
तित्रा
मान्छे मरणशील प्राणी हो । कोही न कोही, कतै न कतै, कसरी कसरी मरिरहेकै हुन्छन् । कति मान्छे जीवनबाट वाक्क भएर स्वैच्छिक अवकाश पनि लिन्छन् । कति जना झुण्डिदा डोरी चुँडिएर, बिषपान गर्दा भारतीय नक्कली बिष परेर, पोखरी–खोलामा फाल हान्दा कसो–कसो किनारा लागेर इच्छाएको फल प्राप्त गर्न नसकी मोबाइलले भने झैं पुनः प्रयास गर्नुपनेर् पनि हुन्छ । मान्छे जन्मिएको हल्लाखल्ला हुँदैन, तर मरेको खबर एफएमहरूले भूइँमा खस्न दिंदैनन् । खै… को मर्छ र भनौंला भनेर पर्खी बसेकै हुन्छन् कि !
मान्छे मरेको ठाउँमा तेह्र दिनभित्र मानोचामल पुर्याउने, समवेदना दिन जाने हामो परम्परागत चलन छ । दुःखको बेलामा समवेदना, सहानुभूति प्रदान गर्न जाने यो राम्रो चलन हो । घरको एक जना मान्छेलाई पानी, बिजुली, टेलिफोन, केबुल आदिका बिल तिर्न कर्मचारीलाई घुस खुवाउँदै सरकारी अन्य कर तिर्न, बिहे, ब्रतबन्ध, गुन्यू–चोली, पूजा, जन्मोत्सव, गोठधूप, बन्धु भेला, चौरासी, पुराण, फूलमाला, सुनमाला आदि ठाउँमा पुग्न भ्याइ–नभ्याइ हुन्छ । यी कामका लागि प्रत्येक घरको एक जनाको जागिर पक्को । अझ संघ–संगठन र पार्टीतिर पनि दौडिने हो भने घरका दुई जनालाई नै जागिर पुग्छ । घरमा आफ्नै भट्भटे छ भने पेट्रोल हाल्दै दौडिदै गर्यो; छैन भने सार्वजनिक बसमा नौरंगी कुरा सुन्दै, भाडा तिदैर्, उपहार दक्षिणा खाम, शुल्क, तिदैर् मानोचामल पुर्याउँदै, पुराणमा पुस्तक ढोग्दै, संघ–संगठनमा सदस्यता काट्तै, कतै नवीकरण गदैर्, चन्दा सहयोग तिदैर् दिनकादिन दौडिएको दौडियै ! जिन्दगी कति रमाइलो छ । दौडिने क्रममा कहिलेकाहीं सामाजिक पुराणको एम्बुसमा पनि परिन्छ ।
घरकरेसामा साग खोर्सानी रोप्नसम्म भ्याइँदैन । अझ गौ–सेवा गनेर् समय निकाल्न त असम्भव ! उतैबाट फर्किदा एक पोको दूध र एक मुठो साग किनेर प्लास्टिकको झोलामा हल्लाउँदै घर फर्कियो । धेरै महिना र वर्षहरू यसरी नै बितिरहेका छन् । यसपालि पनि विगत केही महिनादेखि मानोचामल पुर्याउँदै समवेदना, सहानुभूति बाँड्दै बित्यो । दैनिक दुई सय जति बस भाडा र पाँच सय जतिको फलफूल, मटर, आँटा, चिनी…आदिको यसो हेर्नुहुने पोको बोक्नै पर्यो । नत्र लाजको पसारो, शरमको भारी । इज्जत आब्रुक राख्नै पर्यो । कहिलेकाहीं झुक्किएर घरै बस्नु पर्यो भने पो पदेर्शी जस्तो अनौठो लाग्ने, सकस पनेर् । दिनकादिन यस्तै दौडधूपका कार्यक्रममा रंगालियो अनि बेलुकाखेर घर आयो, खायो, सुत्यो । सुखी नेपाली भनेको यही होला ।
