jhapaonline add

झापा २६ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको…

Read More

झापा, २६ पुस । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको इष्टन होटलमा कामदारको मृत्यु भएको छ। शुक्रबार साँझ होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा कामदार सप्तरी खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय नरेशकुमार मण्डल अचानक भुईमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल मेची आम्दा अस्पताल धुलाबारीमा उपचारका लागि पठाइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक मण्डलको शव अस्पतालमै राखिएको छ ।

Read More

झापा, २६ पुस । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट दुई जना युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ पाण्डे का २५ वर्षीय निरोज लिम्बू र भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका २६ वर्षीय सागर प्रधानलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलीग्राम बरामद गरिएको छ । साथै, स्क्रिन टर्ज मोबाइल २ थान, किप्याड मोबाइल १ थान र प्र १–०१–०१५ प ३४२७ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

झापा, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया…

Read More

काँकडभिट्टा, २५ पुस । नेपाल र भारतका पत्रकारहरूबीच हुने इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता पुस २७ र २८ गते काँकडभिट्टा खेल मैदानमा हुँदैछ। प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा शुक्रबार काकडभिट्टा मा ।बि।को खेलमैदान मा आयोजक समितिको बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल र भारतका पत्रकार, खेलप्रेमी तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले खेल तालिका, व्यवस्थापन, सुरक्षा, मिडिया समन्वय तथा अतिथि सत्कार सम्बन्धी आवश्यक निर्णयहरू गरेको आयोजक समितिले जनाएको छ। प्रतियोगितामा नेपाल र भारतका पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ, जसले दुई देशका सञ्चारकर्मीबीचको आपसी सम्बन्ध,…

Read More

झापा, २५ पुस । झापाको दमक नगरपालिका–९ स्थित एक वटा थुप्पा उद्योग र एक वटा घरमा आज आगलागी हुँदा रू एक करोड ३० लाख बराबरको क्षति भएको छ । दमक–९ का पदम भण्डारीले सञ्चालन गरेको स्वस्तिक थुप्पा उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगलागीबाट उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीन तले पक्की घर समेत आगो सल्किँदा घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रवक्ता खड्काले बताउनुभयो । आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका…

Read More

कनकाई, २५ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई पुलमा बम राखेर आतंक फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक गत पुष १९ गते बिहान बम राखेर आतङ्क फैलाउने कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कनकाई पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शङ्कास्पद वस्तु अरिदमन गणस्थित नेपाली सेनाले निष्क्रिय पारेको थियो । प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै…

Read More

बिर्तामोड, २५ पुस । झापाको बिर्तामोडस्थित सहारा नेपालको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा बिर्तामोड–२ चारपानेमा साधारण सभा सम्पन्न भएको हो । सहारा नेपालले नेपालको ४३ जिल्लामा सेवा पुर्याउँदै आएको अध्यक्ष गिरीले बताउनुभयो । जसबाट चार लाख ९२ हजार जनसंख्या लाभान्वित भएका छन् । अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कार्यालय आठ वटा, सहकारी तथा सिविओ ३८ वटा, महिला तथा आदिवासी समूह १११ वटा, बाँसमा आधारिक उद्योग एउटा, जल उपभोक्ता संस्था अर्थात जल तथा आवास एक सय ८ वटा र सञ्जालमा आवद्धता ५ वटाबाट…

Read More

झापा, २५ पुस । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बेचबिखनमा संलग्न आमा–छोरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतकी कविता यादवले सञ्चालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा लिएसँगै उनको छोरा मुन्ना कुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा–१ का मंजितकुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन…

Read More