
तित्रा
‘हैन एइ केटा ! हिंड् भात खान बजारतिर । घरमा बित्थाँ के तानेमुने गरेर बस्छन् । छिटो गर्, त्यहाँ गएर लाइन लाग्नु पर्छ । पकाएको दाल–भात सकियो भने फेरि बहाने भातमा पर्लास् । अब त भात खाएको दश रुपैयाँ त हो, मै तिर्दिउँला बरु ! होइन भने बीस रुपैयाँ पैसो बोक्, काका–भतिज कन्दनी गाडिउञ्जेल, नाइटाले चन्द्रमा देख्नेगरी खाएर आउँ । यो कताबाट, कसरी, किन हो, केही थाहा छैन । तर, पाएको बेलामा दन्काउने हो, पछि देखाजाला । घरमा भनेको दाल भए तर्कारी हुँदैन, तर्कारी भए दाल हुँदैन, अचारविचार त कहिले पनि हुँदैन । कताको दाल–चामल, नून–तेल, ग्यास–पानी, बेसार–मसाला…बित्थाको हैरान् । भोक लागेपछि थबक्कन गयो अनि बिहान–बेलुकैलाई हुनेगरी तम्बु तोड्यो, आयो । मेरो जोखानामा अब यो देशमा पक्कै केही त हुन्छ नै होला ! त्यो भात खुवाउने मान्छे आउँदो चुनाउमा उठ्यो भने पार्टीसार्टी केही नभनी म चाहिं उसैलाई भोट दिन्छु । बित्थाको भाषण खुवाउने भन्दा भात खुवाउने हजार गुणा बढी जनताको सेवक हो…’ भन्दै माइला बा आज पनि आइपुग्नु भो ।
मैले पनि– हैन, तपाईं दश रुपैयाँमा भात खाने कुन जमानाको कुरा गदैर्ँ हुनुहुन्छ ? दशै रुपैयाँमा भात कहाँ पाइन्छ ? मान्छेले यसो हुने–चाहिने पो कुरो गर्नु पर्छ त ! एक मुठी सागलाई पचास रुपैयाँ पर्छ, एक केजी चामललाई साठी रुपैयाँ पर्छ, त्यसलाई बनाउँदा पकाउँदा तुल्याउँदा कहाँ पुग्छ दाम ? दश रुपैयाँमै भात खाने कुरा गर्नु हुन्छ तपाईं ! खुस्कियो कि क्या हो बोल्टु ?– भन्दिएको के थिएँ; बाबै एकैचोटी अर्नालिएर बक्न थाल्नु भो —
‘हैन, तँ रेडियो सुन्ने, पत्रिका पढ्ने, हाटबजार गनेर् गदैर्नस् ? दुनियाँमा के–के भइसक्यो । हाम्रो जिल्लाका शहरैपिच्छे कतै दश, कतै पाँच रुपैयाँमा, कतै निःशुल्क रूपमा भोका मान्छेलाई भरपेट भात खुवाउने प्रतिष्पर्धा चलिरहेको छ । यो जाडोमा तातो दाल–भात–तरकारी… कत्रो उपकारको कुरो छ । म जस्ता मान्छेको निम्ति त कता हो कता पुण्य ! भद्रपुरमा भात खायो, बिर्तामोड पुगेर दिउँसो भातकै खाजा खायो, बेलुका दमक पुगेर भात खाएर सुत्यो । पूर्वको यो लहर इटहरी, बिराटनगर, धरानतिर पनि फैलिंदै जाला ! हुँदाहुँदा यो क्रम अष्ट्रेलियाको डढेलो जस्तै सल्ंिकदै गएर पश्चिम महाकालीसम्मै पुगिदिए साँच्चै खुदो पथ्योर् । मलिला अड्डामा बसेका, रसिला मन्त्रालय ओगटेर बसेका, पद पोष्ट सम्हालेकाहरू खाने–नखाने सबै खान्छन् । सिमन्टी रड गिट्टी बोल्डर इँटा बालुवा जस्तापाता रंग अलकत्र समेत खाएर पचाइराख्या छन् ! हामीले त भातैसम्म खाने हो । त्यो पनि चोरेको, डाका गरेको, भ्रष्टाचार गरेको होइन; दिएको खाने न हो ।…’

