
हल्दिबारी, ११ फागुन । स्व.जगतबहादुर नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि हल्बिारी वडा नं. २ ले जितेको छ । हल्दिबारी–२ र ५ बीच भएको फाइनलमा खेलमा लाई २–० को गोल अन्तर पाखा लगाउँदै हल्दिबारी–२ ले उपाधि हात पारेको हो ।
हल्दिबारी–२ ले उपाधिसँगै नगद रू १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको भने उपविजेता हल्दिबारी–५ ले नगद रू १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको बेष्ट प्लेयर अफ टुर्नामेन्ट आयुस लिम्बू, बेष्ट किपर समिति लिम्बू, बेष्ट फरवर्ड हिरण राजवंशी, बेष्ट मिड फिल्डर राजेश राजवंशी, बेष्ट डिफेन्डर अभिषेक मगर र हाइस्कोरर जलन खवास भएका छन् । उनीहरुलाई जनही रू एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, हल्बिारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचभएको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिले कर्मचारीलाई २–० को गोल अन्तरले हराएको छ । प्रतिष्ठानका संरक्षक तथा अधिवक्ता डम्बर वन, प्रतिष्ठानका संरक्षक तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रसहित वन परिवारले आफ्ना स्व. मातापिताका नाममा पहिलो पटक प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतिष्ठानले हल्दिबारी माविका एक लाख ११ हजार १०० रुपैयाँको अक्षयकोष स्थापना गरी मुटु रोगी विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको व्यवस्थापन हल्बिारी माविले गरेको थियो ।
कार्यक्रममा हल्बिारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, प्रतिष्ठानका संरक्षक डम्बर वन, प्रतिष्ठानका संरक्षक तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रतिष्ठानकी संस्थापक तिलरुपा वन, हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, सह–प्रधानाध्यापक तुलसीप्रसाद कोइराला, वडाध्यक्ष तथा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


