झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली…

Read More

मोरङ, १२ वैशाख । मोरङको कटहरी गाउँपालिका–६ जुडिटोलमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदार छन् । प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०ः३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको…

Read More

झापा, १२ वैशाख । दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई २ सय १ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने । यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५,१५ तथा भिम सार्कीले १० रन बनाए । आशिफ शेख सात…

Read More

झापा, १२ वैशाख । आज वैशाख १२ गते, नेपालीका लागि एक अत्यन्तै पीडादायी र सम्झनलायक दिन। विसं २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.९ म्याग्निच्युटको विनाशकारी भूकम्पले नेपालको इतिहासमा कहिल्यै नमेटिने घाउ दिएर गएको थियो। ११ वर्ष बितिसक्दा पनि त्यो दिनको त्रासदीपूर्ण याद र त्यसले निम्त्याएको क्षतिले अझै पनि आममानिसको मनमा सिरेटोझैँ झस्का दिने गर्दछ। आजका दिन देशैभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मरण दिवस मनाइँदै गर्दा, यो दिन केवल अतीतको घाउ कोट्याउने दिन मात्र नभई भविष्यको सुरक्षाका लागि सचेत बन्ने दिनको रूपमा पनि लिइएको छ। त्यो महाभूकम्पका कारण आठ हजार ९६२ जनाभन्दा बढीले…

Read More

फुङलिङ, १२ वैशाख । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा घरको पेटीमा राखिएका सामान सात दिन भित्र व्यवस्थापन अल्टिमेटम दिएको छ । नगरपालिकाले मेची राजमार्गअन्तर्गत बजार क्षेत्रमा बढ्दो अव्यवस्थाले आवागमनमा समस्या सिर्जना गर्नुका साथै नगरको सौन्दर्यमा नकारात्मक असर परेको भन्दै सातदिन भित्र हटाउन अल्टिमेटम दिएको हो । नगरपालिकाका अनुसार पुराना भत्काइएका घरहरूमा पाल टाँगेर बनाइएका अस्थायी टहरा, पसल तथा अन्य संरचनाले सडक किनार क्षेत्र अस्तव्यस्त बनेको छ । यसका साथै पसल अगाडि पेटीमा बिक्रीका लागि राखिएका सामग्रीले पैदल यात्रुलाई हिँडडुल गर्न कठिन बनाएको र फोहोर तथा वातावरणीय समस्या समेत बढाएको बताइएको छ ।…

Read More

काठमाडौं, १२ वैशाख । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो। हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन्। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थापाथली क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको हो। सरकारले आजदेखि ती क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि स्थानीयमा तनावपूर्ण…

Read More

झापा, १० वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ। यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो। २०६५ सालको पुरानो निर्णयलाई आधार बनाएर सरकारले व्यवसायीमाथि दबाब बढाएको भन्दै महासंघले सरकारी नीतिको कडा भत्र्सना गरेको छ। महासंघका अनुसार विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो। तर, देश संघीयतामा गएपछि सरकारले व्यवसायीले पाउँदै आएको त्यो ६० प्रतिशत सहुलियत २०७३…

Read More

इजरायल, १० वैशाख। लेबनानको राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले दक्षिणी लेबनानमा दुई वटा गाडीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । यसैबिच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो। लेबनानका सूचना तथा सञ्चार मन्त्री…

Read More

बिर्तामोड, १० वैशाख । चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल प्रवेशका लागि हुने यो महत्वपूर्ण खेल बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यसअघि हिजो सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक बुट्टाबारी युनाइटेडले उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजको खेलको विजेताले बुट्टाबारी युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने तय गरिएको छ। विजेताले २ लाख २२…

Read More

फिदिम, १० वैशाख। पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उहाँलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ। घटना बुधबार साँझ भएको हो। घटनापश्चात् आरोपित हरिचन्द्रलाई नियन्त्रणमा लिइएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो। यवा र योक्पाङदेनबिच के विषयमा विवाद भएको थियो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More