झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ बैशाख । झापाको बिर्तामोडस्थित दुई उद्योगमा आज बिहानै आगलागी भएको छ । आज बिहान करिब ४ः१५ बजे बिर्तामोड–४ आनन्दरगजस्थित भक्तीप्रसाद उप्रेतीले सञ्चालन गरेको झापाली चिप्स फ्याट्री र सोही स्थानका चन्द्रप्रसाद खरेलले सञ्चालन गरेको सौगात काष्ठ फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठ र टिनको छानो भएको एकतले चिप्स फ्याक्ट्री र काठ र टिनको छानो भएको एकतले फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिकको दमकल, सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोली र स्थानीयबासी खटिइरहेका छन् ।…

Read More

झापा, १ बैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ । अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ । मंगलबारको मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ । अन्य पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने…

Read More

झापा, ३० चैत । कोसी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित समितिले सुनसरीको इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाबाट पहिलो चरणमा रकम फिर्ता गर्न लागेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष भरतबहादुर थापाले २० हजार रुपैयाँभन्दा कम बचत गरेका २८७ जनाको रकम फिर्ता प्रक्रिया सुरु भएको जानकारी दिए। यस चरणमा करिब २८ लाख ५७ हजार रुपैयाँ फिर्ता गरिनेछ। समिति २०८१ मंसिर १८ गते गठन भएको हो। त्यसपछि पुस महिनामा अम्बे–कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मेवारी समितिलाई दिइएको थियो।…

Read More

झापा, ३० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गाँजासहित निजलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Read More

भद्रपुर, ३० चैत । झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । फर्कियो जोवन भेट्रान्स क्लब भद्रपुर-४ र ३ को आयोजनामा वैशाख २ गतेदेखि ४ गतेसम्म प्रतियोगिता हुने भएको हो । भद्रपुर-३ र ४ स्थित आपगाछी मेची ग्राउन्डमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका आठवटा टिमको सहभागिता रहने आयोजक फर्कियो जोवन भेट्रान्स क्लबका अध्यक्ष विश्व थापाले जानकारी दिनुभयो । मेची खोलाको किनारमा रहेको आपगाछी मेची ग्राउन्डको प्रचार-प्रसार एवं सम्बर्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । नयाँ वर्ष-२०८३ को अवसरमा हुन लागेको प्रतियोगितामा सात वटा खेलहरू हुनेछन् । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने…

Read More

झापा, ३० चैत । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू-भागमा आंशिक बादल लागेको देखिन्छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबारको मौसम पूर्वानुमान हेर्दा देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू-भागका एक-दुई…

Read More

झापा, २९ चैत । सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रमका साथ ४५औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सुरुदेखि नै अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘रेडियो साथी’का विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डिलिराम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा विशेषताबारे सुमित्रा बास्तोलाले प्रकाश पार्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिबाट अभिभावकको प्रतिनिधित्व गर्दै काजी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न विधामा आफ्ना कला प्रस्तुत गरेका थिए । त्यसैगरी, शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई…

Read More

झापा, २९ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गर्नुभएको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको सो विवरण नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट https://opmcm.gov.np/ मा हेर्न सकिनेछ । भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो…

Read More

झापा, २९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।   साँझ ४:३० बजे चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशा तर्फबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा प्र.१-०१-०१२ प ७६३५ नं.को मोटरसाइकल चालक इलाम नगरपालिका-६ का २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको हो । टाउको, खुट्टा र शरीररको बिभिन्न भागमा चोटलागी…

Read More

देवेन्द्र किशोर ढुंगाना कलम उठ्छ,जबअन्याय चिच्याउँछमसी बग्छ,जबरगत रोइरहेको हुन्छशब्दहरूबन्दूक होइनन् भन्दिन्छन् -उनीहरू,तर शब्दले नै त ढाल्छ किल्ला,शब्दले नै त तोड्छ जन्जीर—त्यसैले डराउँछन् सत्ताका सिंहासनहरूकलमको सानो नोकदेखिकम्पन हुन्छन । यो कलम कुनै कागजको खेल होइन,यो त भोकको बयान हो,यो त श्रमिकको पसिनाले लेखिएको इतिहास हो,यो त दलितको दबिएको स्वर होजसले कहिल्यै न्याय पाएन।यो त किसानको चिरिएको हात होजसलेअन्न फलायो, तर पेट भरिएन। क्रान्ति कुनै शब्द मात्र होइन,यो त हरेक दिनको संघर्ष हो,यो त अँध्यारो विरुद्धकोउज्यालो हो,यो त डर विरुद्धको साहस हो।जब अन्याय सामान्य बन्छ,त्यो बेला प्रतिरोध कर्तव्य बन्छ—त्यहीँ जन्मिन्छ क्रान्ति। हामीले देखेका छौंसत्ताका अग्ला दरबारहरू,जहाँ सत्यलाई थुनेर राखिन्छर झूटलाई राजमुकुट पहिराइन्छ।हामीले…

Read More