
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शुक्रबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ८ र वडा नं.११ विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो ।
वडा नं. ८ का खेलाडी सुदिप मगर, शोहन थापा र मनिष मगरले १÷१ गोल गरेका थिए ।खेलको म्यान अफ दी म्याच वडा नं. ८ का शोहज थापा घोषित भए । उनले नगद २ हजार एक प्राप्त गरे । वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले खेलमा गोल गर्ने तीन जना खेलाडी र आफ्नो टिमको गोलकिप्परलाई प्रोत्साहन सहित जनही एक हजार प्रदान गरेका थिए ।
त्यस्तै आजै भएको दोस्रो खेल वडा नं. ११ विजयी भएको छ । वडा नं. ११ ले वडा नं. ६ लाई ३–० गोल अन्तरले हराउँदै विजयी भएको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । खेलमा वडा नं. ११ का टिम क्याप्टेन देव मल्लिकले हेट्रिक गरेका थिए । खेलको म्यान अफदी म्याच वडा नं. ११ का देव मल्लिक घोषित भए । उनले नगद २ हजार एक सय प्राप्त गरे । दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले उपलब्ध गराएको थियो ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।
भोलि शनिबार वडा नं. २ र ३ र वडा नं. १ र १० बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।