
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० फागुन । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व तथा खाडी मुलुकमा कार्यरत नेपालीलाई बाध्यात्मक अवस्था उत्पन्न भएमा समुद्री मार्ग प्रयोग गरी स्वदेश फर्काउने विकल्पमा सरकार छलफल गरिरहेको बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनले हाल तत्काल उद्धार गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे। उनका अनुसार वैधानिक हैसियतमा साढे १७ लाखभन्दा बढी नेपाली खाडी क्षेत्रमा कार्यरत छन् भने अवैधानिक रूपमा पनि ठूलो संख्यामा नेपाली रहेका छन्। मन्त्री शर्माले ओमानमार्ग हुँदै जलमार्ग प्रयोग गरेर भारत हुँदै नेपाल फर्काउने सम्भावनाबारे विचार भइरहेको बताए। यसका लागि परराष्ट्र, गृह, श्रम तथा सामाजिक सुरक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समन्वय भइरहेको उनले जानकारी दिए। खाडी मुलुकका दूतावासहरूलाई नेपाली समुदायसँग…
झापा, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–४ मुनालटोलमा मंगलबार राति विद्युत् सट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । सिनुराम मगरले बनाएको टिनको छानो भएको भुइँतल्ले घरमा आगो लाग्दा लत्ताकपडा, खाद्यान्न तथा १५ वटा कुखुरा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी राति ११ः३५ बजे स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा सिनुराम मगरको हातखुट्टा सामान्य जलेको छ भने उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
बिर्तामोड, २० फागुन । झापाको बिर्तामोड नगरपालिका–५ बाट तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहाँस्थित ग्लोबल आईएमई बैंक छेउमा तास खेलिरहेको अवस्थामा मंगलबार राति १०ः३० बजे सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम सुवेदीको घरमा तास खेलाइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३५ वर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४९ वर्षीय पुरुषोत्तम सुवेदी, ३९ वर्षीय युवराजप्रसाद साह र भारत वेष्ट बंगाल उत्तर दिनासपुरका ३३ वर्षीय बिपुल रोयलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ बरामद गरेको छ ।…
झापा, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बुधबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका अधिकारी सहभागी बैठकमा निर्वाचन तयारीबारे छलफल भएको थियो । उपसचिव रमा आचार्यका अनुसार गस्ती र आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । बैठकले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ । कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय पनि गरिएको छ ।
झापा, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालको जनशक्ति अनुसार पाँचदेखि २५ जनासम्मको टोली गठन गर्न भनिएको हो । टोलीले जिल्ला प्रशासनसँग समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने, एम्बुलेन्स व्यवस्थापन गर्ने तथा चिकित्सक टोलीमार्फत उपचार गर्ने जिम्मेवारी पाउनेछ। निर्वाचनका दिन अस्पतालले आकस्मिक सेवा मात्र सञ्चालन गर्ने र ७७ जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
सिरहा, २० फागुन । सिरहा क्षेत्र नं. ३ का जसपा उम्मेदवार अशेश्वर यादव मौन अवधिमा नगदसहित पक्राउ परेका छन् । भारत सीमास्थित माडरबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँसहित मतपत्र फेला परेको प्रहरीले जनाएको छ। यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीबारे अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया पूरा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
झापा, २० फागुन । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।
झापा, १९ फागुन । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरू गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्य र निष्पक्ष रही गर्नुपर्ने, निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान…
बिर्तामोड, १९ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाले फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आह्वान गरेको छ । झापा शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार हुने निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त, भयरहीत र धाँधलीरहीत रुपमा सम्पन्न गर्न आग्रहसमेत गरेको छ । निर्वाचनमा सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ । निर्वाचनको मौन अवधिमा सञ्चार क्षेत्रसहित सबै सारोकारवालालाई पुनः स्मरण गराउँदै आम सञ्चारमाध्यम र पत्रकारका लागि सात बुँदे आचारसंहिता जारी गरिएको महासंघका सचिव राजु पाठकले बताउनुभयो । यस्ता छन् सात बुँदे पत्रकार…
झापा, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन्।