
राजबाबु शंकर
सत्ता, शक्ति र पहुँचमा पुगेकाहरू अक्सर कतैनकतै अराजक बन्न पुगेका उदाहरणहरू छ्यालब्याल छन् । खुराफाती सोच भएकाहरू आफू र आफ्नाहरूका लागि मात्रै सोच्छन् पनि । शक्तिमा नपुगुञ्जेल जनताका हितैषी अर्थात् तमाम अन्याय अत्याचार दोहन भ्रष्टाचार अनाचार र दुराचारका घोर विरोधी कहलाउन चाहनेहरू नै सत्ता÷शक्तिमा पुगेपछि अनायास ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बन्न पुग्छन्, बनेका कैयौं दसी छन् । त्यसैले पनि भन्ने गरिएको होला– सत्ताले अथवा शासकीय वा प्रशासकीय कुर्चीको मातले सद्दे मानिसलाई घात गर्छ । नमात्तिनेहरू नभएका होइनन्, इतिहासले त्यस्ता लोकनायकको इतिहास अभिलेखीकृत गरेकै छ ।
व्यक्तिको नियत सफा भयो र पद्धतिका आधारमा काम हुने हो भने धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुनसक्छ । सुशासन बहालीका खातिर भ्रष्टाचार नियन्त्रण नै प्राथमिक शर्त हो र त्यसका निम्ति विधिको अक्षरशः पालना हुनुपर्छ । नैतिक ज्ञान ह्रास हुँदै जाँदा व्यक्तिमा सदाचारको चेत पनि घट्दै जान्छ भने सदाचारको परिपालना बेगर सुशासन मृगमरीचिका बन्न पुग्छ । नीतिगत भ्रष्टाचारले नै हो – भ्रष्टाचारका अन्य तन्तुहरूलाई आकर्षित गनेर् । त्यसमाथि भ्रष्टाचार गनेर्लाई येनकेनप्रकारेण माफी दिने नीतिगत प्रावधान वा भनौं तजविजी अधिकार प्रदायक कानूनले नै हाम्रो परिवेशमा अधिकतर प्रश्रय दिंदै आएको छ; जसले भ्रष्टाचारलाई खुलेआम तुल्याउन बढावा दिइरहेको छ ।
प्रथमतः शासन सञ्चालनका सारथि राजनीतिक दलले पाएको मतका आधारमा राज्यले तिनलाई आर्थिक सहयोग गनेर् हो भने त्यही विन्दुबाट नीतिगत भ्रष्टाचारमा कमी आउन सक्छ । नीति नियमले रोकेको काम गर्नु भ्रष्टाचार हो भने शक्तिको दुरुपयोग गदैर् ‘जसरी पनि’ धनप्राप्त गनेर् तृष्णाले नै भ्रष्टाचारलाई संस्थागत गनेर् काम पनि गरिरहेको छ । द्वितीयतः योजनाको प्राथमिकता निर्धारण, नीति निर्माण तहमा स्वार्थ गाँसिएका व्यक्तिको संलग्नता, सार्वजनिक नीतिमा विदेशीको स्वार्थ, राजनीतिक व्यक्तिको व्यापारिक घरानाहरूसँगको साँठगाँठ हुँदा नै नीतिगत भ्रष्टाचार बढ्दै गएको जगजाहेर छ ।
पछिल्लो उदाहरणस्वरुप ‘यति समूह’लाई गोकर्ण रिसोर्ट लिजमा दिइएको प्रकरण छँदैछ । अरबौं कर तिर्न अटेर गनेर् एनसेल लगायतका दूरसञ्चार प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गनेर् सरकारी नियामक निकायको निर्णय उल्टाएर तिनलाई किस्ते सहुलियत दिने सरकारी हस्तक्षेप, हजारौं बिघा सरकारी र गुठीका जग्गा कीतेर् गरेर आफ्नो नाममा कायम गनेर् भू–माफियाहरूप्रति सरकारको नरम वर्ताव, आफ्नो सेवा–सुविधा आफैंले बढाउने सांसद र मन्त्रीहरूको जोडजुलुम, आफ्नो मण्डलीको मान्छेलाई दिइने राजनीतिक वा कुटनयिक नियुक्ति आदि इत्यादि नीतिगत भ्रष्टाचारका सर्साउँदा प्रमाण हुन् ।
