलाई के भन्ने ? त्यसैले परिस्थिति र अवस्था हासउठ्दो मात्रै होइन, आक्रोश उमाल्ने किसिमकै छ ।
एकातिर देश काल परिस्थितिको राम्रो अध्ययन गरेर बसेका बौद्घिक जमात कहिल्यै, कुनै अभिव्यक्ति कतै दिंदैनन्; तिनीहरू बौद्घिक कब्जियतको रोगले ग्रस्त छन् । अर्कातिर कतै केही अध्ययन मनन् चिन्तन नभएका लालबुझक्कडहरू जतासुकै जेसुकै भाषण ओकल्दै हिंडिराख्छन् । यिनमा बौद्घिक पखाला चलेर सबै रित्तिएको छ । कब्जियत र पखालाले के हुन्छ भनेर लेखिरहनु नपर्ला ! त्यो मेरो विषय पनि होइन । राजनीतिबाट संक्रमित भएको बौद्घिक पखाला र हैजाले मिडियाहरूलाई समेत जकडिसकेको छ । अब यो फैलिंदै कुन महामारीको रूप धारण गनेर् हो – अहिले नै यसै भन्न त सकिने भएन ।
अहिलेसम्मका यावत् विसंगति विकृतिहरूलाई जनमानसले उपहासको हाँसोमा उडाइरहेका छन् । तर, सबै हाँसो स्वस्थकर हुँदैनन्, हाँसो विनासकारी पनि हुन्छन् । ‘हाँस्यो कि नास्यो’ भनेर चन्द्र शमशेरलाई भनिन्थ्यो अरे । ‘अन्धाको छोरो अन्धो’ भन्दै द«ौपदीको ओंठबाट खुस्किएको हाँसोले नरसंहारको महाभरत मच्चायो । हाम्रो पनि स्वार्थी राजनीतिको वितण्डा विरोधाभाष, स्वार्थ, चर्तिकला र तमाशाप्रति उब्जिएको हाँसोले कुन बेला कुन महाभारतको आह्वान गनेर् हो ?
मेहनत र परिश्रम नगरी चङ्ख्याइँ, चतुर्याइँ, धूत्र्याइँबाट थोरै समयमा धेरै आर्जन गनेर् होडबाजी राजनीति र कर्मचारी वृत्तमा चलिरहेको छ । पैसाले बुद्घि–विवेकलाई मठुदैर् छ । नेताहरूले जसरी पनि चुनाव जित्ने भनेर भाषण गरे झैं जसरी पनि पैसा सोहोनेर् कार्यमा पद र पहुँचमा बसेकाहरू अन्धवेगले लागेका छन् । मीठो घाँस देखाउँदै, एक–एक बुझो खान पनि दिंदै, राँगालाई गोसखानतिर डोर्याउदै लगे झैं विदेशी डलरले नेता र बुद्घिजीवीहरूलाई डोर्याउदै गरेको कुराको होशचेत कञ्चटमा बञ्चरो परेपछि मात्रै खुल्ने हो कि, त्यो भन्दा अगाडि नै खुल्ने हो ?– थाहा छैैन ।
प्राइभेट शिक्षा, औषधोपचारका पसल–शटर–गद्दीहरूले जनतालाई बल्छी, ढोक्सो, धराप, एम्बुस थापेर वषौर्–वर्षदेखि सताइरहेकै छन् । हँुदाहँुदै अब त यो मलिलो क्षेत्रमा ठूला उद्योगी, व्यापारीहरूको समेत यसतर्फ चाख बढ्दै गइरहेको पाइन्छ । यी महाजन सेठ साहुहरू मनपरी किसिमले विज्ञापनका रित्ता ढ्वाङ पिटेर जनताबाट चकोर् मूल्य असुलिरहेका छन् । सरकार बेलाबखत मूल्य निर्धारण गर्दिएजस्तो त गर्छ, तर साहुहरू ठाडै अवज्ञा गर्छन् । सरकार नै तिनका अगाडि निरीह बन्छ !
विद्यार्थीहरूले तिनका विरुद्घ आन्दोलन संघर्ष तताउन चर्काउन खोजे भने विद्यार्थी नेतृत्वका मुखमा एकमुठो घाँस मिल्काइदिएर संघर्षमा पानी छर्किदिन्छन्, वषौर्ंदेिख छर्किंदै आएका पनि छन् । सरकार यी साहु सेठहरूलाई कानून र मर्यादाको दाम्लोले बाँध्न तीनवटा कारणले सक्तैन । पहिलो– निर्वाचनका बेलामा तिनले टक्राएको मोटो रकम । दोस्रो– भाइभतिजा, ज्वाइँ, भान्जा, साला, सम्धि…जस्ता आफन्तद्वारा सञ्चालित व्यवसाय । तेस्रो कारण हो– नेतृत्वकै यी पसल–शटर–गद्दीहरूमा लगानी । यिनै कारणले गर्दा सरकारी अस्पताल, विद्यालय, कलेजहरूलाई तर्कारी बनाउँदै प्राइभेटलाई नीतिगत रूपमै पोस्ने काम भइरहेको छ । शिक्षा, स्वास्थ्य नै वर्गीय भएपछि तल्लो वर्गको मान्छे माथि आएर प्रतिष्पर्धा गनैर् कहिल्यै सक्तैन र पुस्तौंपुस्ता रजाइँ चल्छ भन्ने कमजोर, स्वार्थी सोच नै यसको जड हो ।
राजनैतिक नियुक्तिमा चाकाचुली किन चलेको हुनुपर्छ भने कुनै पनि पद परिपूर्ति गनेर् बेलामा आकांक्षी उम्मेदवार टोपी हातमा बोकेर दौडिंदै नेताहरू समक्ष चाकरीमा घोप्टिन पुगोस् । नेताले तथास्तु गरेपछि मात्रै पद प्राप्त होस् । नेताका विरुद्घमा कहिल्यै शिर उठाउन नसकोस् ! यसका अतिरिक्त अनेक आवश्यकताको परिपूर्ति नियुक्ति मार्फत गर्न सकियोस् ! नत्र किन कुनै पनि नियुक्तिलाई गिजोल्दा–गिजोल्दा गरेर झिंगा भन्काउन परेको ? धेरै गिजोलिएर भिंmगा भन्किएको चिज स्वाभिमानी मान्छेले खाँदैन पनि । खै ! यो देशमा कहिले थिति बस्ने हो ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

