
तित्रा
‘म ता मनेर् भएँ होउ केटा ! रुघा मर्गी चिसो सर्दीले भुतुक्कै बनाउने भो । खोकी उस्तै छ, एकछिन बिसाउन पाइँदैन । यो खोकी पनि उहिले पहिले त घाँटी घोक्राबाट लाग्थ्यो; अहिले त तल फोक्सैबाट चिल्चिलाएर आउँछ । खोक्न थालेपछि राल सिँगान हुन्छु, मान्छेले पनि छिःछिः दूरःदूरः गर्न थाले । चिसो सर्दी तोड्ने घरेलु दबाइ पनि खाएँ, तर द्वन्द्वकालमा बेपत्ता बनाइएका आफन्तबारे परिवारजनले सरकारसँग रोइ–कराइ गरेजस्तो मात्रै भयो; केही अत्तोपत्तो लागेन । एउटा उलाहा हाउडी फटाहाले कोदोको तेल झानेर खानु, चिसो च्वाट्टै जाती हुन्छ भन्यो; होलातानी भनेर खाएको… एक–दुई घण्टा त हो कि जस्तो भ’को थियो, त्यसपछि फेरि उस्तै ! अब के गनेर् है केटा ?’ भन्दै माइलाबाले आज पसारा पनेर् छाँट देखाउनुभयो ।
मैले भनें– अनि यसो अस्पतालतिर गएर डाक्टरलाई देखाउनु पथ्योर्, ओखती खानु पथ्योर्, घरेलु दबाइमा भर परेर हुन्छ त ? यो जाडोमा बुडाखाडाहरू धमाधम इहलोक परित्याग गदैर् परलोकको बाटो तताउँदै छन् । तपार्इं पनि होश गर्नुहोस् है । शाखासन्तानलाई घिउ–भात खुवाउन होला ! घरभरि रंगीन अक्षरमा लेुिखएका सुनौलो फ्रेममा सजाइएका समवेदनाका पत्रहरू ओइरिएलान् । बारीमा पण्डाल टाँगेर भोजभतेर लाउनु पर्ला !
बाबै अलिक रिसाउनु भो अनि मलाई उछिन्दै भन्नु भो– ‘अस्पताल नगएको हो र ? बिर्तामोठको सबैभन्दा महंगो हस्पतालमा एउटा एम्बुलेन्स ड्राइभरले सबैभन्दा राम्रो भन्दै मलाई पुर्यायो । उस्को हस्पतालसँग के साँठगाँठ थियो, मलाई के थाहा ? होलातानी भनेर गएँ । डाक्टरलाई पनि देखाएँ । डाक्टरले अंग्रेजीमा पन्नाभरि खै के लेखे, मैले बुझ्ने कुरो भएन । ऊ त्यो काउन्टरमा जानू भनेर देखाए । त्याँ गएर कुरो बुझ्दा पो थाहा भो – मेरो दिसा, पिसाब, रगत, राल, सिँगान, कचेरा, कानेगुजी, कत्ला, चायाँ, भुत्ला, वीर्य जाँच्नु पनेर्; भित्रका आन्द्रा भुँडी मुट ुकलेजो फोक्सो किड्नी चल्नी सबैको फोटो खिच्नुपनेर् अनि मात्रै ओखती लेख्ने अरे ! यति जाँच गर्न कति पैसा लाग्छ भनेर सोधेको त, निकै बेर हिसाब गरेपछि काउन्टरकी नानीले अठार–बीस हजार जति लाग्ने बताइन् । त्यो सुनेपछि ठडिएका मेरो भुत्ला अहिलेसम्म ठडिएको ठडियै छन् । यी हेर् न…’ भनेर बाबैले भुत्लै देखाउनुभयो । साँच्चै नै भुत्ला जिङ्रिंग भएर ठडिएकै थिए ! हाँसौं भने बाको बाङ्गे लौराले टाउकामा टुटुल्को उठाइहाल्छ । उहाँका ठडिएका भुत्ला देख्दा हाँसोेे थाम्न हम्मे–हम्मे प¥यो मलाई ।
बाबै बोलिरहनु भयो– ‘अस्पतालमा घुम्दै जाँदा आफू जस्तै एक जना बूढो भेट्टाएँ । उनलाई पनि मजस्तै चिसो गाडिएर ज्वरो आएको रहेछ । उनले मेरो जस्तै सम्पूर्ण कुराको जाँच गराएर बिल देखाएपछि डाक्टरले ज्वराका लागि सिटामोल र ग्यास्टिकको लागि दबाइ लेखिदिएछन् । यत्ति नै दबाइ त गाउँ–गाउँमा परिवार नियोजनका साधन बाँड्ने नानीले नै दिन्थिन्, बित्थाँ अठार थोकको परीक्षणमा र डाक्टरको फीसमा अठार–बीस हजार स्वाहा भयो । सम्पत्तिको नाउँमा बुचे ठेकी भने झैं बुढीको त्यही एउटा बुलाकी थियो, रोग जाती होला कि भनेर अब त्यो बुलाकी पनि जाने भो ! यहाँ एक–दुई रातै बस्नु पर्यो भने त एक सुकोर् बारीले पनि पुग्दैन भन्दा राँन् ।’
