
राजबाबु शंकर
इतिहासमा तल–माथि पारेर वर्तमानलाई गुमराहमा राख्न खोज्ने काम सही होइन, सोझो भाषामा त्यो झेल हो । त्यस्तो दुष्प्रयास आलोच्य र निन्दनीय ठहर्दछ । अझ त्यसमा पनि राष्ट्रिय जीवनका विभिन्न तह र तप्काको विश्लेषणमा निर–क्षिर–विवेकी बन्नुपनेर् पेशाधारी सञ्चारकर्मीले त वस्तुगत धरातलबाट बहकिनै हुँदैन । सत्य, तथ्य र निष्पक्षता नै उसको पेशागत धर्म जो हो । तर, अक्सर त्यसमैे बेइमानी भइरहेको घटनावली बेला–बेलामा साक्षात् हुन पुग्छन्, पुगेका छन् ।
अन्यत्र त के छ, अहिले नै भन्न सकिएन । तर, झापाली सञ्चार कित्तामा त्यो कोरोनाले संक्रमण थालेको पाइएको छ । एकाध यो पेशाधारी आफ्नो पेशाजन्य उपस्थितिलाई बढाइ–चढाइ गरेर आफूलाई यस कित्ताको ‘सुप्रिमो’ सिद्ध गनेर् दाउमा नजानिंदो पाराले लागेको अनुभूत घानेघुने हुन थालेको पनि छ । ५० को दशकबाट पत्रकारिता थाल्नेबाट आफू ४० कै दशकबाट यस पेशामा लागेको भनेर प्रचारबाजीको सहारा लिएर ‘अग्रज’ बन्ने उपक्रम चालू राखिएको छ । शब्दकोशले भने ‘कुनै क्षेत्रविशेषमा काम पहिला शुरु गरेको व्यक्ति’ लाई ‘अग्रज’का रूपमा अथ्र्याएको छ । तर, यहाँ त काम पछि शुरु गरेका, तर नाम भने अग्रजमा दर्ता गर्ने चाहना हावी भएर कतै कसैलाई लेखाइएको पनि छ र भनाउन पनि जारी छ ।
हो, त्यस्ता एकाध पेशाजीवी ‘अगुवा’ भने हुन सक्छन् । शब्दकोशमा उल्लेख छ– ‘नेतृत्व गनेर्, कुनै पनि कामको अगुवाई गनेर्, नाइके, कुनै समूहको प्रमुख व्यक्ति’ । यस परिभाषाभित्र पनेर्हरू स्वतः ‘अगुवा’ हुन् । कुनै कालखण्डमा तद्नुरुप काम गरेको भए निर्विवाद रूपमा त्यस्ता व्यक्तिलाई अगुवा भन्न धकाउनु पनेर् कारण छैन । तर, विडम्बना के भइदिएको छ भने कथित ‘अग्रज’का आकांक्षीहरू ‘भाङ्ग्राको टोपीमा गुयँलाको फूल’ धारण गरेर गजक्क–गमक्क परिरहँदा अरुले चाहिं फूलै भए पनि गुयँलोबाट उत्सर्जन हुने दुर्गन्ध थाहै पाउँदैनन् भने झैं गरिरहेका पाइन्छन् ! जस्तो कि, बडो स्वाद मानेर गुवापान चपाइ÷खाइरहेका कुनै व्यक्तिको मुखबाट वरिपरिको वातावरणमा दुर्गन्ध फैलन्छ ।
केही दिन अघि झापाको अग्रणी छापामाध्यम ‘पूर्वाञ्चल’ दैनिकको रजत वर्ष महोत्सवमा एउटा आकर्षक कलेवरको स्मारिका विमोचन भयो । त्यस ग्रन्थमा जिल्लाका विभिन्न सञ्चारमाध्यम बारे जानकारी छ । विभिन्न सञ्चार क्षेत्रमा काम गरिरहेका वरिष्ठ÷कनिष्ठका आलेख संग्रहित छन् । धेरै अर्थमा उपयोगी बन्नसक्ने सो ग्रन्थमा समाविष्ट एकाध लेखकका आलेख÷तथ्यांक भने यथार्थलाई छायाँमा पानेर् नियतले प्रेरित भए झैं पाइएका छन् । त्यसमध्ये कहीं प्रकाशकको नाम छुटाइएको छ भने कतै नियमित रूपमा प्रकाशन भइरहेको पत्रिकालाई पनि ‘हाल बन्द रहेको’मा सूचीकृत गर्न खोजिएको छ ! एउटा सञ्चारकर्मीले जिल्लामा प्रकाशन भइरहेको पत्रिका बारे पनि जानकारी राख्दैन भने अधुरो–अपुरो कुरा लेखेर किन पो ‘सर्वज्ञ’ भएको भ्रम छर्नु ? यदि पूर्वाग्रहवश नै त्यसो गरिएको हो भने, एउटा अमुक लेखक र त्यसमा पनि सत्य–तथ्य सूचना पस्कनु पनेर् दायित्वधारी कुनै पनि सञ्चारकर्मीले आम पाठकगणलाई गलत जानकारी दिन वा वास्तविकतामा ग्रहण लाउन मिल्छ ?– सवाल यो हो ।
अरुको गल्ती औंल्याउने, सच्चिन सुझाउने, नसच्चिए कोहराम मच्चाउने र नेकीबदी गनेर् सञ्चारकर्मीले आफू स्वयम् चाहिं पहिला सच्चिन जरुरी हुन्छ । उपदेश दिने कोटीमा आफू पुगेको भन्ठान्नेले सर्वप्रथम त्यस्ता उपदेश आफूमैं लागू गर्नु वाञ्छनीय ठहर्दछ । र, सञ्चार कित्ताका तमामले पनि शाब्दिक भेद खुट्याउन समेत तत्पर हुनैपर्छ । ‘अग्रज’को पगरी गुँथ्न चाहने अथवा गुँथाउनेहरूको यो कचिंगलमा कि त प्रेस काउन्सिल वा पत्रकार महासंघले नै औपचारिक रूपमा प्रमाण पुग्नेगरी यति समायावधि पत्रकारिता गरेको व्यक्ति ‘अग्रज’ कहलिने भन्ने मानक बनाउनु पर्दछ । ‘…फरेन गुड्सका सामान…’ भनेर समाचार प्रसारण र प्रकाशन गरेर आफ्नो छारो आफैं उडाउनेहरूले पनि कसैले त यस्ता कुराहरूको चियो लिइरहेको छ भन्ने भेउ पाउनु पर्छ । र, यो विनम्र सुझाव शुभेच्छुकहरूको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

