
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कालीस्थान, ४ कात्तिक । निर्वाचन नजिकिन एक महिना बाँकी रहँदा उम्मेद्वारहरु घरदैलो कार्यक्रममा ब्यस्त छन् । निर्वाचन आयोगले १७ दिनअघिबाट मात्र ठूला आमसभा लगायतका कार्यक्रम गर्न पाउने भनेपछि उम्मेद्वारहरु घरदैलो एवं कोणसभामा ब्यस्त भएका हुन् । यसैक्रममा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वाहरुले अर्जुनधारा नगरपालिका वडा नं ९ र १० मा कोणसभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । वडा नं –९ को गार्गी भवन एवं अर्जुनधारा–१० सालबाडीमा कोणसभा एवं घरदैलो कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादीका पोलिटब्युरो सदस्य धर्मशिला चापागाईको प्रमुख आतिथ्य र नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीयवासीले उम्मेद्वारसँग वडामा समस्याहरु राखेका थिए ।…
बिर्तामोड, ४ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा भातृ, शुभेच्छुक संस्था एवं जनवर्गीय संगठनका प्रतिनिधिहरुसँगको संयुक्त बैठक बिर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा समाजवादी निकट भातृ, जनवर्गीय संगठन र शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचन सफल र परिणाममुखी बनाउन प्रचार–प्रसारलाई तीब्र बनाउने निर्णय गरेको हो । बैठकले गठबन्धन दलका भातृ, जनवर्गीय र शुभेच्छुक संस्थाहरुको क्षेत्र, प्रदेश क्षेत्र र सबै वडाहरुमा नेपाली कांग्रेस निकट भातृ शुभेच्छुक, संस्थाको नेतृत्वमा चुनाव प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै संयन्त्रका संयोजक एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति…
एजेन्सी । भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो राँगो गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगोको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको राँगो शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले…
चन्द्र बस्नेतकनकाई, ४ कात्तिक । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बजार अनुगमन गर्दा छ वटा व्यावसायिक स्थलमा म्याद गुर्जिएका खाद्यवस्तु फेला परेको छ । उक्त खाद्य वस्तुलाई जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि र समाजिक संघ संस्थाहरूका प्रतिनिधि सहितको अनुगमन टोलीले ति पसलहरूमा अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला परेको हो । अनुगमन गरेका पसल हरुमा धेरै म्याद गुज्रिएका, अधिकांश पसलमा मापदण्ड विपरीत रहेको पाइएको कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर, किराना पसल, होटल, औषधि पसल, मासुजन्य पदार्थ, मिष्ठान्न भण्डार,…
झापा, ४ कात्तिक । नेपालमा डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा सेरोटाइप ‘वान’ र ५ वटा नमुुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले बताए । धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप ‘थ्री’ देखिएको भन्न नमिल्ने उनको भनाइ छ । २०१६ मा प्रकाशित एक रिपोर्ट अनुसार दास्रो पटक फरक सेरोटाइपबाट संक्रमण भएकालाई उच्च ज्वरो आएको, रगतमा प्लेटलेट्सको संख्या अझ कमी देखिएको…
झापा, ४ कात्तिक । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आँकलन गरिएको छ । गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई सोहीअनुसारको पूर्वतयारी तथा सतर्कता अपनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराखी सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी पूर्वतयारी अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको बताए । उनले…
झापा, ४ कात्तिक । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ। यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि…
भद्रपुर, ३ कात्तिक । भद्रपुर-५ स्थित सिद्धार्थ शिशुसदनमा अध्ययन पूरा गरी इञ्जिनियरिङमा स्थापित दुई युवालाई विद्यालयले सम्मान गरेको छ । भौतिक शास्त्र सिद्धान्तको प्रतितपादन गरी वैज्ञानिकका रूपमा प्रसिद्ध बनेका पूर्व विद्यार्थीद्वय आरिफ अली र दिव्यराज सापकोटालाई विद्यालय परिषरमा सम्मान गरिएको हो । वैज्ञानिक न्युटनको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको भन्दै विद्यालय परिवारले बधाई सहित सम्मान पत्रले सम्मान गरेको थियो । विद्यालयका प्रधान अध्यापक श्याम देवानको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नयाँ कुराको सुरुवात सानोबाटै हुने भएको बताउँदै…
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ भने रंगशाला घेराबाराको काम सम्पन्न भएको छ । झापा फुटबल क्लबको आयोजनामा कात्तिक ४ र ५ गते दुई दिन हुने झापा उत्सव चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत आयोजना गर्न लागिएको अध्यक्ष जलकुमार गुरुङले बताए । स्थानीयसँगै राष्ट्रियस्तरका कलाकारले झापाबासीलाई भरपूर मनोरञ्जन दिइने सांगीतिक कार्यक्रममा संगीकार…
बिर्तामोड, ३ कात्तिक । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् झापा क्षेत्र नं. २ लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन प्रचार–प्रसार मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटीले भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ । ‘हाम्रो उम्मेदवार छैन किन भोट हाल्ने ?’ भन्ने हल्ला र भ्रम विपक्षीहरुले फिजाइरहेको बताउँदै उहाँले त्यसको पछि नलाग्न गठबन्धनका कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । सबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै उहाँले राजनीतिक दल र गठबन्धनका एक–एक सांसदको भूमिका सरकार गठनमा महत्वपूर्ण रहने बताउनुभयो । संविधानसभा सदस्य समेत रहेर संसदीय अभ्यासमा सहभागी भइसक्नुभएका नेता शिवाकोटीले संसदमा सभामुखसँग बसेर संसदीय अभ्यास, संसदमा बोल्ने समय, संसद सञ्चालनका बिसयमा नीति नियम बनाउन राजनीतिक दलबाट…