‘…अब भात निःशुल्क भएपछि यसो कतै हिंड्दा बस–भाडा पनि निःशुल्क भइदिए रामराज्य नै हुन्थ्यो । यी गाडीवालालाई चाहिं कहिल्यै पैसाले पुगेन । यिनीहरूको मन कहिलेदेखि धर्म–कर्मतिर फकेर्ला ? यिनलाई परत्र सपार्नु पर्छ, अकोर् जन्ममा अस्पताल कलेज बोर्डिङ स्कूलको साहू बन्न सक्नु पर्छ, नेता कर्मचारी बन्नु पर्छ, ठूलो ठेकेदार बन्नु पर्छ, मन्त्री बन्नु पर्छ र त्यसका निम्ति यही जन्ममा लगानी गर्नु पर्छ भन्ने तत्वज्ञान यिनलाई कस्ले दिने ? भात खुवाउन भन्दा भाडा नलिइकन मान्छेलाई दौडाउन सस्तो पर्छ । अरु–अरुले यसरी निःशुल्की काम गर्न थालेपछि हामीले पनि केही त गरौं भन्ने बुद्धिसुद्धि यिनमा कहिले आउला ? मरेपछि जेमराजले नर्कमा लगेर जाक्छ, अनि मात्रै थाहा पाउने हुन् कि ? लहै, केटा बाँचियो भने जिन्दगीमा धेरै कुरा देख्न–सुन्न–भोग्न पाइन्छ । सपनामा पनि देख्न नसकिने कुरो निःशुल्की खाना विपनामै उपभोग गर्न पाइँदैछ । लु…लुगा लगा, छिटो गर्…’ भनेर हतार लाउँदा लाउँदै पनि बाबै बोल्न चाहिं रोकिनु भएन ।
‘…थाहै नपाइ कलियुग समाप्त भएर सत्य युग शुरु भएछ कि क्या हो ? शुरुमा दश रुपैयाँमा एक भुँडी भातको कुरो आयो, अकोर् ठाउँमा त्यसमा पनि घटेर पाँच रुपैयाँमा झर्यो, अझै झरेर निःशुल्क हुँदैछ ! यो क्रम पनि बढेर गयो भने सुत्केरीले नानी पाइदिए बापत सरकारले पैसा दिए झैं भात खाइदिए बापत पैसो पाउन बेर लाग्दैन । देशका लुटाहाहरूले सीमा नाघेर ब्रह्मलूट मच्चाए झैं दानी ज्ञानीहरूले पनि सीमा नाघेर दानवीरको परिचय दिन सक्छन् । हेर् केटा, मलाई त के लाग्दैछ भने– पक्कै पनि नेपाली धर्तीमा राम, कृष्ण, विष्णु, शंकर वा बुद्ध– कुनैनकुनै भगवान्ले अवतार लिएको हुनुपर्छ !’
मैले भनें– तपाईंले भनेको कुरो साँच्चो सत्य नै हो भने त गज्जबै हो । तर, मलाई किन–किन विश्वास लागिरहेको छैन । आफ्नो काम दाम छोडेर दुनियाँलाई भात खुवाउन आजका मान्छे किन पो लाग्थे होला र ! नेपाली मानसिकतामा यत्रो ठूलो परिवर्तन आउन त दश रेक्टर स्केलकै मानसिक भूकम्प आउनु पर्छ । कतै विदेशी खैरे–कुइरेहरूले निःशुल्क औषधि बाँडेर औषधिको प्रतिक्रियाको परीक्षण गरे झैं विदेशी दाल–चामलको परीक्षण त भइरहेको छैन ? प्लाष्टिकका चामल बजारमा आयो अरे भन्छन्, चामल प्लाष्टिकको भएपछि दाल पनि कोइलाको बनाए कि ? अलिक राम्ररी विचार पुर्याउनुहोस् है माइला बा !