‘‘हामी दुई बुढाका गफ चलिरहेको थियो । त्यत्तिकैमा अर्काे एउटा तन्नेरी आएर हाम्रो बीचमा धुरा पस्यो । ‘अस्पतालले ल्याब परीक्षणमै सर्वश्व हरण गनेर् त कारण रैछ नि बा !’ भनेर कुरा शुरु गर्यो– ‘म त यहाँ बिरामीको कुरुवा भएर बसेको निकै दिन भयो । घण्टा–घण्टामा एउटा न एउटा ल्याब परीक्षण गरिरहनु पर्छ । त्यहाँ त सबैभन्दा धेरै ल्याब परीक्षण गराउने डाक्टरको मात्रै जागिर पक्का हुँदो रहेछ । आवश्यक परीक्षण मात्र गराउने, कम परीक्षण गराउने डाक्टरको जागिर चट् हुँदो रहेछ । अनि के गरुन् त बरा, बिचरा डाक्टरहरू !’ भनिराखेर ऊ आफ्नो बिरामी भएतिर लाग्यो ।’’
मैले बाबैलाई सोधें– हैन कुन अस्पतालको कुरा गर्नु भएको ? महंगो अस्पताल भन्नु हुन्छ, बिर्तामोडमा कुन अस्पताल चाहिं सस्तो छ र ? सबै एकसेएक महंगा छन् ।
‘सबैभन्दा ठूलो, सबैभन्दा महंगो क्या ! अंगे्रजीका दुईवटा अक्षर नै त्यस्को नाउँ अरे । मलाई अंग्रेजी के थाहा ? त्यो ड्राइभरले मलाई फँसाउन खोजेको थियो, म के फस्थें । म पनि कम्ता बाठो छु र ? डाक्टरको फीस मात्रै तिरेर कागजको खोस्टो बोकेर फर्किएँ । घरमा गएर तुलसीपत्ता, मह, अदुवा, बेसार मिलाएर खाएँ । त्यसैले आज अलिक ठीक भएर तेरा घरसम्म आउन सकें । हामीलाई रोग लाग्दा घरबारी माखामुन्द्वा सबै सिद्घिन्छ । तर, पैसै पैसाले पुरिएका यस्ता अस्पतालसँग अर्का ठूला पार्टीले सुन्दै मुर्छा पनेर्गरी पैसा माग्छन् अरे भनेर पत्रिकाले लेखेका छन् अरे भन्दै अहिले बजारमा मान्छे कुरा गर्छन् अरे । त्यहाँ कति असुलउपर गर्न सक्छौ, त्यसमा हामी कुनै अंकुश लाउँदैनौं । तर, यहाँ हामीलाई बीस कोटी रुपैयाँ चाहिन्छ, एक्लैलाई होइन बाँडीचुँडी गर्नु पर्छ भनेर प्वाक्कै मुख फोरे अरे भन्दै मोबाइलका मुहारिका पढ्नेहरू भन्थे अरे ! आफ्नो त त्यो मोबाइल भन्ने गुइँठो किन्न–बोक्न नभ्याउँदै जुनी बित्ला जस्तो छ ।’– भनेर बाबैले दुखेसो गर्नु भो ।
‘मेरो पनि एउटा चैं मोबाइल भैदेको भए हामीलाई रोग लाग्दा हामीले बेचेको बाख्रापाठा, माखामुन्द्रा, खेतबारीका पैसा कहाँ–कहाँसम्म पुग्दो रहेछ भनेर म आफैं पत्तो लगाउँथें । तर, घरमा खान मकै त छैन, मोबाइल कसरी पाउनु ? फेरि त्यो मोबाइल पनि रेडियो जस्तो खोल्दिएर मात्रै पनि नहुने अरे ! पाडालाई दूध चुसाएर झैं बिजुली चुसाउनु पनेर्, सानो नानीलाई लिटो खुवाए झैं पैसा खुवाउनु पनेर्, घण्टी बज्यो भने दिसा–पिसाब लाग्या छ भन्न पनि नपाइने – अचम्मको चीज हो त्यो पनि । अब त बूढो पनि भइयो, अझै बाँचिएछ भने चैं मोबाइल राख्नका लागि मान्छे चैं राख्छु । मोबाइल जाबो त अहिले म बाहेक कसको पो छैन र !’
