झापा, २६ जेठ । यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ ।
आइतबार राति म्युनिखमा भएको फाइनलमा टाइब्रेकरमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जितेको हो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको हो।



रोनाल्डोले पोर्चुगलका लागि तेस्रो उपाधि उचालेका हुन्। करियरको १ सय ३८ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले आफ्नै नयाँ कीर्तिमान रचेका हुन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