बाबै तुरुन्तै जवाफी बन्नु भो– ‘कस्तो अपराधी सोचविचारको मान्छे तँ ! विचाराहरू कत्रो फराकिलो सोच, चौडा छाती, दान–पुण्य, मानवसेवा, परोपकार जस्तो पवित्र भावना राखेर सेवा गरिराखेका छन् । तँ नाथे चाहिं नचाहिँदा शंका–उपशंका गर्छस् ? तैले पनि पहिले पत्रकारिता गर्या थिस् कि क्या हो ? कि वकिल भएर जघन्य अपराधीलाई पनि अपराध गरेकै होइन भन्दै निरपराध मान्छेलाई अनेक कुतर्क पेश गदै जेल कोच्ने वकालत गर्या थिस् ? तैले जे कुरालाई पनि उल्टो मात्रै खेद्नु पर्छ ? हेर केटा ! आफूले खानमा जति मज्जा आउँछ, त्यसको हज्जार गुणा धेर मज्जा भोका मान्छेलाई खुवाउनमा आउँछ । आफू मात्रै त चरा र मुसाले पनि खाएर बाँचेकै छन् नि ! मसँग पनि भएको भए सारा सम्पत्ति लुटाइदिन्थें । तिनका अघाएका भुँडीले धन्यवाद मात्रै होइन, आभार प्रकट गदैर् आशीर्वादै दिन्थे । केही गनेर् भनेको बाँचुञ्जेल हो, मरेपछि त खरानी बगाइहाल्छन् । सारा धर्मकर्मको अन्तिम निष्कर्ष भनेको परोपकार पुण्याय पापाय परपिडनम् हो । तँ नाथेलाई यस दुनियाँमा राम्रो के, नराम्रो के भन्ने के थाहा ? लु छिटो हिंड् मसँग । आज तलाई भात खुवाएरै ल्याउँछु । त्यस्तो पवित्र भावनाले दिएको भोजनले तँ पनि पवित्र बन्छस् र त्यो भोजनबाट तँभित्र पवित्र विचार पैदा हुन्छ अनि राम्रो कामलाई राम्रो, नराम्रो कामलाई नराम्रो देख्न थाल्लास् ।’
कुरोको चुरो फेला नपारेको म बोलें– अहिले मान्छे आफू श्रम नगरी, पसिना नबगाइ, धूत्याइँ, बठ्याइँ, चङ्ख्याइँ गरेर अरुको सम्पत्ति लूटपाट गरी आरामले बसेर खान चाहन्छन् । कार्यालयमा काम गर्न आएका निरीह जनतासँग घुस नलिइ कर्मचारी काम गदैर्नन् । विकास–निर्माणका नाउँमा ठूल्ठूला कमिशनका खेल हुन्छन् । हाकिम बडाहाकिम मन्त्रीहरू नजराना नलिइकन रातो मसीले सही गदैर्नन् । पहुँचवालाहरू राष्ट्रकै सम्पत्ति घरघरमा ओसार्छन् । सरकारी जग्गा, मन्दिरका जग्गा आफ्ना नाउँमा सार्छन् । सरकारबाटै लाइसेन्स लिएका शिक्षा स्वास्थ्यका व्यापारी साहूहरू जनता दुहुनमा तल्लीन छन् । दूध सकिएर रगत आउन थाल्दा पनि छोड्नेवाला छैनन् ! चोरी डकैती फिरौती तस्करी गनेर्, बिचौलिया भ्रष्टाचारी नाफाखोरी कमिशनखोरी जमाखोरी… कति हो कति, आशक्त भएर सम्पत्तिको उरुङ लाउन निस्लोट लागेका छन् । नियम कानून फैसला उस्तै छन् । यिनले दश पुस्तालाई सम्पत्ति थुपारिसकेका