
एजेन्सी । संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ । हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ ।
आफ्नो भेडाको मूल्य सुन्दा सुरुमा त भेडा मालिक ग्राहम गिलमोरलाई पत्यार नै लागेन । आफुलाई आफ्नो भेडाको त्यतिधेरै मूल्य पर्ला भनेर सपनामा पनि नसोँचेको उनको भनाई छ । अष्ट्रेलियन ह्वाइट भेडा एक विशेष नश्लको भेडा हो, जसको माग निकै धेरै छ । किनकी यसमा मोटो ऊन निकै कम मात्रामा पाइन्छ । यो विशेष नश्लनको भेडाको प्रयोग ऊनका लागि भन्दा पनि मासुका लागि गरिन्छ ।
अष्ट्रेलियाको सेन्ट्रल न्यू साउथ सेलमा बिक्रि भएको उक्त भेडाले अघिल्लो वर्षको रेकर्ड तोडेको हो । सन् २०२१ मा यहीँ जातको एउटा भेडा २ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्रि भएको थियो । एउटा भेडाको करोडौँ मूल्य पर्ने तथ्यले पनि अष्ट्रेलियामा भेडापालनको कारोबार कुन उचाइँमा छ भन्ने बुझ्न सकिन्छ । शरीरमा कम ऊन भएको भेडा अष्ट्रेलियन वातावरणमा उपयुक्त मानिन्छ । यो भेडाको हेरचाह गर्न निकै सजिलो हुन्छ र शरीरको वृद्धि विकास पनि निकै छिटो हुन्छ । ३ करोड २० लाख रुपैयाँ रुपैयाँ परेको उक्त भेडाको जिन प्रयोग गरेर अन्य भेडाको नश्लमा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