मनोचामल पुर्याउने क्रममा अस्ति एक ठाउँमा पुग्दा मेलाबजार लागेजस्तो बडा–बडा पण्डाल टाँगेका, बस्नलाई सुविस्ताजनक कुर्सी सजाएका, सिकुवा र आँगनभरि संघ–संस्था, स्कूल, कलेज, सहकारी, पार्टी, अनेक टोली, समितिहरूले ल्याएका रंगीन अक्षरमा लेखिएका, सुनौला फ्रेमहरूमा सजाइएका समवेदना–पत्रहरूको प्रदर्शनी । कुनै नाङ्ला जत्रा, कुनै मान्द्रा जत्रा, बेरुवा बाक्लो प्लाष्टिककोटेड कागजमा लेखिएका, मृतकका बारेमा भागवत्मा श्रीकृष्णको वर्णन र प्रशस्ति गाइएजस्तै लम्बेचौडे विवरणले सजाइएका, सयौं संख्यामा टाँगिएका समवेदना–पत्र घुमीघुमी हेनेर् अवसर प्राप्त भयो । चड्किलो मेलाबजार जस्तै लाग्ने त्यस ठाउँमा नौरङ्गी कुरा छिरोल्दै धेरै मान्छे बसेका थिए । उनीहरू भन्दै थिए– फलानो सहकारीले ल्याएको समवेदनापत्र सबैभन्दा ठूलो, अकोर् भन्दै थियो– महिला टोलीले ल्याएको आकर्षक, स्कूलले ल्याएकोमा मृतकको तस्वीर स्पष्ट, त्यो त कम्प्युटर टाइप फ्रेम गर्दा हजारभन्दा माथिकै हुनुपर्छ । पार्टीले चाहिं यत्रो सानो फ्रेममा ल्याएछ, लाज पनि नभएका कञ्जुसीहरू ! अझ कलेजले त फ्रेम पनि नगरी लेटरप्याडमा काला अक्षरमा खरखर लेखेर सहीछाप गरेर पो ल्याएछ । त्यत्रा पढेका लबस्तराहरू ! यस्तै यस्तै टीकाटिप्पणी समीक्षा भइरहेको मैले सुनें । धनीमानी सुकिला मुकिला मान्छेहरूका गफमा आफूले प्रतिक्रिया जनाउने आँटै गरिन । मानोचामल दिएर क्रियापुत्रीहरूसँग थोरै कुराकानी गरेर फर्किएँ ।
घर फर्किदा बाटामा यसो विचार गरें… आमा–बाबुको तस्वीर र विवरण भएका ती सयौं समवेदनाका पे्रmमहरू तेह्र दिनसम्म त मेला लगाउँदा सान्दर्भिक नै होला ! त्यसपछि चाहिं के गर्लान् ? बोरामा बटुलेर भकारीमा थन्काउँछन् कि ? सबै भेला पारेर खाडल खनेर समाधिस्थ गर्छन् कि ? अथवा खेतबारीमा लगेर दाहकर्म गरी आगो ताप्छन् कि ? परिवार नियोजनले निःशुल्क बूकलेट बाँडे झैं गाउँशहरभरि वितरण गदैर् हिंड्छन् कि ? घरभित्र र बाहिर कोठा–चोटामा फ्रेमहरू झुण्ड्याएर झिलिमिलि पानेर् विचार पो छ कि ? अथवा नगरपालिकाको फोहोर बटुल्ने ट्रयाक्टरमा हाल्दिएर फोहोरसँगै सढाउँछन् ? जत्ति नै गिदी गिजोल्दा पनि मैले तिनका छेउभेउ पाइन । मेरो लाटो छोटो बुद्धिले चाहिं लेटरप्याडमा लेखेर सहीछाप गरेर औपचारिक रूपमा ल्याइएको समवेदना–पत्रलाई नै उचित ठहर्यायो । यस्ता पत्र पाँचैसय वटा भए पनि एउटा फायल वा एल्बममा सजिलै थन्क्याउन सकिन्थ्यो । ‘मूर्खको सभामा लात्तीको बढाबढ’ भन्छन्, जुठो पर्या घरमा पुगेर त्यहाँ त्यस्तो कुरा गनैर् भएन; ज्यान जोगाउनै पर्यो ।