छन् । एघारौ पुस्ता भोकले मर्छ कि भन्ने चिन्ताले ती सबै भोक न निन्द्रा भएका छन् । सक्कली पैसा लिएर नक्कली सामान बेच्ने छन्, एक करोडको ठेक्कामा नब्बे लाख ह्वाम पानेर्हरूको बिगबिगी घट्नुभन्दा बढ्दो छ । दोहोरो तेहरो बिल बनाएर कर छल्ने उद्योगी–व्यापारी छन् । बीचमा घुस खाएर कुमार्गमा लाग्न निदेर्श गनेर् कर्मचारी र नेता नै छन् । एन्सेल, वाइडबडी जहाज आदि जस्ता काण्डैकाण्डबाट दुई–चार जना मोटाएर देश खुर्किनेहरूको बगाल बढिरहेको छ । आफू र आफ्ना बाहेकलाई लाभको पद नदिने कुरो घाम जत्तिकै टड्कारो भइसक्या बेला, असल सोचविचार र न्यायको उत्पात् खडेरी परिरहेका बेलामा निःशुल्क भोजनका कुरा कसरी पत्याउँ म ? तपाईंले भनेजस्तो उदात्त भावना र विचार, आध्यात्मिक चिन्तन यो प्रदूषित परिवेशमा कसरी पलायो होला र खैऽऽऽ ! तपार्इं कुनै भ्रममा पर्नुभयो कि माइलाबा ? राम्ररी विचार गर्नुहोस् है ।
कुरै गर्न त बाबै किन पछि पर्नुहुन्थ्यो र । भन्न थालिहाल्नु भो– ‘हैन एइ केटा ! तँ कस्तो अघोरी मान्छे हँ ! तेरो गिदी पनि नगरपालिकाको डम्पिङ साइट भइसकेछ, तेरो सोचविचार नै उभिण्डो परिसकेछ । तैले भनेका लुटाहा फटाहा यो देशमा मुश्किलले आठ–दश प्रतिशत होलान्, बाँकी नब्बे पन्चानब्बे प्रतिशत मान्छे सज्जन छन्, दानी ज्ञानी परोपकारी धार्मिक छन् । ती आठ–दश प्रतिशत बिठ्याहाहरू, सम्पत्ति–चुसाहा किर्नाहरू एउटा सानो विद्रोहको भूकम्प, आँधीबेहरी, बाढी आयो भने कहाँ पुग्छन् पत्तो छैन । त्यतिबेला तिनलाई भात होइन, बासी पाउरोटी बाँड्नु पनेर् दिन आउँछ । दुनियाँमा धेरै असल कुरा छन्, असल मान्छे छन् । यिनै असल कामकुरा मध्येको एउटा असल काम हो – निःशुल्की भोजन । भोका मान्छेको सराप देशलाई लाग्थ्यो, तर निःशुल्क भोजनले अघाएका मान्छेको आशीर्वाद यी दाताहरूलाई लाग्छ । तँ जहाँसुकै, जेसुकै कुरामा पनि शंका उपशंका गदोर् रहेछस् । आमाले पस्केर दिएको भातमा, गौमाताले दिएको दूधमा, पाकेको फलको रसमा, मौरीले जम्मा गरेको महमा शंका गरेर मान्छे कसरी बाँच्न सक्छ ? उठ्, तयार हो, जाउँ भात पाकिसक्यो होला ।’
