
भद्रपुर, ३१ साउन । रोटरी क्लब अफ भद्रपुरले आज कचनकवल स्थित बनियानी स्वास्थ्य चौकि र हल्दीवारी स्वास्थ्य केन्द्रलार्इ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
वितरण गरिएको स्वास्थय सामाग्रिहरुमा मास्क, सेनिटाजर,पि पि इ, ग्लोव्स, अक्सिजन कनसनटेटर र स्प्रे ट्याड्की रेहेको छ । राजधानीको वुढानिलकण्ठ स्थित वोदिसत्व विहारले प्रदान गरेको उक्त सामाग्रिहरु रोट्याक क्लव,इनर व्हील क्लव भद्रपुर समेतको सहकार्यमा वितरण गरिएको हो ।
हेमराज ढकालको संयोजनमा उपल्वध सामाग्रिहरु रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा र पूर्व अध्यक्ष टिकाराज ढकाल लगायत पदाधिकारीहरुले हल्दीवारी र कचनकवलमै पुगेर संक्षिप्त समारोहका विच हस्तान्तरण गरेका थिए । कचनकवल गाउपालिकाका निमित्त प्रशासकिय प्रमुख केशव मैनाली र हल्दीवारीका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले ति सामाग्रिहरु ग्रहण गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