अर्काे दिन फेरि एक ठाउँमा समवेदना दिन जाँदा अर्कै झाँकी फेला पर्यो । रंगीन समवेदनाका फ्रेमहरूको बढाबढ छँदै थियो । त्यसका अतिरिक्त मानोचामल लिएर जाने मान्छेले त्यहाँ नखाइ धरै नपाइँदो रहेछ । अलिक पर बारीमा ठूलो पण्डाल हालेका, टेबल–कुर्सी सजाएका, पुरी रोटी जुलपी तर्कारी खीर हलुवा फलफूल के–के खाने हो, छेलोखेलो रहेछ । मलाई पनि घर फर्किने बेलामा पण्डालभित्र पसेर केही खान कर गरियो । आफू त मरिमराउ भएको घरमा शुद्धाइँ नभइ केही खानु हुँदैन भन्ने बुझेको परम्परागत रुढिवादी पछौटे अल्पज्ञान भएको मान्छे ! त्यहाँ परियो फसादमा, जेनेतेने एउटा सुन्तोला खाएर उम्किएँ । बिहेको भतेरमा जस्तो आउने आउँदो छ, जाने जाँदो छ, खाने खाँदो छ, पकाउने बनाउने–बनाउँदा छन् । म त तीनछक्कबाट जिम्न्यास्टिक गरेर सातछक्क परें । मेरो गिदीमा पोखरीमा ढुङ्गा हानेजस्तो तरंग पैदा भयो । गरीबगुरुवाका पनि आमा–बाबु हुन्छन्, तिनका आमा–बाबु पनि मर्लान् । काजक्रियामा यस्तै भोजभतेरको आयोजना गर्नुपर्ने भयो भने ? मेरा सेता भएर फुलेका रौं पनि जिरिङ्ग भएर ठडिए । यही क्रमको बढोत्तरी हुँदै जाने हो भने कुनै दिन त्यसको बाबु मर्दा पनि खुवाउन सकेन भनेर आधुनिक समाजले पानी काडेर समाजबाट बहिष्कार गर्न बेर नलाउने रहेछन्…बाब्बा !
आफ्नो त कामै मानोचामल पुर्याउने, अर्काे दिन फेरि अकैर् तमाशा हेर्न पुगेंछु । म पुग्दा कुन अफिसका मान्छे समवेदना व्यक्त गर्न आएका रहेछन् । कुनै भव्य कार्यक्रममा जस्तो एउटा मान्छे उद्घोषण गरिरहेको थियो । वृद्ध–वृद्धा रोगी अशक्त क्रियापुत्रीहरूको कुनै पर्वाह नगरी लाइन लगाएर उभ्याएर घण्टे भाषण डुक्रिंदै रहेछन् । भाषण सकिएपछि मौन धारण, मरमसला र विशेषणका बुट्टा जडेर रामायणको एक काण्ड जति लामो समवेदना–पत्र वाचन गरिसक्ता ती रोगी वृद्ध क्रियापुत्री उभिनै नसक्ने भइसकेका थिए । त्यसपछि चल्यो, समवेदना–पत्रको हस्तान्तरण । सबैले आ–आफ्नो मोबाइल तिखार्दै फोटो खिच्न थाले । एउटाले त्यता होइन, यता फर्किनु पर्यो भनेर फर्कायो । अर्काेले यो ओझेलमा फोटो राम्रो आएन, घाममा जानु पर्यो भनेर घाममै लगेर सबैलाई उभ्यायो । तेस्रो लालबुझक्कड आएर फोटो फूलबारीमा राम्रो आउँछ भन्दै उतै लगेर ठिङ्ग्र्यायो । क्रियापुत्रीसँग अफिस स्टाफले संयुक्त फोटो पनि खिच्ने काम पनि भयो । एउटा दुच्छडले क्रियापुत्रीसँग सेल्फी हान्न पनि भ्यायो । यता बसेका मान्छेहरू गफिंदै थिए– मृतक बाबैको फोटो कस्ले हो, फेसबूकमा हालेको रहेछ, कस्तो राम्रो उज्यालो स्पष्ट थियो । जिउँदो मान्छे सुतेर खिचेजस्तै लाग्यो, खुब मन पर्यो । अर्काे भन्दै थियो– चितामा डढाउँदै गर्दाको छोराहरूको फोटो पनि उज्जर आएको थियो । अर्थात् त्यहाँ भेला भएकाहरूको कामकार्यवाही गफ सबै फोटोमै केन्द्रित थिए । अफिसका स्टाफहरू फोटो खिचिसकेर पण्डालभित्रको भोज भ्याइवरी बाटो लागे । त्यतिञ्जेलसम्म क्रियापुत्रीहरू हत्तुहैरान भएर टुसुक्क बसेका मात्रै के थिए, आन्दोलनको ब्यानर जत्रो समवेदनाको मान्द्रो बोकेर सहकारीको टोली टुप्लुक्कै आइपुग्यो । अनि फेरि चल्यो, पहिलेकै व्रmम । ती व्रिmयापुत्रीहरूको हरिबिजोग हेर्नुभन्दा आफू चाहिं लागें घरतिर ।