विकास र परिवर्तनको बाधक भ्रष्टाचार मुलुक र मुलुकीका हकमा अभिशाप हो । विधिको शासनलाई चुनौति दिने भ्रष्टाचारको दल्दलले मुलुकमा भएको रूपान्तर अनुरुपको विकास र परिवर्तनमा खल्बल ल्याएको छ । राजनीतिक नेतृत्व, प्रशासनिक निकाय, सरकारी, गैरसरकारी, सार्वजनिक, सहकारीगत र निजी जस्ता सबै संस्थामा भ्रष्टाचार प्रत्यक्ष वा परोक्ष रूपमा व्याप्त छ । भ्रष्टाचारकै कारण अन्याय, विषमता र शोषण जाग्दो छ र गरीब जनता, समाज र देशलाई अधोगति तर्फ धकेलेको छ । र, यी समस्या सुशासनको अभावमा सिर्जित हुन् । सुशासन, सदाचार र जिम्मेवारीपूर्ण इमानदार कर्मको खाँचो छ । कर्मचारीमा काम गनेर् शैली चुस्त र कत्र्तव्य निर्वाह दुरुस्त नभएसम्म अनि सुशासनको अभाव र दण्डहीनतालाई प्रोत्साहन हुने थिति रहुञ्जेल भ्रष्टाचार विरुद्धको अन्तरर्ाष्ट्रिय महासन्धिको पक्ष राष्ट्र नेपाल समृद्ध हुने परिकल्पना मूर्त हुन सक्दैन ।
माइकेल जोनस्टोनले आफ्नो पुस्तक ‘सिन्ड्रोम्स अफ् करप्सन ः वेल्थ, पावर एण्ड डेमोक्रेसी’ नामक पुस्तकमा भ्रष्टाचारलाई शाब्दिक रूपमा भन्दा पनि यसका लक्षणबाट बुझ्नु पनेर् कुरा सुझाउँदै भनेका छन्– ‘भ्रष्टाचारको उद्गम विन्दु राजनीतिक र आर्थिक प्रक्रिया हो । यसको भूमिका र लक्षणहरूले धन र शक्तिबीचको सम्बन्ध, सार्वजनिक र निजी क्षेत्रबीचको सम्बन्ध, राज्य र समाजबीचको सम्बन्धमा विविधता ल्याएर समस्याग्रस्त बनाउँछ ।’ नेपालको राजकाज, शासन तथा प्रशासन सञ्चालन गनेर् तहमा पुगेका व्यक्तिहरू अधिकांश मध्यम वर्गीय समाजबाट आएका पाइन्छन् । धेरै संघर्ष नगरिकनै मध्यम वर्गीय परिवारको जीविकोपार्जन सहज छ भने गरीब परिवार बाँच्नकै लागि संघर्षरत् हुन्छ । धनीलाई त यसै पनि सम्पत्तिको पहुल छ । यो परिवेशमा मध्यम वर्गीय समाजको सदस्य नै राजकाज, शासन तथा प्रशासनमा नेतृत्व गरिरहेको हुनाले नेपालमा भ्रष्टाचार बढेको र तिनै नवधनाढ्य वर्गको रूपमा उदाउँदै रहेको आरोप पनि नभएको होइन ।
चर्चामा आइरहेकै कुरा गर्दा सत्ता र शक्तिसँग निकट रहेर पहुँचवाला बनेका अजय सुमार्गी, दुर्गा प्रसार्इं, गगन पुरी नजिकका उदाहरण हुन सक्छन् । यिनले गरेका र गरिरहेका कारनामा अराजक भन्ननसक्ने खालका होवोइनन् । एउटा विदेशबाट करोडौं डलर सरकारलाई छलेर ल्याउने लगायतका धन्दामा, अकोर् जनताको स्वास्थ्य र सुलभ शिक्षाका लागि सत्याग्रह गनेर्लाई पागल भन्नदेखि घुस माग्यो भनेर प्रचारबाजी गनेर् सनकमा अनि अकोर् चाहिं सरकारी जग्गा धमाधम कीतेर् गरेर आफ्नो बनाउने नटवरे भूमिकामा उद्यत भएको प्रकरी केवल आरोप हुन सक्दैन । नजाने सत्ता र शक्तिको आडमा त्यस्ता अरु कत्ति धेरैले यो मुलुकलाई अराजक तुल्याउँदैछन् । घुम्ने मेचमाथिको मान्छेलाई अन्धो बनाउँदैछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