बाबै एक्लै बकिरहनु भो– ‘हुन त त्यो मोबाइल ऋणपान गरेरै भए पनि किन्ने थिएँ । तर, त्यो विनाशकारी भाँडो हो । त्यसले क्यामेरा खायो, क्याल्कुलेटर खायो; घडी, क्यालेण्डर सर्लक्कै निल्यो । बेटाकेटीका आँखाका फ्युज उडायो । आमा–बाबु–समाज–आफन्त केही भनेन । त्यस्तो राक्षसी भाँडो राखेर पनि के गर्नु ? अहिले मोबाइल नहुनु नै मेरो खास्सा पहिचान बनेको छ । कम्तिमा मोबाइल नहुने एउटा मान्छेको पहिचान त भयो । मान्छे पहिचान नै नपाएर रोइराखेका छन् । नमरी बाँचे, कालले साँचे कुनै दिन मोबाइलबाटै तातो दाल भात झर्न थाल्यो, कुन अंक थिच्दा ऐंठनपानी तुरुरु झर्न थाल्यो, खोकीको दबाइ भनेर अक्षर टाइप गर्दा तल पुच्छरबाट सिरप चुहिन थाल्यो भने त्यसैबेला चैं मोबाइल किन्ने विचार गर्नु पर्ला ।’
बाबैका बतासिएका कुराको भेउ पाउन छाडेपछि मैले भनें– हैन होउ माइलाबा ! तपार्इं बिरामी मान्छे…के औधी बतासिएर बोेल्नु भएको ? कहाँ रोगब्याध, अस्पताल, डाक्टर, औषधिका कुरा गर्दागदैर् मोबाइलको महात्म्य पुराण नै लाउन थाल्नुभयो त ! त्यो अस्पतालसँग कस्ले किन त्यत्रो बीस कोटी रुपियाँ मागेछ – त्यो चाहिं भन्नुहोस् न बरु ।
अनि बाबैले भन्न थाल्नु भो– ‘हेर केटा ! अरु सबै विद्या मलाई अलिअलि भए पनि थाहा छ । तर, यो पैसाको विद्या चैं पिटिस्सै जान्दिन । उहिले माओवादी कालमा माओवादीहरूले बैंकमा बीस लाख लूटपाट गर्दा म्यानेजरले अस्सी लाख लुटियो भनेर विज्ञेप्ति निकाल्थ्यो र साठ्ठी लाख थुकै नलाइकन निल्थ्यो अरे ! त्यस्तै यो पनि पैसोकै खेल हो । यो त लाखको कुरो होइन, कोटी–कोटीको कुरो छ । कसैले केही त्यही बंैक म्यानेजरको बुद्धि लगाएको पनि हुन सक्छ । मैले त बजार हल्लासम्म सुनेको न हो, त्यो पनि अरे अरेका कुरा । म जस्ता मान्छेको कसैसित साँठगाँठ हुने कुरो भएन । म पढे–लेखेको मान्छे पनि होइन । राजनीतिको चाकाचुली खेल्न पनि जान्दिन अनि कुरोको चुरो पक्रेर ठोकुवा गर्न त कहाँ सक्छु त ?’
हेर्नुहोस् माइलाबा ! पढेका मान्छेभन्दा नपढेका मान्छे खतर्नाक हुन्छन् । पढेका मान्छे डाक्टर, इन्जिनीयर, सचिव, प्राध्यापक, शिक्षक, एकाउन्टेन्ट हुन्छन् । तिनलाई साउअक्षरसम्म चिन्नपाएका र कतिपय त नपढेकै साहू सेठ कैयाँ महाजनहरूले काममा गोरु जोताइ जत्छन् । नपढेको ठेट्नो नेताले पढेको–जानेको–डिग्री लिएको सचिवको भकुण्डो खेल्छ । शिक्षा, स्वास्थ्यका दोकान पसल शटरका नपढेकै सेठले पढेका डाक्टर प्राध्यापक मास्टरको तेल निस्किनेगरी पेल्छन् । तपाईं मोबाइल नबोक्नाले पहिचान रह्यो भन्नु हुन्थ्यो, नपढ्नु पनि तपाईंको अकोर् खास्सा पहिचान हो । तर, तपाईं नपढेर पनि आर्थिक रूपमा कसरी पछि पर्नुभयो – त्यो चाहिं अनुसन्धानको विषय हुन सक्छ ।
बाबैले जवाफ फर्काउनुभयो– ‘गरिस् अनुसन्धान तैंले ! यी लेखे–पढेका मान्छे कुरो बुझ्दैनन् । घरको छानामाथि गोबरका गुइँठा सुकाएको देख्यो भने छानामाथि गाई–भैंसी कसरी चढ्यो भनेर अनुसन्धान गर्न थाल्छन् । तेरो अनुसन्धान पनि त्यस्तै त होला नि । लु अब म हिँडें । मेरो विचार कस्तो हुन्छ, भोलि आधा केजी मह र झेाल खानलाई एक केजी गोस बोकेर आएस्’ भन्ने फर्मान जारी गदैर् बाबै घरतिर लाग्नु भो । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

