
तित्रा
कसले के भन्यो, कसले के भनेन, को के गदैर्छ, कसले के गरेन, फलानो बदमास छ, ढिस्को फटाहा… इत्यादिको निधिखोजी यी पत्रकारहरुलाई किन चाहिएको ? कर्मचारीले काम गरेनन्, सरकारसँग कुनै योजना छैन, मुहानमा बसेकाहरु सबैको ध्यान सरकारी पैसालाई कसरी तर्कारी बनाउने भन्ने मात्रै छ भनेर आरोप लगाएका छन् । चाहिने नचाहिने नानाथरी कुराको शोधखोज गर्या छन् । दुनियाँको गिदी चाटेका छन् । होहल्ला मच्चाएका छन् । सानो कुरा पाए भने उरालधुराल गरेर कसैले सगरमाथा भन्दा अग्लो बनाएका छन्, कसैले केचनाकवल भन्दा होचो बनाएका छन् । देश दुनियाँ थान्कामा बस्नु पर्छ भन्या छन्, आफू थान्कामा बस्नु छैन । कुरो छिरोलेको छ, गिजोलेको छ, गोप्य कुरालाई पनि बाटामा पुर्याएर छरस्टै बनाएको छ । यिनको काम भनेको जम्माजम्मी दुई÷चार ताउ कागज रङ्ग्याउनु छ तमाश चाहिँ कत्रो ?
अथोर्क त जे सुकै गरुन् मतलब थिएन, जेसुकै लेखे पनि भने पनि तिनका पत्रिका नपढिदिँदा, रेडियो, टिभी, एफएम नसुनिदिँदा भएकै थियो तर यिनीहरुले हामी भ्रष्टचारीहरुलाई के औधी भ्याकुरो खेदाइ खेदेका ? हामीले अन्त जताततै गनेर् नगनेर् जे जे गरे पनि यी पत्रकारहरुको पिडालु बारी फाड्दिएका छैनौँ त ! किन हाम्रा पछाडि हात धोएर लागिपरेका ? कसले कुन काण्डमा कति खायो, त्यो पैसा कुन देशको कुन बैंकमा लगेर थुपार्यो, सबै खुटकाखुट ल्याउँछन् ए यी सुलसुलेहरुले । आफू मर्न आँटेको थाहा छैन पैसा थुपारेर उरुङ लाएका छन्, के गरौँला भन्दा हुन त्यो पैसो ? कुनै दिन जनताले खेदे भने त्यही पैसा भएको ठाउँमा गएर बचौँला भन्दा हुन् भन्दै हाम्रो पैसाको चिन्ता हामीलाई भन्दा तिनलाई बढी ? सधैँजसो मिडियामा भ्रष्टहरुले देश खंगारे, सिध्याए, खोक्रो बनाए, टाट पल्टाए, असफल राष्ट्र बनाउन आँटे… इत्यादि हुइँया मच्चाएको छ – मच्चाएको छ !
देशै खाने किसिमका अनेक शर्त तेस्र्याएर आएको वैदेशिक सहयोग हामीलाई चाहिँदैन त्यसको दश गुणा भन्दा बढी पैसा यिनै देशद्रोही भ्रष्टचारी हरुसँग छ । त्यो पैसा फर्कायो भने कति वर्षलाई बजेट पुग्छ पो भन्छन् ए ! यी पत्रकारले नभने पनि हामी भ्रष्टचारी नै हौँ, साच्चै भन्दिँछौं । भ्रष्टचारी हुने बित्तिकै देशले हाम्रो नागरिकता खोस्छ ? हाम्रो मानव अधिकारको हरण हुन्छ ? हाम्रो शरीरमा बग्ने रगत कालो हुन्छ ? बाइयात् !
पत्रकारहरु भन्छन्– भ्रष्टचारीहरुको समाजमा मान–सम्मान, इज्जत, मर्यादा केही हुँदैन । साह्रा दुनियाँले सराप्छन्, घृणा गर्छन्, दुष्ट, ठग, पापी, अपराधीको दर्जामा राख्छन् … इत्यादि । आफूले त भने भने जनतालाई पनि त्यही भन्न सिकाएका छन्, यी पत्रकारहरुले । भनेर हुन्छ ? लु हाम्रो इज्जत, आबरु घटाएर देखाओ त ! पत्रकार र हामीहरु एकै ठाउँमा उभियौ त को लायकको देखिन्छ ? दुनियाँले कसलाई सयाल्युट, नमस्कार, नमन गर्दा रहेछन् ? विदेशी लगानीमा चलेका डलरमा विकेका एकाध विदेशका दास पत्रकारबाहेक अरु हामीसँग उभिन सुहाउने को छ ? एउटा डायरी च्यापेको छ, एउटा डटपेन सिउरिएको छ, चप्पल पड्काएको छ, सास बढाउँदै दौडिएको छ, भुँडी चाउरिएको ओठ कलेंटी पारेका छन् यस्ता हरिनाशे पत्रकार र कालो सिसाभएको चिल्लो कारमा भव्य पोशाकमा अवतरण हुने हामी भ्रष्टचारी एकैठाउँमा भयौं भने दुनियाँले कसको खायस गर्दा रहेछन् ? को मर्याादित देखिँदो रहेछ ? लु च्यालेन्ज नै भो !
