
काठमाडौँ, ११ फागुन । पूर्वफुटबलर तथा प्रशिक्षक हरि ओम श्रेष्ठको निधन भएको छ। ५६ वर्षका श्रेष्ठको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
केहीदिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो। एनआरटीको मुख्य प्रशिक्षक रहेर श्रेष्ठ धरान पुगेका थिए। सुरुवाती उपचार धरानमा गरेर उनलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँको गंगालाल हृदय रोग केन्द्रमा उपचारपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो।
तर शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारको क्रममा नै उनको निधन भएको एन्फाले बताएको छ। उनको आजै अन्तिम संस्कार गरिनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