मानोचामल पुर्याउने व्रmममै अकोर् एक ठाउँमा चाहिं मृत्यु संस्कार सम्बन्धी आधुनिक विद्वानहरूको बहस सुन्न पाउने अवसर प्राप्त भयो । एक जनाले भन्दै थिए– आजको यो आधुनिक जमानामा तेह्र–तेह्र दिन काजक्रिया गरेर बस्ता एकातिर ठूलो आर्थिक घाटा लाग्छ भने अर्कातिर क्रियापुत्रीहरूलाई शारीरिक कष्ट हुन्छ । यसलाई छोट्याउनु पर्छ । अब सात दिनभन्दा बढी गरिरहनु पदैर्न । तेह्र दिनका तेह्र वटा पिण्ड सात दिनमा दुई–दुई वटाका दरले चौध वटै लडाइदिए भइगो त ! प्रेतात्मालाई एउटा पिण्ड फाउ पनि हुन्छ । अर्का विद्वान चाहिं भन्दै थिए– सात दिनको पनि काम छैन । काजक्रिया गनेर् भनेको जम्मा तीन दिन हो । नौ दिनसम्म झोव्रmाएर बस्ने मात्रै हो । दशौं एघारौं बाह्रौं दिन गरी जम्मा काम तीन दिन । तेह्रौं भनेको पनि दानदक्षिणा र पितृप्रसाद वितरण मात्रै हो । त्यत्ति सुनिसक्दा तेस्रो विद्वानले निष्कषैर् दिए झैं भट्याए– घाटमा पुर्याएर लाशलाई खरानी बनाइ अस्तित्व नामेट गरेर पानीले पखालेर बगाएपछि काम सकिन के बाँकी रहन्छ ? त्यसपछिका यी सारा अन्धपरम्परा रुढी अन्धविश्वासलाई त्याग्नु पर्छ । पुरोहित पण्डितहरूलाई सोध्यो भने तेह्र दिन छोटो भयो छब्बीस दिन पार्नु पर्छ भन्लान् ! आफ्नो निर्णय आफैं गर्ने हो । अरु मान्छे भने आफ्नै तालका गफमा मस्त थिए । कुन नेताले बाबुको क्रिया गदैर् गरेन, कुन चाहिं सातै दिनमा उठेर हिंड्यो, भइराख्या छ त…… इत्यादि गफ चलिरहे । मैले यसो विचार गरें… अहिलेको अराजकता भनेको राजनीतिक, आर्थिक, सामाजिक, साहित्यिक…आदिमा मात्र होइन रहेछ, सर्वत्र आएको रहेछ भन्ने ब्रह्मज्ञान प्राप्त गदैर् बहस सुनेर आफू पनि विद्वान भएको ठान्दै घर फर्किएँ ।
मानोचामल पुर्याउने क्रममा यस्ता अनेक अवसरहरू प्राप्त भइरहे । एक ठाउँमा चाहिं क्रियापुत्रीहरूले के खान हुने, के नहुने भन्ने शास्त्रार्थ सुन्ने सौभाग्य मिल्यो । माटोमुनि फलेको बटारिएको पीरो अदुवा खान हुने भएपछि आलु पिँडालु भ्यागुर तरुल आदि कन्दमूल पनि खान हुने कुरा आए । घिउ खान हुने भएपछि सबै दुग्धजन्य पदार्थमा बारना गर्नु नपनेर् जस्तै निर्णय आयो । चामल खाएपछि अन्य अन्नहरूलाई अन्याय किन गनेर् भन्ने तर्क पनि तेर्छियो । स्याउ–सुन्तोला खाएपछि कुनै फलफूललाई बात लागेन । त्यसपछि ऐंठनपानी र गोसका कुरा निकाल्दै थिए, मेरो चाहिं अकोर् ठाउँमा पनि मानोचामल पुर्याउनु पनेर् भएकोले उठेर हिंड्दासम्म त्यो शास्त्रार्थ चालू नै थियो… ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