भ्रष्टचारी शब्दको अर्थ – समाजको मर्यादित मान्छे, शक्तिशाली मान्छे, बुद्धिमान, विद्वान, समाजसेवी, देशभक्त, धार्मिक, सदाचारी भनेर नेपाली शब्दकोशको अर्थ नै परिवर्तन गर्दियौं भने भोलिदेखि यी पत्रकारले के भन्छन् के लेख्छन् ? आफू परिवर्तन हुने सम्भावना सकिएपछि हामी भ्रष्टचारी यही अर्थपरिवर्तनको काममा अहिले लागेका छौँ । पत्रकारलाई सजिलै ठेगान लाउने उपाय यही हो । जिन्दगीमा कस्ता–कस्ता हुने नहुने काम गरियो । अझै गरिँदै छ । सरकारी महँगा जग्गालाई व्यक्तिको नाउमा परिवर्तन गरियो । जाबो एउटा शब्दकोशको अर्थ उल्टाउन, पल्टाउन, परिवर्तन गर्न कुन आइतबार पखिर्नु पर्छ ! सुनलाई क्षणभरमा पित्तल बनाउन सक्ने मान्छे हौं ! के ठानेका छन् यी पत्रकारहरुले !
हैन जोरी खोज्न पनि सुहाउँदिलो मान्छेसँग पो हुनुपर्छ त ! लुम्रे, झुम्रे, कंगाल, अनिकाले पत्रकारहरु हामीसँग आइलाग्न खोज्छन्, अचम्मै छ बा ! यिनीहरुले भने जस्तो कुनै दिन देशै छाडेर भागेर ज्यान बचाउनु पनेर् भयो भने हाम्रा त छोराछोरी नातिनातिना विदेशमा त्यहीकै नागरिकता लिएर बसेका छन्, हाम्रो मोटामोटी जेथो पनि बाहिरै छ । सरक्क विदेश जान्छौं तर दोहोरो झडप भएर भागाभाग भयो उनीहरुले भाग्नु पर्यो भने यी कता जान्छन् ? जंगल पस्छन् कि कसका शरणार्थी बन्छन् ? यिनले आफ्नो भविष्य सोचेका छन् । यिनीहरुले डनहरुलाई चिनेका छन् ? धामीले मसान खेलाए झैँ गुण्डा चलाउन, नचाउन, खेलाउन, उफार्न जानेका छन् ? यिनको तलदेखि माथिसम्मको सेटिङ सञ्जाल छ ? त्यत्तिकै फुरफुर गरेर मात्रै हुन्छ ? विदेशीसँग उठबस गर्न यिनले कहिले जान्नु ? अथोर्क केही जान्नु बुझनु छैन सधैँ भ्रष्टचारका कुरा गर्या छन्, मान्छेको चरित्र नङ्ग्याएका छन् । हुदाँहुँदै अब त नामै तोकेर, रकमै तोकेर, विदेशको बैंक नै तोकेर पो लेख्न थाले त !
यो भ्रष्टचार भन्ने कुरा कोरोना भाइरस जस्तो भर्खरै देखापरेको हो र ! भ्रष्टचारको इतिहास, यसको वर्गीकरण, विकासक्रम प्रकार यसको शैली, शिल्पकला, विधि, प्रविधि, मात्रा केही सुझ्नुबुझ्नु छैन, हावा तालमा लेख्या छ लेख्या छ । भ्रष्टचार गर्न सजिलो छ ? आफ्नो सीप, कला, कौशल, ढङ्ग साँधेर कानूनमा टिनको चश्मा लगाइ दिएर, कति ठाउँमा हात जोडेर, निहुरिएर, दुःख गरेर, माथि मुहानमा बाँध बाँधेर, बीचबीचमा अलिअलि समा चुहाउँदै बल्लतल्ल आएको केही करोड–अर्बमाथि ओभानोमा बसेर कलम चलाउँदै चिच्याउने ? हामीमाथि हावा बोल्ने ?
