
शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो ।
वडा नं. २ का खेलाडी जहन मुर्मुले खेलको ५ र ४६ मिनेटमा गरी २ गोल लगाए भने, वडा नं. ३ का खेलाडी दुर्गा माबोले खेलको ४८ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफदी म्याच वडा नं २ का जहन मुर्मु घोषित भए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नं. १० विजयी भएको छ । वडा नं. १ लाई २–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको हो । वडा नं. १० को तर्फबाट सिमेन राईले खेलको ४ मिनेट र लविस फागोले ७ मिनेटमा गोल गरेका थिए । खेलको म्यान आफदी म्चान लविस फागो घाषित भए ।
दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई जनही नगद २ हजार एक सय नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले प्रदान गरेको थियो ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।
आज आइतबार वडा नं. ४ र ७ बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
त्यस्तै व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ११ लाई सोझो सटमा हराउँदै वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ९ बाट अग्नी खरेल र समशेर चौधरी खेलमा सहभागी भएका थिए । त्यस्तै वडा नं. ११ बाट अशोक राई र विकास कुमालले रहेका थिए ।
त्यस्तै गरी भलिबल खेल तर्फ वडा नं. ७ फाइनलमा प्रवेश गरेको छ। वडा नं. ३ लाई हराउँदै वडा नं. ७ फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी वडा वडा नं. ५ लाई हराउँदै वडा नं. ९ सेमीमा प्रवेश गरेको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।