
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
admin
झापा, १२ असोज। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । आर्थिक अभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मंगलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच दुवै पक्षले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका निरन शाहीले आर्थिक अभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो । “विपन्न नागरिकमा उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरुको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।” अस्पतालका डाक्टर निराजन प्रसाईंले…
बिर्तामोड, २२ भदौ । झापाको बिर्तामोडबाट प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक आठांै बर्षमा प्रवेश गरेको छ । २०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक साताको मंगलबार प्रकाशित हुँदै आएको छ । पत्रिकाले अनलाइन संस्करण बिर्ताज्योति डटकम समेत सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने सम्पादक तुलसीप्रसाद निरौलाले बताए । बिर्ताज्योति साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेको छ ।
झापा, २१ भदौ । झापाको अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हुँदा उनले शुल्क तिर्नुपरेको छैन । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ ।…
बिर्तामोड नगरपालिकाको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण सम्बन्धी सूचना !
विराटनगर, २३ असार । स्थानीय युवा, स्काउट तथा स्वयमसेवकसँगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिवसीय कार्यक्रमको समापन बिहीबार प्रदेश नं. १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गनुभएको हो । कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिचालन गर्नका सरकारकै स्रोत साधनले जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्काउटलाई राजनीतिकरण नगरी विशुद्ध सामाजिक कार्य, सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्घाटन बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले स्काउटले स्काउटका मर्म भावना अनुसारका…
झापा, २७ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ । सरकार निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् । बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत बजार अनुगमनको जिम्मेवार निकाय एक÷दुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक…
झापा, २६ बैशाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा ¥यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ । आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर बालबालिकाको अत्यधिक प्रयोग गर्नेमा नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा छन् । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले वस्तुगत रूपमा प्रमाण पुग्यो र आचारसंहिताविपरीत बालबालिकाको प्रयोग भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे । आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको…
झापा, २६ बैशाख । बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ। आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) बढाउने योजना बनाएको छ। पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबले पनि बजेटको आकारमा प्रभाव पार्ने अर्थ मन्त्रालयको भनाइ छ । सरकारी कर्मचारीको तलबसँगै आयकरको सीमामा पनि परिमार्जन गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ। आर्थिक वर्ष २०७५र०७६ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयकरको सीमा बढाएर एकल व्यक्तिको हकमा ४ लाख र दम्पतीको हकमा ४ लाख ५० हजारसम्मको वार्षिक आयमा आयकर छुट बनाएका थिए। राजस्व परामर्श समितिले पनि आयकरको सीमा बढाउने सुझावसहित प्रतिवेदन तयार गरेको छ। विभिन्न व्यवसायी तथा कर्मचारीहरूसँग…
झापा, २६ बैशाख । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटबाट कर्मचारीको तलब बढाउने तयारी गरेको हो । चालू आवको बजेट सार्वजनिक गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो २ हजारले बढाएका थिए । यसपालि भने तलब नै २ हजार रुपैयाँले बढ्ने भएको हो ।…
झापा, २६ बैशाख । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई अक्षरस पालना गर्ने बताएका छन् । नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्वता पत्र हबहु कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने बताउनु भयो । प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटीएको बताउँदै उहाँले एक पटक सबैले पढ्न आग्रहसमेत गर्नु भयो । यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरस पालना गर्दै कार्यान्वयन गरिने बताउनु भयो । स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,भौतिक पुर्वाधार,व्यवसाय,खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्वता…