हामीले आफूलाई भ्रष्टचारी होइनांै भनेकै छैनौं । हामी भ्रष्टचारी नै हौँ, भौतिक सुख सम्पन्नता हाम्रो पेवा हो । तिमी मिडियाहरुलाई बेवास्ता गदैर् भ्रष्टचार गरिरहेका छौं । र, गरिरहने छौं । तिमीहरुको लेख्ने काम लेखिरहनु । आफैँ थाकेर जदौ गदैर् कुनै दिन आइपुग्छौ । कति मिडिया त थाकिसकेका छन् । पञ्चातकालदेखि अहिलेसम्म भ्रष्टचारका कुरा भनिरहेका लेखिरहेका छौ त ! खै कसलाई के भएको छ ? कसको रौं हल्लिएको छ ? तौजी नमिलेर एकाध भ्रष्ट पक्राउ परे पनि करोडौं करोडको भ्रष्टचारको आठ÷दस हजार तिरेर निस्केकै छन् फाइदै छ ।
हाम्रो देशमा मात्रै हो भ्रष्टचार ? संसारको कुन देशमा मात्रै भ्रष्टचार हुँदैन ? बुझेका छन् पत्रकारले विश्वलाई ? भ्रष्टचार छ्याङ्गै हङ्गै छ त । यस्तो नाङ्गो सत्यलाई लेखिरहनु पर्छ ? घाम झुल्केको अस्ताएको पनि लेख्ने ? त्यही हो पत्रकारिता ? हाम्रा सानातिना कार्यकर्ता र कर्मचारीले पनि डेढ दुई करोडको भिटा किनेर, दुई÷तीन करोडको घर राजधानीमै बनाइरहेकै छन् त ।
चालीस÷पचास हजार शुल्क तिरेर शैक्षिक पसल र सटरमा छोराछोरी पढाइ रहेकै छन् । खाएकै छन्, लाएकै छन्, गाडी कुदाएकै छन् । यति जावो कुराको अनुसन्धान गरिरहनुपर्छ ? साना कार्यकर्ता र कर्मचारी को यो हैसियतबाटै ठूला नेता कर्मचारीमा डिग्री लाउन सक्तैनौ ? अन्दाज आँक्न सक्तैनौ ? भ्रष्टचारका निकै ठूला काण्ड पत्तो लाउन खोज्यौ भने आफैं भुमरीमा बेरिएर बेपत्ता हुन्छौ । हामी भ्रष्टचारी हौं, के–के लेख्छौ लेख, कति लेख्छौ लेख भन्दिएपछि त भयो होला नि ! लेख्ता लेख्ता तिमीहरुका हात खिइएर सकिएलान्, कागज मसी समाप्त होला, तिम्रा मिडियाका भाँडाकुँडा थोत्रिएलान् तर भ्रष्टचारीलाई ठाँगेले छुँदैन । मिडियाले कराएर अहिलेसम्म कतै केही भएको छ ? हामी भ्रष्टचारी हौँ भनेर स्वघोषणा गर्दिए पछि के लेख्छौ ? कुराकै फुल पानेर्, कुराकै बेलुन भनेर् त हौ । कारबाही गनेर् त पत्रकार होइन होला ?
एउटा पत्रिका हेर्यो समाचारको शीर्षक भ्रष्टचारकै छ, अकोर् हेर्यो त्यस्तै छ, रेडियो खोल्यो कुरो उही छ, टिभीमा त्यही भट्याएको छ, फेसबुक युटुब हेरिसक्ना छैनन् । भ्रष्टचारका कुराबाहेक अथोर्क लेख्न आउँदैन यी पत्रकारलाई ? बिहानको झुल्के घाममा हिमाल कति सुन्दर देखिन्छ, त्यसलाई शब्दमा उतार्नु, वीर पूर्खाका सन्तान नेपालीहरुको महिमा गान गाउनु, प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देशको पारख र प्रशंसा गर्नु, गौतमबुद्ध, सीता, अरनिको… आदि जस्ता सत्चरित्रको वर्णन, पुरुषोत्तम रामको चर्चा, सीताको पतिभक्ति, हनुमानको प्रभुभक्ति आदि विषयमा कलम चलाएर आफ्नो पनि परत्र सपार्नु पाठकलाई पनि मोक्षको बाटो देखाउनु । खोइ त्यतातिर ध्यान ? एकोहोरो किसिमले भ्रष्टचारीको कोदो कुटाइ गर्या छ । कस्ता परपीडक प्रकृतिका यी पत्रकार !
योजनाका फायल पल्टाएर जब काम गर्न थाल्यो एकातिर अख्तियार जम्जमाउँछ, अर्कातिर लुते पत्रकारहरु मुखैमा तिनको फुँदो ल्याएर बाली टिप्न आइपुग्छन् । काम हुन नसक्नुको एउटा कारण यिनीहरु पनि हुन् । फायल थन्काएर हाजिर गदैैर् तलब, भत्ता खाएर बस्छौ के गर्न सक्छौं । यिनलाई जम्माजम्मी पारदर्शीता चाहिएको होइन ? घुसको रेट, कमिशनको प्रतिशत, तलमाथि वितरणको मात्रा, चुनावमा टिकटको भाउ, सरुवा, बढुवा गर्दाको दररेट एक प्रकारले पारदर्शी नै छ त ! लिखित रुपमा सार्वजनिक गर्न मात्रै त बाँकी छ ! बाठो छौं भन्ने पत्रकारले यत्ति कुरा आफैँ बुझ्नु नि ! बित्थाको बाह्रमासे किचकिच ! यी पत्रकारलाई के थाहा मातोर्लमा भन्दा चावीमा बुद्धि हुन्छ । हामी चावीले काम सिध्याउछौं तिनको मारमुङ्ग्रे गफ, सुइरे छेस्के डटपेनदेखि तर्सिने, हर्किने, डराउने कुरै छैन । बाइयात् ! आफैँ खिइन्छौ लेखेर, भ्रष्टचार मौलाइरहन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


