
शिवसताक्षी, २७ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को मंगलबार भएको पहिलो सेमीफाइनल खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै मंगलबारको दोस्रो सेमी फाइनल खेल स्थगित भएको छ । वडा नं. २ र ७ बीच भएको सेमीफाइनल खेल बीचैमा स्थगित भएको छ । वडा नं. २ र ७ बीच खेल निर्धारित समयमा २÷२ गोल बराबरीमा रहेपछि ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा खेल बराबरी भएपछि अँध्यारोका कारण खेल स्थगित गरी आज खेलाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । भोलि मंगलबार वडा नं। ८ र वडा नं। १० बीच पहिलो सेमीफाइनल खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।