
राजबाबु शंकर
सबैलाई थाहा छ– निजी स्कूल÷कलेजहरूले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट कुस्त रकम असुल्ने गरिरहेका छन् । औंसी–पूणेर्मा जस्तो सरकार र विविध नामधारी विद्यार्थी संगठनहरूले ती ‘इंग्लिश बोर्डिङ’को ट्याग भिरेका र कतिपय नभिरेका पनि निजी स्कूलहरूले लिइरहेका शुल्क घटाउन निदेर्श गर्छन्, भनेको नमाने कार्वाही वा ताला लाउने चेतावनी पनि दिने गर्छन् । तर, ‘अरुले भनेको को मान्छ, आफ्नो बानी को छोड्छ ?’ भन्दै एकादेशमा एउटी बुहारीले दाल–तरकारी पकाउँदा चलाएको डाडु–पन्यु चाटेको कथा झैं बेहोरा स्कूलहरूको रहँदै आएको छ । न उनीहरूले शुल्क घटाएका छन्, न फेरि पनि विभिन्न नाममा शुल्क थप्न छोेडेका छन् ! उनीहरूको शैक्षिक व्यापार अकण्टक र सदावहार छ । कुनै ठाँगेले तिनलाई लुट्नबाट रोक्न सकेको पाइन्न !
तिनै स्कूलहरूले केही वर्ष यता धर्मको निहुँमा पनि लूट मच्चाइरहन छुट पाइरहेका छन् । सरस्वती पूजाका दिन नर्सरीदेखिकै प्रत्येक विद्यार्थीलाई ५० देखि १०० रुपैयाँसम्म ल्याउन उर्दी गनेर् ती स्कूलहरूले विद्याकी अधिष्ठात्री मानिने देवीलाई चढाउन फलहरू ल्याउन समेत अनिवार्य गनेर् गरेका छन् । एकातिर, मासिक मनलाग्दी शुल्क असुल्ने अनि अर्कातिर वर्षको एक दिन गरिने सरस्वती पूजाका दिन पनि प्रत्येक विद्यार्थीबाट पूजा–शुल्क असुल्ने निजी स्कूलहरूले धर्मका नाममा पनि यो लूट मच्चाएको नभई के हो ?
यस्तो पण्डागिरीबाट असुल हुन आउने हजारौं रकमबाट स्वतः पूजा खर्च धानेर अधिकाधिक अंश उभ्रिन्छ । किन पनि भने तिनले पूजा कामचलाउ पाराको गर्छन् । विद्यार्थीलाई प्रसादस्वरुप यसो १०–१२ दाना बुनिया, केही चाना फलका टुक्रा र बतासा दिएर झारा टानेर् गर्छन् । कतिले त त्यो पनि नदिंदा हुन् । त्यसमाथि विद्यार्थीले पूजा गर्न ल्याउने अगरबत्ती, अबीर र भेटीरकमको हिसाब अलग्गै छँदैछ । कतिपय स्कूलले त शिक्षकहरूबाट समेत जनही ३०० रुपैयाँसम्म असुलेका छन् । के सरस्वती पूजाको खर्च स्कूल आफैंले व्यहोर्नुपनेर् होइन ? ‘लूट कान्छा लूट, नेपालमै हो छुट…’ यो गीत हुबहु निजी स्कूलहरूले समेत सरेआम चरितार्थ गरिरहेकै छन् !
कतिपय बोर्डिङ स्कूलले त विद्यार्थीहरूबाट पूजाका नाममा त्यसरी हत्याएको रकमबाट किनेको बुनिया र भुजिया कैयौं दिनसम्म ‘बोडर्स’ विद्यार्थीहरूलाई खाजाका रूपमा दिने गरेको शिकायत समेत अभिभावकहरूले गनेर् गरेका छन् । आवासीय कतिपय स्कूलले त्यसरी बोडर्स गरिएका विद्यार्थीलाई बुनियाको स्टक छउञ्जेल एकोहोरो बिहान–दिउसै बुनिया खान बाध्य पारेका उदाहरण सदरमुकाम छेउछाउका एकाध स्कूलहरूकै हो । अन्यले पनि शायद त्यसो नगरेको हुन सक्दैन ।
धेरजसो निजी स्कूलले यही छेक अर्थात् नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै एफएमहरूबाट ‘सरस्वती पूजाको दिन निःशुल्क भर्ना’ को जाल पनि फ्याक्ने गरेका छन् । विज्ञापन त तिनले ‘निःशुल्क भर्ना गरिदिने’ नै गरिरहेका हुन्छन्, तर अकोर् वर्ष ‘एडमिशन फी’ असुल्न छोडेका हुँदैनन् ! अभिभावकहरूलाई बेवकूफ बनाउने चतुर–विद्या त कसैले यी निजी स्कूलका सञ्चालकहरूसित सिकुन् । यसपालि पनि ती चतुर्विद्याधारी सञ्चालक–कम–प्रिन्सिपलहरूले यति बेलैबाट एफएमहरूमा विज्ञापन फुक्न लगाइसकेका छन्, सुन्नमा आइरहेकै छ ।
तिनै निजी स्कूलहरूमध्ये अधिकांशले स्थानीय सरकार भनिइने पालिकाहरूको ‘बालमैत्री अभियान’को समेत ठाडै अवमानना गरिरहेका छन् । तिनले, तिनकै भाषामा ‘क्लास वानदेखि थ्री’, अर्थात् प्राथमिक तहका स–साना बालबालिकालाई प्रोजेक्ट वर्कका नाममा माटोका पंक्षी, जनावर आदिका प्रतिकृति बनाएर ल्याउन ‘होम वर्क’ दिने गरेका छन् । ती बचराले कहाँबाट ल्याउन् त्यस्तो मूर्ति बनाउने माटो अनि कापीमा चित्र कोर्न पनि ढंग नपु¥याउने ती अवोध बालबालिकाले कसरी बनाउन् माटोबाट त्यस्तो आकृति ? स्वाभाविक हो, बनाउन सक्दैनन् अनि उनीहरूले आफ्ना अभिभावकसामू सो समस्या राख्छन् र भन्छन् पनि ‘यो बनाएर नलगे सर÷मिस÷मेडमले गाली गर्नु हुन्छ’ । हुनसक्छ कतिपय स्वाँठ टिचरले त कुट्दा पनि हुन् । उनीहरू त्यसै पनि टिचरहरूबाट आतंकित हुने उमेरका हुन्छन् । कथित सर÷मिस÷मेडमले बालवयका विद्यार्थीलाई कुटेर घाइते बनाएका र मरणासन्न पारेका उदाहरणहरू त कैयौं छँदैछन् । बाल मनोविज्ञानमा धावा बोल्ने यस्तो स्कूले–हरकत कसरी ‘बालमैत्री’ हुनसक्छ ? र, निजी स्कूलहरूलाई ‘नैतिकता’को पाठ पढाएर अब यी तमाम बेथिति र विसंगतिको निप्टारा गनेर्, अहिलेको सन्दर्भमा जिम्मेवारीअनुरुप, स्थानीय तहले नै होइन ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

