झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ असोज । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी…

Read More

झापा, २६ असोज । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा आज राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला…

Read More

झापा, २६ असोज । मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ । काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदल यात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदल यात्रीको जीवन जोखिममा पर्दै आएको हो । बाटोघाटोमा निर्बाध र निस्फिक्री साथ हिँडडुल गर्न नपाउनुका साथै पैदल यात्रीलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने अवस्था छ । विद्युत् प्राधिकरणले सडकपेटीमा क्याबिनेट राखेको सम्बन्धमा गोरखापत्रले असोज ११ गते ‘फुटपाथमा ज्यानैको खतरा’ शीर्षकमा समाचार र असोज १२…

Read More

ताप्लेजुङ, २५ असोज । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला…

Read More

झापा, २५ असोज । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका–१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन । उनीहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाई होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा–११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फ्यालिदिएको मृत…

Read More

बिर्तामोड, २४ असोज । झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले सर्वसत्ताबादका मतियारलाई सत्तामा पु¥याउँदा समस्या उत्पन्न भएको बताउँदै यसको अन्त्यका लागि गठबन्धन दलको समर्थनमा आफूले उम्मेद्वारी दर्ता गराएको बताउनुभएको छ ।प्रतिगमनविरुद्ध संगठित गठबन्धन दलको विर्तामोडमा सम्पन्न संयुक्त बैठकलाई सम्बोधन गर्दै उम्मेद्वार रानाले केपी ओलीको सर्वसत्ताबादी सोच परास्त गर्न गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्नुभयो । बैठकमा निर्वाचन परिचालन मूल समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले देशमा उत्पन्न विसम परिस्थितिमा संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन गर्नुपरेको बताउँदै गठबन्धन दलका साझा उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो । झापा क्षेत्र नं–२ मा गठबन्धन दलका उम्मेद्वारहरुको विजय…

Read More

अर्जुन आचार्यझापा, २४ असोज । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी माओवादीका केन्द्रीय सदस्य हुन् । उनी राजकीय भूमिकामा जाने कसरत सहित पहिले पटक चुनावी मैदानमा होमिएका हुन् । माओवादीले झापा २ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेद्वार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको…

Read More

एजेन्सी । संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ । हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ । आफ्नो भेडाको मूल्य सुन्दा सुरुमा त भेडा मालिक ग्राहम गिलमोरलाई पत्यार नै लागेन । आफुलाई आफ्नो भेडाको त्यतिधेरै मूल्य पर्ला भनेर सपनामा पनि नसोँचेको उनको भनाई छ । अष्ट्रेलियन ह्वाइट भेडा एक विशेष नश्लको भेडा हो, जसको माग निकै धेरै छ । किनकी यसमा मोटो ऊन निकै कम मात्रामा पाइन्छ । यो विशेष नश्लनको भेडाको प्रयोग ऊनका लागि भन्दा पनि मासुका लागि गरिन्छ । अष्ट्रेलियाको…

Read More

झापा, २० असोज । सत्तारूढ गठबन्धनको बैठक आज बिहान ९ बजे बस्दैछ । बुधबार बसेको बैठकले सहमति जुटाउन नसकेपछि फेरि गठनबन्धन बस्न लागेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि संघका केही सिट र प्रदेश सभामा कुरा मिल्न सकेको थिएन । गठबन्धन कार्यदलका सदस्यहरुले प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन नसकेको बताएका थिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाई तय गरेको अवस्थामा सत्ता गठबन्धन सहमतिमा जुटाउने कोसिसमा छन् । यता, तर गठबन्धन सदस्य घटक जनता समाजवादीले नेपाली कांग्रेस र माओवादीले आफूलाई पेलेको भन्दै एमालेसँग संवाद अघि बढाएको…

Read More

झापा, २० असोज । जनता समाजवादी पार्टी (जसपा) छाडेर कांग्रेसमा प्रवेश गरेकी चन्दा चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाइएको छ । पार्टी प्रवेश गरेको चार दिनमै (असोज १६ गते) कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।

Read More