जान त जाउँला, ठीकै छ । तर, त्यो खाना अत्यन्तै गरीबगुरुवा, बेसहाराहरूका निम्ति हो भने त हामी जसोतसो बाँकी गरेरै भए पनि दुई छाक रुखासुखा खाँदै गरेकाले त्यहाँ गएर खाइदिनु हुन्छ होला र ? हाम्रा देशका भ्रष्टाचारी, कमिशनखोरहरूले ‘मै खाउँ–मै लाउँ, सुख सयल वा मोज म गरुँ, म हाँसौं, मै नाचौं, अरु सब मरुन् दुर्बलहरू’ भनेर ब्रह्मलूटमा लागे झंै हामी त्यहाँ भात खान जाँदा ती दुर्बलहरूलाई मर्का पदैर्न ? अनि काम कुरा छोडेर सबै त्यही भातमा लाइन लाग्न थाले भने ती दाताहरूले कहिलेसम्म थाम्लान् ? अघि तपाईंले नै भन्नुभएको होइन – आफूले खानमा भन्दा अरुलाई खुवाउनमा हजार गुणा आनन्द मिल्छ भनेर ! लु बरु हामी पनि यताउति खोजखाज गरेर पाँच–पाँच सय रुपैयाँ ती दाताहरूलाई दिएर खानेमा होइन, खुवाउनेमा दर्ज हौं भन्दिएको थिएँ; बाबैले ठरर्ा मुखमा हालेजस्तो मुख बिगार्नु भो ।
तैपनि बाबैले भन्न छाड्नु भएन – ‘तँ भनेर लाग्ने मान्छे होइनस् ! आफू त बिहानै बुढीलाई मलाई भात नपकाउनू भनेर हिंडेको मान्छे । अब भात खान यता न उता हुने भइयो । तँ यति सारो जरिर्एको छस् भन्ने पनि मैले बुझेको रहिनछु । यो दश वटा कुरा गर्नुभन्दा बेलैमा जान्न भन्दिएको भए यतिबेर मैले भुँडी भरिसक्थें । अब घर गएर बुढीलाई भात पका भनौ भने भात त होइन, कुचाको डाँक्लो खान तयार भएहुन्छ । त्यसकारण माइलाबा पनि यहीं भात खाने अरे, चामल हाल्नू भनेर भित्र गएर बुहारीलाई अह्राएर आइज । आज घरमा भात खान्न भनेपछि खान्न–खान्न । हानेको काँडजस्तै हो मेरो बोली पनि । भइगो, आजलाई बजारमा भात खान गइएन, ठीकै छ । तर, त्यो पाँच सयको कुरा चाहिं तँ आफू के गर्छस्, खुशी गर । मलाई चाहिं नभन् है केटा ! मेरो बहुत अप्ठ्यारो छ ।’
भातको बन्दोबस्त भइसकेपछि भने बाबै अलिक खुलेरै गफिन थाल्नु भो– ‘तेरो कुरा पनि एक प्रकारले ठीकै हो, मेरा कुरा पनि बेठीक थिएनन् । भात यहीं तेरै घराँ खाने भएपछि त्यो सबै ढिस्मिस् भयो । तैले भनेको एउटा कुरा मलाई बिझ्यो – कुनैनकुनै प्रकारले अर्काको खान पल्केकाहरू गति छाडेर घुस खाए जस्तैगरी भातको लाइनमा सिण्डिकेट जमाएर बसे भने दाताको उद्देश्य अनुसारका लक्षित वर्ग तीन कान्ला तल पुग्छन् । कृषिका क्षेत्रमा विनियोजन भएको रकम माथिकै धूर्त भ्रष्टले चप्काए झैं चप्याइदिन्छन् ।……’ त्यतिबेलै भित्रबाट खाना तयार भएको खबर आयो अनि हामी दुबै काका–भतिज भित्र भान्सातिर पस्यौं । भात खाएपछि भने माइलाबा चुइँक्कै नबोली बाटो लाग्नु भो ! भोलि के भनेर बुढाले कुरा उराल्नु हुने हो…म पनि मैं चूप भएँ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
