
झापा, १६ कात्तिक । झपाको मेचीनगर–३ स्थित धिमाल गाउँमा घुम्ती किराना पसलमा आगलागी भएको छ ।
बिहीबार राति मेचीनगर नगरपालिका–३ धिमाल गाँउ बस्ने सर्मिला मेचेको टिनको छाना भएको घुम्ती किराना पसलमा दियोबाट अचानक आगलागी भई पसलमा भएको हो । आगलागीबाट किराना सामान जलि नष्ट भएको छ भने आगलागी स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ,
आगलागीबाट पसल भित्र रहेको किराना सामान लगायत अन्य सर–सामानहरु पुर्ण रुपले जलि नष्ट हुँदा बरिब एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


