
बिर्तामोड, १५ चैत । बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
वडा नम्बर ४ मा आयोजित यस प्रतियोगितालाई बिर्तामोड स्नुकरले समन्वय गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि फारम खुलेको छ । ईच्छुकहरुले चैत १६ गतेसम्ममा फारम भरेर बुझाउनु पर्ने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । यसको फारम वडा नम्बर ४ को कार्यालय र बिर्तामोड स्नुकरमा उपलव्ध रहेको जनाईएको छ । प्रतियोगितामा नाम दर्ताका लागि १ हजार शुल्क तोकिएको छ ।
यस प्रतियोगिताको विजेताले २१ हजार र उप विजेताले ११ हजार नगद र ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । यस्तै हाइएस्ट ब्रेकरले ५ हजार रुपैयाँ ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल चैत २३ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।
प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले गर्नु हुनेछ । नगरमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा निस्शुल्क प्रवेशको व्यवस्था छ । प्रतियोगिताको कुल बजेट १ लाख ८० हजार रहेको आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


